Skip to content


गोरी पियारी कन देख्न पाऊँ
तीर्खा मनैको पनि मेट्न पाऊँ ।

बोली छ मीठो मह झैँ प्रियाको
मायालु मेरी भनी लेख्न पाऊँ ।

आँखा दुवै छन् कमलै सरीका
गाला चुमेरै अनि खेल्न पाऊँ ।

देहै छ रानी सुनले बनेझैँ
आˆनी बनाई धित भेट्न पाऊँ ।

माया दिँदैनौ यदि यो जुनीमा
यो देह छिट्टै म त फेर्न पाऊँ ।

-स्नातक दोस्रो वर्ष
ज.ब. क्याम्पस, वैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *