Skip to content

नयनाकशमा जुन बनि रुप तिम्रै उदाईरह्यो


एक्लै हुदा सधै मलाई याद तिम्रै आइरह्यो
सपनीमा बिपनीमा तस्बिर तिम्रै छाईरह्यो,

भुल्न खोजे सम्झनालाई पूर्णिमाको जून हेरी
नयनाकशमा जुन बनि रुप तिम्रै उदाईरह्यो ,

दूर हुँदा सुम्सुम्याउन यी आँखाले नपाउँदा
अतित बल्झी यो मुटुमा यादले तिम्रै सताईरह्यो,

घरीघरी सुम्सुम्याउछौ चलाउछौ स्मृतिमा
हिड्छु अघि पछि-पछि छायाँ तिम्रै पछ्याईरह्यो,

लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *