Skip to content

“तिम्रो आगमनमा “


बसन्तको आगमन सगँसगै
कोइलिको कोकिल कण्ठले
बातावरणमा मिठास थपिएको छ …

यी पहाड, खोलानाला र
भन्ज्यांङ्हरुमा
तिम्रै आवहाँनका गीतहरु गुञ्जिरहेछ …

सदियौंदेखी गाँठो पारी
राखेका मनका कुराहरु
आज किन खोलुं खोलुं लागिरहेछ …

तिमी आउँने झझल्कोले होला
कता कता मनमा खुल्दुली
मच्चिएको छ ….

सदैंव गह्रौ यी पाइला मेरा
आज सिरिसको भुवा झैं
माथि माथि उडीदिन्छ …..

तिम्रो सामिप्य आउने
कल्पनाले मात्र पनि
यो मन
मदहोश भई झुमीदिन्छ ।।

-शुस्मा,सुनसरी धरान
हाल: सिङगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *