Skip to content

कठै !!!
पारी बास झ्यांग्मा कराउनी
झ्याउकुरीका सन्तानहरु
बासै छाडी कतै भाग्यो रे ,
चिर बिराउदै कराउनी फिस्टे चरीहरु पनि
गुडे छाडेर खोइ कता लाग्यो रे ……

बिरहामा गाउने न्याउली पनि
अब त गाउन छाड्यो रे ,
रोधी र मारुनी घर धाउनी
ठुली माइली पनि अब त धाउन छाड्यो रे ..

झ्याउकुरी र फिस्टे,न्याउली गाउने
बास झ्यांग र रानी बन्हारू धन धन्त्ति
डढेलोले डढदै छरे
सोरठी र सालैजो गाउने रोधीघर
र मारुनी घरहरु भत्काउदै
साइला माइला एक अर्का लाढ़दै छरे ……

चौतारीका बर पिपललाइ
जोर बन्चरोले ढाल्दै छरे
पुरितात्तोक मठ मन्दिर नि
भत्काउदै फाल्दै छरे ….
देशको सासक भानौदोहरु
यी हालत टुलु टुलु हेर्दै छरे
जनता र देशलाई भुली यी भ्रष्ट नेताहरु
आफ्नै नया र ठुलो गाडी, घर फेरिदै छरे
जनता र देशलाई भुली यी भ्रष्ट नेताहरु
आफ्नै नया र ठुलो गाडी, घर फेरिदै छरे ……………

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *