Skip to content


जा ए ६६ साल फर्किएर नहेरी जा
तेरा दुष्कर्महरू साथै लिएर जा

बासपानी र डूड़े झारीको घटना लिएर जा
जमिम, सिन्हानियाहरूको रगत पिएर जा
सुन्तली धामी के भन्छिन उनलाई सोधेर जा
स्वर्ग जाने काम गरिनस नर्कको बाटो रोजेर जा
जा ए ६६ साल …………………………..

संसदभित्रको किचलोहरू आफैं लिएर जा
संबिधान घोषणा गर्ने मन्त्र त्यहाँ दिएर जा
कहिले नसकिने सत्ताको खेल रोकेर जा
आज सम्मको कुकर्म नछोडी बोकेर जा

जा ए ६६ साल फर्किएर नहेरी जा
तेरा दुष्कर्म हरु साथै लिएर जा

5 thoughts on “जा ए ६६ साल”

  1. अतिथि tatha Dipenra Sharma ji
    अतिथि tatha Dipenra Sharma ji lai Mero bhavana haru manparai pratikriya dinu bhayeko ma dhanyabad

Leave a Reply

Your email address will not be published. Required fields are marked *