Skip to content

बाचा कसम् गरेपनि छोडिन्

  • by


सँगै जिउने बाचा कसम् गरेपनि छोडिन्
रगतले खाली सिउँदो भरे पनि छोडिन् ॥

उन्कै निम्ति बेघर भएँ उनी बिना एक्लो
पिरतीको महासागर तरे पनि छोडिन् ॥

मायाँ रुपी भावनामा धेरै बगे म त
बर्खे झरी बनी आँशु झरे पनि छोडिन् ॥

आफूसँग दुःख राखी खुशी दिएँ उनलाई
बिश्वास गरी मैले भर परे पनि छोडिन् ॥

थोपा थोपा रगतले मायाँ दर्शाएथेँ
संसार छोडी उन्कै निम्ति मरे पनि छोडिन् ॥

सँगै जिउने बाचा कसम् गरेपनि छोडिन्
रगतले खाली सिउँदो भरे पनि छोडिन् ॥

जगत राम बर्देवा घायल
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *