Skip to content

“आयो! नयाँ बर्ष यसरी आयो”

आयो! आयो! नयाँ बर्ष
पालुवा बोकेर साथमा
पूरानो पात फ्याँकेर
नयाँ-नयाँ पातमा
आयो मूना बनी-बनी
बसन्त ऋतु संगै-संगै
आयो नयाँ वर्ष आयो !
विना स्याहारका ति
तुल-फूलहरु पनि यहाँ
अब फूल्न कर लाग्छ
फ्याँकिएको सिमली पनि यहाँ
अब झुल्न कर लाग्छ
किनकी
हर नेपालीको खुसीमय
हाँसो
बोकेर
आयो
उमंग
बोकेर
आयो! नयाँ बर्ष आयो !

भत्केको टाल्नलाई
भाडिएको छेक्नलाई
देश भरी खुशी ल्याउँन
शान्तिको दियो बाल्नुलाई
हिजो आमाको काखबाट
हराएको छोरा छोरीहरु
आज आमाले पाउँनुलाई
हिजो सिन्दुर पुछिएको
चेली बेटीको आज यहाँ
हँसिलो मुहार पार्नलाई

छेक्ने छैन आब
कुनै पनि कालो त्यो
इतिहासले
देख्ने छैन अब
कुनै दुष्साहसले
कुनै गिद्दे नजरले
कुनै नरभक्षी राक्षसले
खोल ओडेको ब्वाँसोले
अजिंगर र हुचिलले
किन कि म विर हुँ
वि

वि

को
सन्तान हुँ
अब यो देश हराभरा
यसरी पारेर छाड्नु छ
साधुलाई शुली होइन
चौतारो दिनुछ
चोरलाई चौतारो हैन
शुलीमा लगाउँनुछ
अब म सिकाउँछु
र लेखाउँछु सभ्यता
विश्व इतिहासमा

बुकी झार अनि
कचिंन्ड़े झार
जरै देखि उखालेर
निर्मुल गर्छु अनि
नयाँ सुन गाभा
गुराँस फुलाउँछु
गोल सिमल बोलाउँछु
खेतका गह्राभरी
धानको बाला झूलाउँछु
ब्याँसी र पाखा भरी
सुनाखरी फूलाउँछु

घामले पोले पनि
पानीले पिटे पनि
दुःख र पिडा खपेर
यहीं पसिना बगाउँछु
अब आफ्नो कर्तब्य
म आफैं गर्छु
आफैं
गर्छु

नमस्कार तथा अभिवादन!२०६७ साल नयाँ वर्षको उपलक्षमा सम्पूर्ण नेपाली महानुभाव देश वा बिदेशमा रहनु भएका सबैलाई यो मिना बान्तवाको तर्फबाट मंगलमय हार्दिक शुभकामना टकराउन चहान्छु,साथमा एक गद्य कविता हजुरहरुलाई पस्किन गईरहेकीछु धन्यबाद छ,”मृदु”

मिना बान्तवा “मृदु “

Leave a Reply

Your email address will not be published. Required fields are marked *