Skip to content

आँसु अविरल बग्न थाल्यो

आँसु अविरल बग्न थाल्यो
धोएर गाजल बग्न थाल्यो

पहाड बन्छु भन्ने हिउ हेर
बनेर तरल बग्न थाल्यो

अटेन बेदना मनमा अब
गरेर हलचल बग्न थाल्यो

बगर लग्ने सागरको रहर
छोएरै पलपल बग्न थाल्यो

रमाएथे के देखेर घाम
छोपेर बादल बग्न थाल्यो

सुन्दर बज़ार३, लम्जुंग, हाल: दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *