Skip to content

काख देउ अलिकति रुन मन लाग्यो

तिर्थ(यात्री)पौडेल,
गजल
काख देउ अलिकति रुन मन लाग्यो
भित्रि मनका पीरहरु धून मन लाग्यो,

समिपमा आइ देउन मेरी दिलकी रानी
तिम्लाई आज कता कता छुन मन लाग्यो,

तिमीले गाउने गीतहरुमा पिरतीको भाका
मधुर त्यो कोकिल कण्ठ धुन मन लाग्यो,

स्पर्समा रमाउदै मन मुटु साटी
जनम जनमा तिमिसंगै हुन मन लाग्यो ,

तिमि जुन उदाई रहने मेरी नयनाकासकी
त्यसैले त मलाइ सधै जुन मन लाग्यो ,

सदाबहार फुल तिमि मेरो बगैचाकी
मनमोहक बनाइ रहने मनसुन मन लाग्यो
लखनपुर ३ झापा,नेपाल
हाल;बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *