• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

''' त्यो चमत्कारिक झोला र नेपालको कायापलट '''

tongmarmendok — Fri, 04/16/2010 - 19:41

  • हास्यव्यङ्ग्य
  • जे. बी. शेर्पा
  • www.samakalinsahitya.com

पुरै दस वर्ष बिति सकेछ युरोपमा आएर जरा गाडिसकेको पनि । मलाई अझै सम्झना छ त्यो गाढ़ा हरियो रंगमा टिलिक्क टल्किने 'इमिनेन्ट' लेखिएको हाते झोला र अप्राकृतिक रूपले चाऊरिएको झैं लाग्ने अनुहार लिएर यहाँ आएको । म भने यसबीच मोटोघाटो र रातो पिरो देखिएको छु, चाउरी पुरिएर गयो तर पनि त्यो झोला र त्यसको लामो लाम्चो, दुवैपट्टि चेनवाला खल्ती भएको र त्यसलाई छिर्के मिर्के परेको छोप्ने भएको त्यसको आकार बिर्सेको कदापि छैन । ईन्द्रचोकको मारवाड़ी साहूकाँ' किनेको थिएँ, सुरुसुरुमा खासै राम्रो नलाग्ने मामूली झोला थियो त्यो तर पनि समय संगै जीवनको उकाली र ओराली अनि डाँडा र काँडाहरूमा लैजाँदा लैजाँदै मेरो हमसफ़र बनी सकेको थियो । देश देशावरको चक्करमा कति पल्ट त त्यसले सिरानीको काम गरेको थियो भने कहिले पिरा वा चकटी त कहिले अढ़ेसोको जिम्मेवारी वहन गरिसकेको थियो । हिसावै गर्ने हो भने चार सयमा किनेको त्यो झोलाबाट कतिहो कति फाइदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लिई सकेको थिएँ । कहिले काहीं मन मनै लाग्थ्यो कि यदि यस झोला उत्पादक कम्पनीले यो तरिका थाहा पायो भने पक्कै पनि त्यस झोलाको विज्ञापन अर्कै किसिमले व्यापक रुपमा गर्थ्यो होला जस्तै कि "बहुपयोगी झोला " या 'मल्टी परपोज ब्याग' अनि साविक भन्दा दोब्बर भाऊमा बेच्थ्यो होला र मालामाल हुन्थ्योहोला ।

मेरो त्यो त्यस्तो बहुपयोगी झोलाले नेपालमा हुँदा धेरै साथ दिएको थियो त्यसैले पहिलो पटक त्यसलाई पनि बिदेश लाने निर्णय गरियो, जस अनुसार त्यो हंगकंग र शेनजेनसम्म पुगेर चिनिया भूमि स्पर्श गरेको थियो । यदि ताइवान जाने काम कुरो मिलेको भए त्यो त्यहाँ पनि अवश्य पुग्ने थियो । झोलालाई पासपोर्ट र भिसा नचाहिने भएपनि त्यो म सँग-सँगै फर्कनु पर्यो । त्यसको जीवनको दोस्रो बिदेश यात्रा भने मित्र रास्ट्र भारतको परेको थियो, रक्सौल हुँदै ठगिँदै ठगिँदै लामो र कष्टपूर्ण दिल्ली बस यात्रामा कैयौ पटक कोच्चिनु परेको र भारतीय पुलिसको संकालु हेराइ सहँदै खोतलिएर अपमानित हुनु परेको थियो विचराले। निकै राम्रो लागेछ क्यारे कुन्नि ,एक पटक त झन्नै अपहरणमा परेको भाई साबको हातबाट । थाईल्यांडको हारा जिन्सको पनि नक्कल गरी सिलाइएका जिन्समैं मक्ख पर्ने भारतीय समाज थियो त्यो बेलाको, त्यसैले होला काठमाण्डौंबाट छानेर ल्याएको त्यो झोलामा आँखा नलगाउने, नलोभिने त कमै थिए र भाई साबहरू त्यो झोला, मैले लगाएको ज्याकेट अनि जुत्ता समेत किन्छु भन्दै पछि परेर हत्ते गर्थे ।

झोलाहरू हज्जारौ थरिपरिका होलान, मैले पनि जीवनमा १५, २० थरिका झोलाहरू किनी सकेको छु तर सदा सदैवको लागि अब त्यही झोला मात्र प्यारो र पूजनीय लागिरहेछ । जीवनका उकाली ओरालीका मनग्य सम्झनाहरू त्यस झोला सित गाँसिएका छन, अल्झिएका छन । अझ मेरो मात्र नभएर हितैषी, आफन्त, इष्ट-मित्रहरू समेतको सम्झनामा बसेको छ त्यो हरियो झोला । तेस्रो पटकको बिदेश शयरमा त्यो झोला बेल्जियमसम्म आईपुगेको थियो र केही महिना पछि कोशेली समेत बोकर त्यो फिर्ता भयो। लाग्थ्यो त्यो फेरि अरु कसैको प्रतीक्षामा छ, कसैलाई बिदेश पुर्याउन पर्खिरहेछ, न भन्दै अमेरिका जाने एक आफंतले त्यही झोला लिएर गयो तर फिर्ता पठाउने शर्तमा र शर्त अनुसार लगतै फिर्ता पनि भयो । करीब पाँच छ पटकको बिदेशको चक्कर लगाईं सकेपछि त्यो झोलाले आफ्नो विशेष पहिचान बनाई सकेको थियो, कतिसम्म भने त्यो झोला लिएर जो बिदेश जान्छ त्यसको बिदेश यात्रा फलिफाप पूर्ण हुन्छ भन्ने सोच समेत बनी सकेको थियो र झोला माँग्न आउनेहरू थपिँदै गए, लिएर जानेहरू पनि बिदेशमा जरा गाडेर बस्न थालिसकेका थिए । अब हामी सवैको सोचाइमा त्यो मामूली झोला नभई एक लक्षिणको, विशेष शक्ति युक्त झोला बनिसकेको थियो, यसो गन्दा बेल्जियम मात्र चार पटक ओहोरदोहोर गरिसकेछ अनी अमेरिका र यु।के। तिन तिन पटक र अरु एक एक पटक पुगेको देश त कति हो कति । त्यसको पनि पासपोर्ट हुने भैदिएको भए कम्तिमा तिन वटा पासपोर्ट बिभिन्न देशका भिसाहरूले भरिसकेको हुनेथियो, तैपनि बेलाबेलामा बिभिन्न विमानसेवाहरूका रंगीचंगी बिल्लाहरू भने झुन्ड्याएर फर्किन्थ्यो ।

धेरैको फलिफाप गरेर त्यो अधवैसे झोला अब दराज भित्र थन्किएको छ र अलिक पुरानै भएपनि इज्जतका साथ बसेको छ । यसो विचार पुरयाउने हो भने त्यति धेरै नेपालीहरूलाई बिदेश पुरयाएइ, भाग्य चम्काई दिइ नेपाललाई करोडौंको रेमिट्यान्स भित्र्याइ आर्थिक विकाशमा टेवा पुरयाउने त्यो झोलालाई त्यतिकै दराजमा थान्क्याएर राख्नु उचित हुदैन, हुनत म चाहन्छु यो झोला म संगै रहिरहोस तर एक सच्चा नागरिकको हैशियतले त्यस्तो स्वार्थी सोचाई पाल्नु देश विरुद्द घात गर्नु जस्तै ठानेँ, त्यसैले धेरै सोच समझ पछि के निर्क्यौल निकालेँ भने देश विकासको खातिर एक विशेष कार्यक्रम राखेर त्यो झोला नेपाल सरकारलाई हस्तांतरण गरिदिने! तर त्यसको निमित्त देश र जनताको लागी प्रतिवद्द सरकारले मेरो केही शर्तहरू मान्नु पर्नेछ र ती यस्ता हुनेछन :

१.अब उप्रान्त कसैले पनि त्यस झोलाको निजी प्रयोग गर्न पाउने छैन !

२.सकेसम्म त्यस झोलालाई २४ घंटे सुरक्षाका साथ परराष्ट्र मन्त्रालयको राह्दानी विभागमा वा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान कक्षमा राख्नु पर्नेछ !

३.कोटी कोटी देउ-देउता भएको नेपालमा अर्को 'झोले देउता' भनेर सरकारी तवरमै घोषणा गर्ने !

४. बिदेश जाने हरेक नेपाली हरूलाई त्यो झोले देउता छुन दिने, पूजा गर्न दिने र उनिहरूको झोला त्यो झोले देउता संग छुवाउन अनिवार्य गर्नु पर्नेछ !

५.नेपालका नामूद ज्योतिष, लामा, पंडित वा गुरु, माताहरूबाट त्यो विलक्षण, चमत्कारिक झोलाको कसरी चिरकालीन सदुपयोग गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउनु पर्नेछ !

६.सकेसम्म सवै नेपालीहरूलाई बिदेश जान प्रोत्साहित गर्ने र उचित वातावरण मिलाउनु पर्नेछ !

त्यसपछि हामीहरूले बिदेशी भूमिमा जसरी जरा गाडेर वस्न सकेका छौं त्यसै गरि पछि आउने नेपालीहरूले पनि बिदेशमा जरा गाडन सक्नेछन, देशमा रेमिट्यान्सको भरमार ओइरो लाग्नेछ, जसको प्रत्यक्ष र अप्रत्यक्ष हजारौ लाभ देश र जनताले पाउने छन । बेरोजगारी, भोकमरी, बन्द हड़ताल, नारा जुलुस र अपराधहरू स्वत हराएर जानेछन, गृह मन्त्रालयको बजेट ह्वात्तै कम हुनेछ, देश विकाश गर्छु भनेर युगौं को सपना पाल्ने त्यागी नेताहरूलाई पनि अनेकों संघर्ष र जेलनेल खाने र भूमिगत हुने अवस्था आउने छैन, व्यक्तिगत स्वार्थ कै लागि पार्टीको पुच्छर बन्नेहरू सबै बिलाएर जानेछन । भीर पाखा र वन बुटयान खनी खोस्री गर्ने क्रम रोकिनेछ र विस्तारै सवै भिरपाखा वन जंगल हराभरा हुनेछ,त्यसको अर्को सकारात्मक प्रभाव सिधै पर्यटन विकाशमा पर्नेछ त्यस्तै खाले अनगिन्ति प्रभावहरूको एकमुष्ठ शक्तिले अहिलेसम्म रोकीएर रहेका विकाशका चौतर्फी ढोकाहरू एकाएक खुल्नेछन, भकाभक बाटाघाटा, पुल पुलेसा र अस्पतालहरू बन्नेछन अनि दश पन्ध्र वर्ष भित्रमा नेपाल र नेपालीको कायापलट सोचे भन्दा र भाषण गरे भन्दा सजिलै हुनेछ । देश शान्त र हराभरा, जनता ख़ुशी र राता पीरा ।

७. र अन्तमा सरकारले त्यसपछि जलस्रोत, पर्यटन र औधोगिक विकाश र राजनैतिक स्थायित्वले मात्र देश विकाश हुन सक्छ भन्ने पुरानो सुगा रटाई निति त्याग्नु पर्नेछ र 'बिदेश जाऔं, आफु बनौ अनी देशलाई बनाऔं' भन्ने नयाँ राष्ट्रीय नाराको सर्वत्र व्यापक प्रचारप्रशार गर्नुपर्नेछ ।

अन्तमा, पुन: भन्छु " बिदेश जाऔं, आफु बनौं अनि देशलाई बनाऔं " !!!

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 186
  • 2679 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    20 hours 6 min ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    22 hours 24 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 day 15 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 day 18 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 day 18 hours ago
  • एकदम सान्दर्भिक
    1 day 22 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 1 hour ago
  • भुगोल ले नछेकेको माया
    6 days 22 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    6 days 23 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 16 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • देश बेचियो रे !
  • बाँच्ने आशा सम्हाले थें भाग्य लुटिएछ
  • आमाको सपना
  • नेपालको राजनीति
  • हाम्रो झन्डा
  • चमत्कारी विज्ञानलाई
  • छोरीको बिहा
  • मेरो सपनाको देश
  • भो संस्थागत आर्थिक सहयोग चाहिएन
  • चिसो चिसो हावामा
  • युवा
  • समयका बिम्बहरु
  • सरकारी उदासिन्ताको परिणाम
  • हामी नेपाली हाम्रो नेपाल
  • न्यु-योर्कमा कलाकार तथा साहित्यकार नदियाले समारोह भावुक बनाइन्
  • विषाक्तका पाथीहरू
  • एक शिक्षकको एक बिहान
  • आमाको मर्म र छोराको कर्म
  • शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ
  • लक्ष्मीप्रसाद देवकोटाप्रति
  • मेरो चरी आज किन चहकिएको छैन
  • चिराग तो जलाओ, बडा अन्धेरा है
  • किन अछुतको टिको लाउन खोज्छौ ?
  • चार मुक्तक (काली खोलो किन उर्ल्यो)
  • नटाँगिएको चित्रकला
  • छरेर ढुङ्गामा बिउ
  • उसकाे स्मृति
  • सामाजिक विषयवस्तुको उपन्यास
  • भ्रष्टाचार
  • भाइ के हाथ बन्हबै राखी (कविता)
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित