Skip to content

राम्रै रहिछ धन्न !

खोज्दा खोज्दा थाके म त
कत्ता हराको?
राम्रै रहिछ धन्न !
यो मन त डराको ..

म त सोच्छु सधै आफ्नु,
किन सोच्छौ मलाई पराको ?
तिम्रो जस्तो हो यो छात्ती
किन चराको ?

मायालु पाराले सोधेको पो हुँ त
झर्केर किन कराको?
मैले पो धेरै माया गरेको तिमीलाई
होइन नि हौ
माया गर भनि तिमीलाई अराको ……….

खोज्दा खोज्दा थाके म त
कत्ता हराको?
राम्रै रहिछ धन्न !
यो मन त डराको ………..

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *