Skip to content

तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को


अँध्यारोमा डराई डराई, मध्यरातमा धा’को।
तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को।।

सुतिसक्यो दुनिया त, यही मौकालाई छोप्न।
तिम्रो मनमा, मेरो मनको, बिरुवालाई रोप्न।।
यस्तै धेरै कुरा सोच्दै, खुशी धेरै भा’को,
तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को।।

अँध्यारोमा डराई डराई …….

मलाई जस्तो रमाईलो, तिमीलाई नि हुने।
यौवनको बगैंचमा, दुईटा फूल फुल्ने।।
मेरो स्पर्शले तिम्रो तनैभरि, उन्मातको नशा चड्दै गा’को,
तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को।।

अँध्यारोमा डराई डराई ……

www.udayaspoetry.blogspot.com

4 thoughts on “तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ’को”

  1. … भैहाल्छ नि अतिथी जी …
    … भैहाल्छ नि अतिथी जी … सिकाउनलाई के भयो र? बिध्या जति बाड्यो त्यति बड्छ नी ।।
    हजुर को कमेन्ट को लागी मुरि मुरि धन्यबाद ।।।

    उदय

Leave a Reply

Your email address will not be published. Required fields are marked *