मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

आमा

pushpa — Fri, 08/15/2008 - 21:46

  • सामाजिक कथा
  • पुष्प जोशी

धेरै पहिलेको कथा हो, एउटी बुढी आमै आफ्ना दुईजना नातिहरुलाई साथमा लिएर कतै गइरहेकी थिइन। छोरीको छोरालाई काखमा बोकेकी थिइन, अनी छोराको छोराको हात समाएकी थिइन। त्यती नै बेला कता कताबाट एउटा भुस्याहा कुकुर उनिहरुको नजिक आउँछ। कुकुरलाई देखेपछी काखमा रहेको छोरीको छोराले आफ्नो तोतेबोलिमा भन्छ, 'ए कुकुल, मलाई होइन यो बुडिलाई टोक है!'
आफ्नो भाईको कुरा सुन्ने बित्तिकै छोराको छोराले एउटा लट्ठि उठाउँदै भन्छ,' ए कुकुर, मेरी बज्यैलाई टोक्ने हैन, नत्र तेरो टाउको फुटाइ दिन्छु।'

* * *

'ड्याडि, हजुरआमाले मलाइ र दिदिलाइ एक एक टुक्रा स्याउ मात्रै दिइन, फुफुको छोरिलाइ चाहि सिङ्गै दाना दिइन।' आज पनि पसलबाट घर पुगेको मात्रै थिए, सुनिलले रुँदै रुँदै भन्यो।'केहि छैन बाबु म तिमिलाइ भोलि पसलबाट फर्किंदा धेरै स्याउ ल्याइदिन्छु, तिमि र दिदि मात्रै मिलेर खानु, कसैलाइ नदिनु।" सुनिललाइ फकाउने प्रयाश गरें। बच्चा न हो, एकैछिनमा फुर्किहाल्यो, भोलि धेरै स्याउ पाउने भइयो भनेर दिदिलाइ बताउन दौडिंदै गइहाल्यो। तर हाम्रि आमा त बच्चा होइनन र पनि किन बच्चा बच्चिको जस्तो ब्यबहार गर्छिन। बहिनिको छोरि र मेरा छोरा छोरी, उनकै नाति नातिना त हुन, तर किन भेदभाब? अस्ति पनि बजार गएकि रहिछन, बहिनिको छोरिको लागि मात्रै फ्रक किनिदिइन, सुनिल र सुनिता कति रोएका थिए त्यो दिन, हामिलाइ चाइ केहि पनि किनि दिएन भनेर। अब त यसरि सधैं सगोलमा बस्न मुस्किल नै होला जस्तो छ।
मैले रमासँग बिहे गर्छु भन्दा कस्तो प्रतिबाद गरेकि थिइन आमाले, अहिले हुँदैन, बिहे गर्ने बेलै भएको छैन, अहिल्यै बिहे गर्‍यो भने घर ब्यबहार सम्हाल्न मुस्किल हुन्छ रे, के के भनिन के के भनिनन त्यतिबेला। खै त परिवार पालेकै छु अहिले, दुइजना छोरा छोरि भइसके, श्रीमति, छोरा छोरीलाइ मिठो मसिनो खान दिएकै छु, बस्ने बास छँदैछ, आङ नाङ्गो राखेको छैन। के चहियो यसभन्दा बढि?
एउटै स्कुलमा पढ्थ्यौ रमा र म, रमा आठमा म दसमा। सँगै स्कुल आउने जाने क्रममा माया प्रेम कुन बेला बसेछ थाहै भएन। जब थाहा भयो एक अर्का बिना बाँच्नै नसक्ने भइसकेका थियौं। बिहे गर्ने निर्णय गर्‍यौं, सहमति पाइएन, न रमाको घरबाट न मेरो घरबाट। समाजले, घर परिवारले, नाता कुटुम्बले कसको पो साँचो प्रेमको कदर गरेका छन र, लैला-मजनु, हिर-राँझा, रोमियो-जुलियट देखि लिएर मुना-मदन, मालति-मङ्गलेसम्म कसैले समाजको साथ पाएनन।
मन्दिरमा गएर सिन्दुर पोते लगाइदिए रमालाइ। परिवारको ढिपि कति दिनसम्म चल्थ्यो र, आमाले रमालाइ बुहारि भनेर भित्र्याउनु परिहाल्यो, रमाको आमा बुबाले मलाइ ज्वाँइ स्विकार्नु परिहाल्यो। हो, बिहे गरेर घर ब्यबहारको चक्करमा परेपछि रमाको पढाइ छुटिहाल्यो, मैले पनि दुइचोटि गरेर पनि एस. एल. सि. पास गर्न सकिन। तर पढाइले मात्र के हुन्छ र, घर ब्यबहार चलाउन पुग्ने पैसा पसलबाट कमाउन सकिराखिएकै छ। मेरो बिहे हुँदा दाइको भरखर एस एल सि सिद्धिएर आ इ ए पढ्न चितवन गएको थियो, बल्ल यो बर्ष एम ए सिद्ध्याएर बिहे गर्‍यो। अहिले काठामन्डौंमा पाँच छ हजारको जागिर खाँदैछ, मेरो महिनाको बार्‍ह्र चौध हजारको कारोबार हुन्छ। दोस्रो चोटि पनि एस. एल. सि. पास गर्न नसके पछि ब्यापर सुरु गरेको हुँ, अहिलेसम्म राम्रै चलिराखेको छ।

'यसरि कति दिनसम्म साबुन तेल मात्रै बेचेर बसिराख्छस? बरु हिंड मसँग इन्डिया, म काम गर्ने फ्याक्ट्रिको साहुले पनि मान्छे खोजिराखेको छ, १५-१६ हजार भा रु तलब हुन्छ।' स्कुल पढ्दा मेरो सबैभन्दा मिल्ने साथि केशबले यसपालि छुट्टिमा घर आउँदा भन्यो। केशबको कुरा ठिकै हो, फेरि अहिले ब्यापार गर्ने बाताबरण पनि त्यति राम्रो छैन, कहिले कसलाइ चन्दा देउ कहिले कसलाइ, फेरि उधार माग्ने पनि उति नै हुन्छन। पसल बेचेर केशबसँगै गएँ। काम पनि राम्रै रहेछ, कार्पेट फ्याक्ट्रि रहेछ साहुको। मेरो काम चाइ ग्राहकहरुलाइ सो रुममा कार्पेटहरु देखाउने। कहिलेकाहि ठुलो क्लायन्ट छ भने एयरपोर्ट या स्टेसन सम्मै लिन जाने अनि कार्पेट्को मोल मोलाइ गर्ने। १५ हजार भा रु चानचुन तलब, बस्न अफिस कै क्वार्टर। हरेक महिना केहि पैसा घर पठाइसके पछि पनि अलिकति बचत हुने। अब त सुनिल र सुनिता पनि स्कुल जाने भइसके। म इन्डिया आएको केहि दिनपछि नै रमा पनि सुनिल र सुनितालाइ लिएर माइत मै बस्छिन, आमासँग बस्न सकिनन रे। आमा पनि त्यस्तै रमालाइ देखि सहन्निन्।

कार्पेट फ्याक्ट्रि मै काम गर्ने एकजना पन्जाबी साथिको दाइको रेस्टुरेन्ट रहेछ जर्मनीमा। पाँच लाख भा रु मा नक्कलि इन्डियन पासपोर्ट बनाएर कुकको भिसामा जर्मनी उडाइदिने कुरा गर्‍यो। अंसबन्डा गरेर आफ्नो भागको सम्पत्ति बेचेर जर्मनी जाने निधो गरे। अंसबन्डा गर्न न त दाइले मान्यो न त आमाले नै। आफ्ना पुर्खाहरुले कमाएको सम्पत्ति भागबन्डा गरेर बेच्न नदिने कुरामा आमाले त अड्डि नै कसिन। नियमानुसार मैले पाउने मेरो भागको सम्पत्ति पाउन मुद्दा नै हाल्नु पर्‍यो। आफ्नो भागको सबै खेत-बारिहरु बेचेर पनि भनेको जति पैसा पुर्‍याउन सकिएन। बाँकि पैसा ब्याजमा खोजेर उडियो, पैसा फल्ने सपनाको देश।
पन्जाबिले त भिसा लगाएर उडाइदियो, अब गर्ने के, कसरि काम खोज्ने? त चिता म पुर्‍याउँछु भने जस्तै हाम्रै गाउँको एक जना दाइको ठेगाना थियो मसँग, एउटा रेस्टुरेन्टमा वेटरको काम गर्दा रहेछन, त्यहि रेस्टुरेन्टमा भाँडा माझ्ने काम मिलाइ दिए। काम गर्ने कागज नभएको हुनाले पैसा थोरै थियो तर नेपालिमा हिसाब गर्दा नेपाल-इन्डियामा कमाएको भन्दा कति हो कति बढि। यसरि बिना कागज त कति काम गर्ने कुन दिन चेकिङमा परिन्छ भनेर जहिले पनि ढुक ढुक! दाइले नै एउटा केटि मिलाइ दिए बिहे गर्नको लागि। जर्मन केटिसँग बिहे गरेर तिन बर्ष संगै बसेपछि जर्मन पासपोर्टको लागि एप्लाइ गर्न पाइने रहेछ, त्यो दाइले पनि त्यसरि नै जर्मन नागरिकता लिनु भएको रहेछ। बिहे गर्दा रमा र छोरा छोरि नसम्झेको त हैन तर तिन बर्ष त हो, फेरि मैले जे गरिराखेको छु उनिहरु कै राम्रोको लागि त गरिराखेको छु भन्ने लागेर फेरि दुलहा बनियो। अब चाहि अस्थाइ नै भए पनि काम गर्ने कागज मिल्यो, पैसा पनि पहिला भन्दा राम्रो पाइन थाल्यो। केहि महिना पछि घर गएर रमा र छोरा छोरिलाइ काठमाण्डौं मै डेरा लिएर राखेर आए। उनिहरु एक्लै हुन्छन भनेर सासु र ससुरा पनि उनिहरुसँगै बस्न थाले। यसपालि घर जाँदा आमालाइ भेट्न पनि भेटिन। बिदेशी केटीसँग बिहे गरेर आफ्नो स्वार्थपुर्ती भइसके पछी छोड्ने चलन सामान्य रहेछ। मेरो नेपालमा बिहे भाईसकेको छ भन्ने कुरा यता बताउने कुरै भएन, उता नेपालमा पनि मैले यत पनि बिहे गरे भनेर कसरी भन्नु? रमासँग फोनमा कुरा गर्दा कहिले काही कहाँ बस्छौ, को सँग बस्छौ, के गर्छौ जस्ता दर्जनौ प्रश्न सोध्थिन। शायद मैले यता बिहे गरेको कुरा कसैले बताइ दियो कि? यता पनि श्रीमतीले बच्चाको रहर गर्न लागिन, शायद दुई तीन बर्षपछी मैले छोड्छु भन्ने अनुमान गरिन होला। बच्चा भएपछी कमसेकम बच्चाको मायाले त बाँधिराख्ला भन्ने सोचिन होला।
यसपाली घर जाँदा रमा अली बिरामी रहिछिन। डक्टरले मानसिक समस्या भएको कुरा बताए। शायद मेरै बारेमा धेरै सोच्छिन होला, मनमा के के कुरा खेलाउँचिन होला। स्कुल मै छँदा माया पिरती बसेपछी सबैसँग बिद्रोह गरेर बिहे गरेको, टाढा रहन त मलाई पनि कहाँ मन छ र तर के गर्ने मैले जे गरिराखेको छु रमा र छोरा छोरी कै लागि त गरिराखेको छु नि। फेरी अब त उता पनि छोरा जन्मिसक्यो, उनिहरुलाई पनि त चटक्कै छोड्न सकिंदैन। नराम्रो दोधारमा पारीयो, कसलाई बताउने आफ्नो ब्यथा, कसैलाई बताएर नै के हुने हो र? यता सुनिल र सुनिता राम्रै स्कुलमा पढिरहेका र सासु ससुरा पनि सँगै बसिराखेका हुनाले अलिकती भए पनि चिन्ता काम हुन्छ।

दाइले फोन गरे बिहानै: रमाले हामीहरु सबैलाई छोडेर गइन रे, कहिल्यै नफर्किने गरेर। मानसिक रुपमा यती बिक्षिप्त भइसकेकी थिइन कि हातको नसा काट्नु अगाडि छोरा छोरीको बारेमा पनि सोचिनन। अस्ती मात्रै त कुरा भएको थियो रमासँग, अब एक्लै बस्न नसकिने कुरा गर्थिन। एक डेढ बर्ष अझै कुरौं, त्यसपछी सधैंको लागि सँगै बसौला भनेर सम्झाएको थिए। चाहेको समयमा जर्मनी छोड्न नपाईने हुनाले रमाको अन्त्यस्टिमा भाग लिन पनि जान सकिन। यो खबर सुन्ने बित्तिकै आमा काठमाडौं आएर सुनिल र सुनितालाई आफुसँगै लिएर गइन र अब सधैं आफैसँग राख्ने कुरा गरिन रे। उनिहरुको स्कुलमा तिर्नुपर्ने बाँकी पैसा पनि सबै आमाले नै तिरीदिइन रे।

* * *
राती अचम्मको सपना देखे: त्यही पुरानो कथा, त्यही बुढी आमै, त्यही नातिहरु, त्यही कुकुर अनी त्यही संबादहरु। सबै कुरा पुरानै छन भने के अचम्म भयो भन्ने सोच्नुभयो होला। अचम्म कसरी भयो भने त्यो द्ऋस्यमा म पनि रहेछु, अचम्म किन भयो भने पुराना कथाका संबादहरु सिद्धिसकेपछी, ति बुढी आमै मेरी आमामा परिवर्तन भइन, काखको नाती मेरी भान्जी अनी हिडिरहेको नाती मेरो छोरा सुनिलमा!

आमाले भनिन्,' बाबु तैले सोचिराखेको होला मैले नाती नातिमा पनि भेदभाव गरे, छोरीको छोरीलाई बढी माया गरे, तेरा छोरा छोरीलाई कम । तर त्यसो होइन, आमाको माया कसैको लागि पनि कम हुँदैन, आमाको मायामा कहिल्यै पनि भेदभाव हुँदैन, आमाको मायामा कहिल्यै पनि शँका नगर्नु।"
मैले सोधे,' त्यसो भए किन तपाईंले भान्जिलाई काखमा बोक्नु भएको अनी मेरो छोरालाई हिंडाइ रहनु भएको, के यो भेदभाव होइन, के आफ्नै आँखाले देखेर पनि तपाईंको मायामा शंका नगर्नु?'
आमाले भनिन, 'मलाई तैले मेरो मायामा शंका गरिस् भन्दा पनि तैले आमाको माया बुझ्न सकिनस भनेर दु:ख लागेको छ। छोरा, कुरा के हो भने, छोरीको छोरा छोरी आफुभन्दा टाढा हुने हुनाले पराइ नभए पनि पराइ जस्तइ लाग्छन। तर त्यस्तो होइन, उनिहरु पनि छोराका छोरा छोरी जस्तइ आफ्नै हुन। कहिले काही मात्रै भेट हुने हुनाले अली बढी माया गरिएको जस्तो देखिने मात्रै हो तर आमाको माया सबैमा बराबर नै हुन्छ। आज तेरी भन्जिलाइ काखमा बोक्नुको कारण पनि त्यही नै हो, बर्षमा एक दुई चोटि मामा घर आउने नाती-नातिनीहरुलाई बर्ष भरिको माया दिएको मात्र हो। फेरी काखमा बोकेको नातिले कुकुरसँग आफुलाई नटोक्न बरु हजुर आमालाई टोक्नु भन्नु र हिडिरहेको नातिले हजुर आमालाई नटोक्नु भन्ने कुरालाई पनि अन्यथा नलिनु। यसमा आफ्नो पराइ भन्दा पनि खाली बाल मनोबिज्ञानले मात्र काम गरेको छ। छोरीका छोरा-छोरी आफु भन्दा टाढा हुने र कहिले काँही मात्रै भेट हुने हुनाले मामाघरका नातेदारहरुलाई पराइ जस्तइ ठान्छन तर छोराका छोरा-छोरीहरु सधैं सँगै हुने हुनाले आफ्नै ठान्छन। त्यही भएर छोरीको छोरा र छोराको छोराको व्यबहारमा फरक देखिएको हो तर समय सँगै बुझ्ने भएपछी दुबै जनाको व्यबहारमा फरक हुँदैन। तैले त दुई चार क्लास पढेको थिइस, देस बिदेश देखेको थिइस तर पनि यती कुरा पनि किन बुझ्न नसकेको?' आमा भन्दै गइन, ' तैले सोचेको होलास मैले तलाई कहिल्यै माया गरिन, तैले गर्छु भनेको काममा कहिल्यै साथ दिइन तर त्यस्तो हैन । छोरा, तैले सानै उमेरमा बिहे गर्छु भन्दा मैले हुँदैन भनेको हुँ, अहिले त तैले पनि बुझिस होला, सानैमा जिद्दी गरेर बिहे गरेर पढाई पुरा गर्न सकिनस, कहिले कता कहिले कता हंडर खाँदै हिंड्नु पर्‍यो। आखिर तेरै अपरिपक्व निर्णयले गर्दा रमालाई पनि गुमाउन पुगिस। तेरो दाईलाई हेर त पढाई सकेर समाजमा सानै भए पनि आफ्नो ठाँउ बनाइ सकेको छ। पुर्खाको सम्पत्ती बेच्छु भनिस, मुद्दा हालिस तर के पायिस आखिरमा? तेरा बाबु बाजेले हाड खियाएर कमाएको सम्पत्ती पनि गुमाइस हैन? 'बाबु, यती बुझी राख आमा कहिल्यै स्वार्थी हुँदिनन र यदी हुन्छिन भने पनि आमाको एउटा मात्र स्वार्थ आफ्ना छोरा छोरीहरुको प्रगती भएको देख्नु, छोरा छोरीको मुहारमा खुशी झल्किएको देख्नु मात्र हुन्छ। नौ नौ महिना गर्भमा राखेर, आफ्नो शरीरको अङ्ग जस्तै स्याहारेर, अनेक दु:ख कस्ट गरेर जन्माएका छोरा छोरीको कुभलो चिताउन कुन चाँही आमाले सक्लिन। शायद मैले नै तलाई म कती माया गर्छु भनेर देखाउन सकिन तर मैले संसारमा सबैभन्दा माया गर्ने भनेको नै तँ, तेरो दाई र तेरी बहिनी नै हौ, मेरो मायामा, आमाको मायामा कहिल्यै शंका नगर्नु।

* * *
सुनिल ले फोन गर्‍यो बिहानै, 'ड्याडी दिदी र मेरो चिन्ता नगर्नु, अब हामीहरु हजुरआमासँगै बस्छौं, स्कुल धेरै दिन नछुटोस भनेर आज बिहानै हजुरआमासँग हामीहरु काठमाडौं आइसक्यौं, अब हजुरआमा सधैं हामिसँगै बस्ने रे!'
आमासँग कुरा गर्न मन त लागेको थियो, कसरि गर्ने, कुन मुखले गर्ने। माफि नै मागौं भने पनि मैले माफि नमाग्दै मलाइ माफ गरि सकेकिछिन होला तर कसरि बोलौ आमासँग। अब सबै भन्दा पहिले घर जान मिल्ने भए पछि आमाको खुट्टा समाएर धक फुकाएर रुन्छु, मैले गरेको पाप मेरै आँसुले नपखलिन्जेलसम्म रोइ रहन्छु, आँसु झारि रहन्छु।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
Tweet

pusp jee , aama vanne sabdha

अतिथि — Wed, 01/14/2009 - 05:17

pusp jee ,
aama vanne sabdha kati ramro chha hai yo sabda vanda pani aama paun manchhe kati runchhan thaha hola ni aru ke vanne

  • reply

आमाको मायामा कहिल्यै शंका नगर्नु।

minabantawa — Sun, 01/15/2012 - 22:51

मैले गरेको पाप मेरै आँसुले नपखलिन्जेलसम्म रोइ रहन्छु, आँसु झारि रहन्छु। dhnybad pusp g wastbik rachana ko lagi,,

  • reply

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 31 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 16 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 16 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 16 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 18 hours ago
  • Nice !
    5 days 22 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 21 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • म एक पात्र हुँ
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • लोडसेडिङ्
  • ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
  • जिन्दगीले यसरी धोका दियो कि
  • कविशिरोमणिको दारी रहस्य !
  • गजल
  • उस्तै छ
  • छिमेकीको छाता र छाडा छोराहरू
  • बादल जस्तो
  • फूललाई सोधेँ कहाँ गयो
  • कथा
  • नियतिको हेर
  • तलाउको माझमा
  • ओझेलमा असल स्रष्टा
  • नातिनीसँगको संवाद ?
  • गहिराइमा डुब्दै नडुब
  • मायामा रुन्छ किन ?
  • घुम्ने मेचमाथि अन्धो मान्छे
  • साकी प्याला भरिदेऊ
  • शहीद
  • दसैं
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित