Skip to content

एक रुपिया
एक सय पैसा
पाच पैसामा गन्दा बीस वटा गाई पैसा
दस पैसामा गन्दा दस वटा चरी पैसा
पच्चीस पैसामा गन्दा चार वटा जै पैसा
पचास पैसामा गन्दा दुइ वटा स्वस्तिक पैसा
एक रुपियाले केही किन्न सकिन्न, सबै किन्न सकिन्छ

एक रुपिया
एक सय पैसा
पाच पैसामा गन्दा बीस वटा गाई पैसा
दस पैसामा गन्दा दस वटा चरी पैसा
पच्चीस पैसामा गन्दा चार वटा जै पैसा
पचास पैसामा गन्दा दुई वटा स्वस्तिक पैसा
एक रुपियाले केही किन्न सकिन्न, सबै किन्न सकिन्छ
सुख-सयल, अमन-चैन, घर-दौलत
एक रुपियाको घेराभित्र नपर्ने अखरदि वस्तुहरू
तर, सम्भव छ एक रुपियालाई सगाल्यो भने
केही आउदैन अचेल एक रुपियामा
न मुस्कान
न रोदन
न हर्ष
न बिस्मात्
न छोरीलाई झुम्का
न श्रीमतीलाई फरयिा
न प्रेमिकालाई ललीपप
अह, केही आउदैन एक रुपियामा

यो एक असत्य हो
यो एक अकथन हो
एक रुपियामा सबै आउछ
एउटा उदाहरण मात्र,
एक रुपियाँ बराबर एक बट्टा सलाई
एक बट्टा सलाई बराबर एकतिस वटा मैनजडित काटीहरू
एकतिस मैनजडित काटी बराबर एकतिस वटा राकाहरू
सलाईबाट आगो
आगो संहारक पनि विध्वंसक पनि
एक रुपियाले आगो किन्न सकिन्छ
एक रुपियाको आगोमा रोम जलाउने ताकत छ
एक रुपियामा क्यालिफोर्निया खरानी बनाउने शक्ति छ
एक रुपियाले टेथिस सागर स्मसान बनाउन सक्छ
एक रुपियाले शरणार्थी क्याम्पहरू डढाउन सक्छ
एक रुपियाले करोडौको स्मारक क्षति पुर्‍याउन सक्छ
एक रुपियाबाटै बन्दुक, बारुद र विश्वास खरिद गर्न सकिन्छ
एक रुपिया हाम्रै गाउ, बस्ती र चुलो-चौकाहरूमा
पड्काउन सकिन्छ
एक रुपियाले नयाँ गणतन्त्र किन्न सक्छ
एक रुपियाको सामर्थ्य सौर्यसामर्थ्य हो
यसले नयाँ नेपाल कोर्न सक्छ
यसले नयाँ नेपाल चोर्न पनि सक्छ
त्यसैले एक रुपियामा सबै आउछ

नेपाल साप्ताहिक
३०६

नेपाल साप्ताहिक
३०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *