तिम्रो बिचार अंगालेर कहिलेसम्म हिड्नु पर्ने
केवल तिम्रा आफन्तलाई कति मैले चिन्नु पर्ने,
तिमीले मलाई यहाँ ल्यायौ बिचार त किनेन्यौ नि
फर्माइसहरू मैले तिम्रा कतिसम्म किन्नुपर्ने,
मेरा पनि चाहना छन स्वाभिमान छ मेरो आफ्नै
भन् किन मुठेबलले मेरो इच्छा छिन्नु पर्ने,
कहिलेसम्म पछि लागी तिम्रो बाटो पछ्याउ म
समयको प्रवाहसँगै तिमीले केहि सिक्नु पर्ने,
कहाँवाट कता पुग्यो समयको जाँतो घुमी,
तिम्रो नीजि अहंकारमा कति मैले निभ्नु पर्ने
तिर्थ(यात्री)पौडेल,
लखनपुर ३ झापा नेपाल,
हाल : बहराइन