Skip to content

जिन्दगीको परिभाषा


जिन्दगीको परिभाषा कसोगरी लेख्यौ मैले
जहाँ टेक्यो काँडा बिज्छ कहाँनेर टेक्यौ मैले

आफ्नैहरूले चिथोर्दैछन मुटु भित्र भित्र पसी,
कुन मलमले कसरि यो मुटुलाई सक्यौ मैले,

ममताको खडेरी छ स्वार्थि छन सोचाइ सबका
अप्ठ्यारो जान्छ यो मन के गरेर छेक्यौ मैले,

सम्पतिको लालच बोकी हिरा मोति खोज्छन सारा
सबको इच्छा पुरा गर्न कसको खुशी ठेक्यौ मैले

तिर्थ(यात्री)पौडेल
लखनपुर ३,झापा नेपाल,
हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *