Skip to content

एकल लोक गीत

नेता सबै थालि गो बहुलाउन
देशमा बिकाश दिएन माहुलौना
अब के हुनी हो………..२
यस्तो हालत देखेर हाम्रो देश
कहिले सम्म रुनी हो .

कोहि बस्छन सत्ता मा निदाउदै
कोहि हिड्छन सडकमा गीत गाउदै
नेताको रमित्ता ………२
जुन नेताले जे जस्तो बोलेनी
मार्क मा हो हामी त ..

सबलाई चाहेको सत्ता र भत्ता
लाइसन वाला चोर रहिछ यो जत्था
सबैले जानेको …….२
जनतै भेंडा हो हामी नेपाली
त्यहिँ नेता मानेको …….

माधब कुमार अरुको खेलौना
प्रचण्डले गर्दैछन् बिलौना
सडकमा कराउदै ………२
सोझो जनता गाउ बाट ल्याएर
हैजा ले मराउदै…………

कांग्रेसले भन्दै छन् भारत दाई
जसरि भएनी लखेटौ यो माओलाई
मर्नु परे मरऔला ……..२
यति केहि सिप लागेन भने त
भारत् तिरै सरौला .

किपी बिद्या मिले छ जोडी
पारस पनि आऊ भन्छ एकचोटी
बिरगंज पुगेर …….२
पुगेन छ त्यतिका जनताले
पहिले नि थुकेर …..

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *