Skip to content

गिर्दैछु म कतारमा

  • by


बिना गल्ती जरिवाना तिर्दैछु म कतारमा
किन असल मनबाट गिर्दैछु म कतारमा ॥

हजार ठक्कर खाए पनि हरेस नखाई रत्तिभरि
अन्धकार जिन्दगीको चिर्दैछु म कतारमा ॥

फेरि पनि साहित्यको चौतारीलाई पछ्याउन
नवोदितको नयाँ बिचार भिर्दैछु म कतारमा ॥

कोही भन्छन् पागल कोही असल मान्छे भन्छन्
फाली बन्न सियो बनी छिर्दैछु म कतारमा ॥

कथा कबिता र गजल मेरो रगत भित्र पिन
भेट्टाउन फेरि कोल्टे फिर्दैछु म कतारमा ॥

बिना गल्ती जरिवाना तिर्दैछु म कतारमा
किन असल मनबाट गिर्दैछु म कतारमा ॥

जगत राम बर्देवा घायल

दोहा आएको २ बर्ष १ दिन आज

१९।५।२०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *