Skip to content

नजिक नआऊ आश लाग्छ


नजिक नआऊ आश लाग्छ
तिम्रै मुस्कान मिठास लाग्छ
अनर्थ लगाई तर्केर जाउली
व्यर्थै मन मा त्राश बढ्छ

छेऊ नपर मात लाग्ला
झुक्किएर हात बढ्ला
माफी नहोला सानो भूलमा
मनमा गहिरो आघात पर्ला

नसताऊ धेरै नबोल मस्केर
उत्तौली भै नचल जिस्केर
मनै हो भड्किन बेर नलाग्ला
गल्ति छोप्नु पर्ला पल-पल झस्केर

नलोभ्याउ रुपको धुप बालेर
सक्दिन सहन चुप लागेर
जोशको होशमा बाटो बिराए
नलाउनु दोष शुँक-शुँक रोएर

======
बिमल ओझा
हेटौडा , मकवानपुर

http://bimaldai.blogsome.com/2010/05/19/p54/

Leave a Reply

Your email address will not be published. Required fields are marked *