Skip to content

‘नया बाटो बन्नका लागि पुरानो बाटो भत्किनु या भत्काइनर्ुपर्छ ।’
-डेरडिा

-प्रिय पाठक, पात्रहरू खोज्ने क्रममा एउटा महासागरीय तटमा आइपुगेको छ यो लेखक यतिबेला नया शैलीहरूसगै विषयवस्तुको खोजी दोहोरनिे समय आइपुग्यो या पुगेन, त्यो जान्दिन“ म, भलै पाठक र लेखकबीचको वाञ्छनीय संयोजन नै ‘टेक्स्ट’ हुनुकोे अस्ितत्व भने जरुर हो ।

एउटा टापु, चारैतिर पानीको नखुम्चिने फराकिलो आयतन अनि बस्तीविहीन परदिृश्य । झन्डै अत्यासलाग्दो परविेश । आफ्ना पाइलाहरूलाई अगाडि बढाइरहेको थिए“ निरन्तर । यद्यपि, गन्तव्य भने अनिश्चित नै थियो प्रायः । उद्देश्य थियो त, सिर्फ’पात्र’को खोजी ।

परदिृश्य- १ ः टापुको बीच भागतिर केही स-साना छाप्राहरूजस्ता लाग्ने घरहरू थिए । त्यसको अलिकति पर एउटी युवती डेनियल डिफोको ‘रबिन्सन क्रुसो’माथि आ“खाहरू दौडाउ“दै थिई । जताततै पानीको सतह, त्यसको बीचमा एउटा चट्टाने जमिनको टुक्रा । त्यही थलोमा एउटी पुस्तकप्रेमी युवती । एउटा लेखकका निमित्त यसभन्दा मीठो संयोजन के नै हुन सक्ला र † परैबाट नियाली रहे“ केहीबेर उसलाई । टीएस इलियटको ‘वेस्ट-ल्यान्ड’को सम्झना पनि आयो अलिकति मस्ितष्कमा । म ऊनजिक पुगे“ । किताबका पनाहरूबाट आ“खा उर्ठाई उसले । केही कुराकानीहरू पनि भए हामीबीच । त्यसपछि नजिकैको सानो बस्तीमा लगी उसले मलाई ।
उसलाई देख्नसाथ किन किन वषौर्ंदेखिको परििचतजस्तै लाग्यो । उसको सौर्न्दर्यलाई यतिबेला यहा“ चित्रण गर्न भने सक्तिन“ । हर्ुकंदो उमेरकी एउटी ठिटी, जसको आन्तरकि तथा आवरणीय सौर्न्दर्यउपर जो कोहीलाई पनिर् इष्र्या लाग्नु स्वाभाविक थियो ।
आफूले थालनी गरेको नया“ शैलीको प्रसङ्ग उठाए“ । कुराकानीले गहिरो रूप लियो, प्रयोग र शैलीहरूका विषयस“गै । उसले भनी, “रुसी रूपात्मकतावादी विचारकहरू याकोब्सन तथा सक्लोक्स्कीले भनेका छन् कि शैलीगत विशिष्टताले पाठकलाई नया“ ढङ्गबाट यस जगत्लाई हर्ेन प्रेरति गर्दछ …।”

“साहित्यमा प्रयोग भनेको अग्रभूमीकरण हो, जसको तार्त्पर्य रुढ साहित्यिक प्रचलनलाई तोडेर नया“ प्रचलनको थालनी गर्नु हो,” मैले भने“ ।

“समयको अन्तरालपछि साहित्य र कलाका प्रचलित मान्यता र शैलीहरू पुराना हु“दै जान्छन् र ती शैलीहरूले यन्त्रवत् भएका हाम्रा दृष्टिहरूको नवीकरण गर्न सक्तैनन् अनि आवश्यक हुन्छ नया“ प्रयोगको,” उसले भनी, “त्यसपछि नया“ शैलीहरूको थालनीस“गस“गै विषयवस्तुको खोजी दोहोरन्िछ । उत्तरआधुनिकतावादी प्रयोग आउनुभन्दा अगाडि धेरै प्रयोगहरू आउटडेटेड भएका थिए- क्युविज्म, फाउविज्म् हु“दै एब्स्ट्राक्टिज्म् तथा सररयिालिज्म् अनि मात्र सन् ‘६० को दशकमा उत्तरआधुनिकतावादी प्रयोगहरू अघि सरेका हुन् । त्यसैले, आज तपाईंले जे गर्दै हुनुहुन्छ, त्यो पनि यसै शृङ्खलाको अर्को एउटा इतर खुड्किलो हो ।”

-प्रिय पाठक त्यसपछि आमी छुट्टन्िछौ“ अर्को दिन भेट्ने वाचासहित ।
परदिृृश्य- २ ः फर्नान्डेज टापु । झन्डै एउटा चिहानजस्तै शून्यप्रायः । सागरमा आउनेजाने पानीका उत्ताल लहरहरूमा हराएझै“ लाग्ने उक्त टापुको एउटा ठिटो चुरोट उडाउ“दै थियो अनि अचम्मको एउटा पक्ष उसको हातमा जस्िटन गार्डरको ‘सोफिज वर्ल्ड’ थियो । उक्त पुस्तकप्रति गहिरो अभिरुचि देखिन्थ्यो उसको । त्यस रात उसले त्यही“ बस्नका लागि आग्रह गर्‍यो मलाई । उसको एक सहयोगी पनि रहेछ । त्यसपछि स्याउको वाइन ल्यायो र र्सार्क माछा प्याजको तेलमा तार्न लगायो । वाइनका चुस्कीहरूमा झुम्न थाल्यौ“ हामी त्यसपछि । उसिनेको आलु र माछाको सुपमा खुब रमाए“ म त्यस रात ।

-प्रिय पाठक, भोलिपल्ट छुट्ने बेला थाहा भयो डेनियल डिफोको पात्र ‘रविन्सन क्रुसो’ रहेछ ऊ । अतिकति अचम्म पनि लाग्यो ।
पात्रसग लेखकको भेट हुनु वास्तवमै एउटा चुनौतीपर्ूण्ा संयोग थियो, रोला“ बार्थको ‘दी डेथ अफ दी अथरसग ।

त्यसपछि हतारहतार उक्त ठिटीलाई भेट्न दौडिए“ म । विरोधाभासपर्ूण्ा उसको सौर्न्दर्यउपर पानीले धावा बोलिरहेझै“ लाग्थ्यो । सा“च्चै उसको यौवन पोखिन मात्रै बा“की थियो । म पुगेको चाल पाएपछि हतारहतार टावेलको सप्कोमा आफ्नो कोमल शरीरलाई लुकाई र लजाउ“दै भित्र पसी । बाहिर निस्केपछि पारलिो घाममा ओछ्याइएको गलै“चातर्फबस्न आग्रह गरी अनि कडा कफी बनाउन लगाई । “तिमीले आफ्नो परचिय नदिएसम्म म कफी पनि पिउ“दिन“,” मैले अड्डी कसे“ । अनि, आफ्नो परचिय दि“दै भनी उसले, “म जस्िटन गार्डरकी पात्र सोफी अमुन्डसेन हु“ । अल्बर्र्टो नक्सस“ग र्सार्त्र र सोरेन किर्केगार्डका दर्ुइ भिन्न अस्ितत्वको सवालमा विवाद भएपछि जोयनास“ग अस्ितत्वको नया“ परभिाषा खोज्नका निमित्त निस्िकए“ । तर अफसोच, हामी चढेको डुङ्गा चट्टानमा ठोक्किन पुग्यो । त्यसपछि जोयनाको अस्ितत्व शून्यमा बिलायो । मलाई भने कसैले उद्धार गरेछ अनि यही बस्तीमा अनुबन्धित भएर बसिरहेकी छु म…।”

‘सोफी’ नाम सुन्नेबित्तिकै अर्को एउटा झट्का महसुस भयो ममा । सोफीले पढ्दै गरेको डेनियल डिफोको ‘रविन्सन क्रुसो’ अनि रविन्सन क्रुसोले पढ्दै गरेको जस्िटन गार्डरको ‘सोफिज वर्ल्ड’को सदृश्य खाका कोरयिो मेरो मस्ितष्कमा । सा“च्चै, एउटा अकल्पनीय मोडको सिर्जना भइसकेको थियो त्यहा“ । त्यसपछि आफूस“गै मलाई पनि यात्रामा समाहित हुन आग्रह गरी उसले । उसको प्रस्तावलाई स्वीकार“े मैले यद्यपि उसको तार्त्पर्य भने अलिक भिन्न रहेछ- मलाई ‘रोला“ बार्थ’स“ग भेट गराउनु । उसले भनी, “तपाईंं एक लेखक जो आफ्नो युगलाई डोर्‍याउने हैसियत राख्नुहुन्छ अनि अर्कोतर्फलेखकको अस्ितत्वलाई नया“ ढङ्गबाट परभिाषित गर्ने लेखक भएको नाताले पनि उनलाई भेट्नर्ुपर्छ तपाईंले । भेट गराउने जिम्मा भने मेरो भयो…।” हामी बाटो लाग्यौ“ त्यसपछि, टापुको किनारैकिनार । एउटा पहाडको फेदीमा पुग्यौ“ हामी, जहा“ एउटा युवक ठूलो ढुङ्गो हुइ“क्याएर फेदीबाट टुप्पोसम्म पुर्‍याउनुमा तल्लिन देखिन्थ्यो । अलि पर पुगेपछि उसले भनी, “त्यो अर्ल्वर्ट कामुको पात्र सिसिफस हो …।”

मेरो मस्ितष्कमा मिथिकल ऊर्जा सञ्चारति भयो । युगको अर्को एउटा खाका रेखाङ्कित भयो मानसमा । यद्यपि, दूरीलाई घटाइरहेका थियौ“ हामी । हि“ड्दै जा“दा एउटा बस्तीको बीच भागबाट गुज्रिन्छौ“ हामी । अलि परबाट, झन्डै अधबै“सेजस्तो लाग्ने अन्धो मान्छेलाई डोर्‍याइरहेकी थिई एउटी केटीले । केही पर पुगेपछि सोफीले भनी, “थाहा छ, यो अन्धो मान्छे इडिपस हो…।”
“को इडिपस, सोफोक्लिजको पात्र -”
“हो, अनि त्यो केटी उसकी छोरी हो ।”
“…!”
त्यहा“ नजिकै एउटा गुम्बा पनि थियो, हामी छिर्‍यौ“ । भित्र एउटा भिक्षु ध्यान गररिहेको थियो । त्यति ठूलो बिहारमा एउटा भिक्षुसिवाय कोही देखि“दैनथ्यो त्यहा“ । त्यस ठाउ“का बारे केही जानकारी हासिल गर्ने अभ्रि्रायले उसको ध्यानास्त नहुञ्जेल पर्खिरह्यौ“ हामी । त्यो भिक्षु ढोकामा देखापर्‍यो केहीबेरमै । त्यसपछि एकाएक आत्तिई सोफी र मेरो हात समातेर तान्न थाली । हामीले गुम्बालाई पछाडि पार्‍यौ“ । सम्भवतः हामीलाई देखेन उसले । धेरै पर पुगेपछि उसले भनी, “त्यो भिक्षु अल्बर्र्टो नक्स हो ।”
“…!”
विचारहरूको लहरले मस्ितष्क भारी हु“दै गइरहेको थियो मेरो । युग, प्रयोग र शैलीहरूको बिराट कलेवरभित्र गुम्पिmत भएको थियो मेरो लेखकीय संचेतना । पात्रहरूस“गको एउटा शृङ् खलाबद्ध भोगाइबीच आफूलाई तरल बन्दै गइरहेको आभास भइरहेको थियो त्यस प्रहर । फेर िएउटा अनौठो दृश्य देखियो । सेतै फुलेको एउटा बूढो माझी माछा समाउन तल्लिन देखिन्थ्यो । डुङ्गालाई डोरीले बा“धेको थियो किनारमा । अलिकति पर एउटा केटो बालुवामा खेल्दै थियो । उसलाई अलमल्याउन चाहेनौ“ र सरासर बाटो लाग्यौ“ । केही पर पुगेपछि सोफीले भनी, “त्यो बूढो अनर्ेर्ेेट हेमिङ्ग्वेको बूढो माझी स्यान्टियागो हो, जसले यही परविेश, माछा र पानीका छालहरूस“ग प्याराडक्सिकल प्रेम गरेको छ ।”

“…!”

त्यसपछि बेरेट टापु -जहा“ बार्थलाई भेट्न जा“दै थियौ“ हामी)सम्म पुग्नका लागि डुङ्गा चढ् नुपर्ने भयो हामीलाई । डुङ्गा चढ्ने क्रममा स्थान अभावका कारण भिन्नाभिन्नै डुङ्गामा पर्‍यौ“ हामी पल्लो किनारमा पुनः भेट्ने बाचासहित छुट्टयिौ“ हामी । छुट्ने बेला चोरेर उसको आ“खामा हेर“े मैले । अलिकति लजाई अनि हात हल्लाउ“दै अर्को डुङ्गामा चढी ऊ । अचानक, पानीको सतहमा उथलपुथल आयो, हुरीस“गै पानीका ठूलठूला छालहरू ओइरनि थाले हामीउपर । त्यसपछि ऊ चढेको डुङ्गा हाम्रो दृष्टि क्षमताबाट बाहिरयिो । पल्लो किनारमा पुग्दा उक्त डुङ्गाको कुनै अत्तोपत्तो थिएन न त सोफीको नै थियो ।

एक सा“झ हामी तीन लेखकहरू डेनियल डिफो, जस्िटन गार्डर र म समुद्री तटमा बसेर अस्ताउ“दो र्सर्ूय हेररिहेका थियौ निर्निमेष । स“गै ‘रकबेरी’ वाइनको संसाथ पनि थियो पर्याप्त । छेउछाउमा सुपारी र नरबिलका बोटहरू, अलिपर हरयिो घास अनि अर्कोतर्फपानीको सतहमा उत्ताल लहरहरू आउने-जाने क्रमले निरन्तरता पाइरहेको थियो । डिफो भने चुरोटको धूवा“मा हराउनुमै तल्लिन देखिन्थे । सम्भवतः हामीबीच पात्रजन्य प्रयोगकै विषयमा चर्चा भइरहेको थियो । अचानक, ज्याक डेरडिाजस्तै देखिने एउटा बूढो आयो र आफूलाई एक हुलाकी भनी परचिय गरायो । अलमलमा पर्‍यौ“ हामी केहीबेर, कारण हामी त्यहा“ भएको यस युगका कसैलाई पनि थाहा थिएन । उसले अगाडि भन्यो, “लेखकद्वय डेनियल डिफो र जस्िटन गार्डरका नाममा उहा“हरूका दर्ुइ पात्रले संयुक्त रूपमा लेखेको चिट्ठी बोकेर आएको छु ।” अनि, एउटा खामबन्दी चिट्ठी निकाल्यो झोलाबाट । फर्नान्डेज टापुबाट आएको रहेछ । मैले बाहिरपट्टकिो देब्रे कुनामा लेखिएका अक्षरहरू पढे“, स“गै सोफी र क्रुसोको नाम पनि लेखिएको थियो…। सोफी जीवितै रहेकामा खुसी लाग्यो मनमा । त्यो बूढो हुलाकी बिदा भयो त्यसपछि । केहीबेर मुखामुखको क्रम चल्यो हामीबीच । एकातर्फडेरडिाको आकृति अनि अर्कोतर्फ-मृत पात्रको चिट्ठी…। चिट्ठीलाई वाचन गर्न लगाए उनीहरूले मलाई । उक्त चिट्ठीको स्वरूप यस्तो थियो ः
“प्रिय लेखकद्वय डिफो/गार्डर
हामीलाई संसार र यस युगमाथि नै विजय प्राप्त गरेजस्तै भएको छ आज । तपाईंहरूको युगमा लेखक र पात्रको जहिले पनि बेमेल भई नै रह्यो तर आज रोला“ बार्थको उत्तरसंरचनावादी सोचलाई पछाडि धकेलिदिएको छ । चरम विनिर्माणवादले । हजुरलाई जानकारी गराउ“m, यसै मान्यताको धरातलमा उभिएर पात्र र लेखकको भेट भएको छ आज । तपाईंहरूको युग होइन यो । प्रकारान्तरले, लेखनको अन्त्यस“गै लेखकको मृत्यु हुने परम्परावादी शैलीलाई भत्काइदिने यस अल्ट्रा-डिकन्स्ट्रक्सनका प्रणेतालाई यसको श्रेय जान्छ । यो, त्यो समय हो, जहा“ लेखकले आफ्नो लेखनको अन्त्यस“गै मृत्यु मर्नुपर्ने छैन ।

लेखकद्वय, हजुरहरूका दर्ुइ पात्र हामीबीच पनि गहिरो मिलन भएको छ झन्डै टेलिप्याथिक मिलन हो यो । पुस्तकहरू पढ्ने क्रममा पात्रहरूको इमेज कोथ्र्यौं मस्ितष्कको पर्दामा । यसरी बिनादेखभेट नै हाम्रो प्रेम बस्यो । त्यसको केही समयपछि हाम्रो भेट भयो । अनि, स“गै रमाइरहेका छौ“ हामी फर्नान्डेज टापुमा । हामीहरू दुवैले, ती नया“ शैलीका प्रणेतालाई भेटेका थियौ“ तर उहा“ यात्राका क्रममा हराउनुभयो । उहा“लाई खोज्ने जिम्मा हजुरहरूको पोल्टामा थमाउ“दै एकपटक यसै टापुमा भेट्ने अपेक्षासहित ओझेलिन चाहन्छौ“ यतिबेला ।

बिदा हजुरहरूका पात्रद्वय सोफी अनि क्रुसो । ”

-प्रिय पाठक, आफ्ना मूल लेखकहरूलाई भेट्ने तिर्खा ती दर्ुइ पात्रले मेटे या मेटेनन्, त्यो जान्दिन“ म । यद्यपि, आफ्नो युगका अन्तिम पात्र भएका छन् उनीहरू, जो आफ्ना लेखकहरूलाई भेट्न सक्छन् प्रयासबिना नै । बाटो खुला भएको छ- उनीहरूका निमित्त । अब रोला“ बार्थले भनेझै“ लेखकको मृत्यु हुने छैन, लेखन -टेक्स्ट)को अन्त्यस“गै । एउटा त्यस्तो युगको थालनी भएको छ, जहा“ लेखक र पात्र दुवैको अस्ितत्व रहिरहनेछ, युगान्तसम्म ।

नेपाल साप्ताहिक
अंक ३०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *