Skip to content

मगर भाषा साहित्यको वर्तमान अवस्था

  • by


विषय प्रवेश

हरेक समुदायको पहिचानको प्रमुख माध्यम भाषा हो भन्ने कुरामा कसैको विमती हुन सक्दैन । मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगर खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन् । कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन् । तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ । म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन् । स्मरणरहोसर म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन् । ‘म्हृयाक’ बिर्सनु र ‘डी’ भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ । र मीराङ डीको अर्थ ‘मीराङ’ भनेको मूल्य र ‘डी’ भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान्थियो होला । त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) विर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आफरनो भाषामा नामाकरण गरे पनि पछि शासकीय दमनका कारण भाषा बोल्न बन्देज लगाइयो ।

माओवादी जनयुद्ध चरमउत्कर्षमा पुगेका बेला रुकुम-रोल्पालगायतका मगरलाई टेलिफोन गर्दा मगरखाममा कुरा गर्न तात्कालीन सरकारले प्रतिबन्ध लगाइएका घटनाले स्पष्टै हुन्छ की त्यसबेलाको राजा र उसका भरौटेहरूद्वारा मगर जातिमाथि अन्याय भयो । त्यसबाट उत्पन्न हुनसक्ने विद्रोहको सङरगठित माध्यम भाषा हो- भन्ने ठानेर मगर जातिको भाषा र जातीय पहिचान नै समाप्त पार्नकै लागि मगर भाषा बोल्न प्रतिबन्ध लगाइयो ।

यति हुँदाहुँदै पनि मगर जातिले आफरनो भाषा बचाई राख्न सक्नुलाई भने गौरव गर्नै पर्छ । भाषा जीवन र जगत सञ्चालन गर्ने मुटु हो । जसरी भाषाकै माध्यमबाट हरेक मानिसले आफरनो भावना, विचार आदान प्रदान गर्न सक्दछ । भाषा मानवीय संवेदना पनि हो । संसारमा झण्डै ६,००० भाषा जन्म्यो । कति भाषिक साम्राज्यवादीका कारण कति भाषा मर्‍यो । कति मरणासन्न अवस्थामा पुगेका छन् । जनगणना २०५८ को तथ्याङ्कअुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि ‘एथ्नोलग-२००५’ ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ । जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ ।

कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ । कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो । मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ । विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ ।

मगर भाषा साहित्यको प्रारम्भ काल   २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरद्वारा ‘मगर भाषाङ लहीङ र टुक्काउ किताब’ ‘मगर कुराङ पि्रय टुक्का ल्हिङ’ प्रकाशित भयो । त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगरको ‘मगर कुरा कुटजाटम ङाक्के’ नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगरको सम्पादनमा ‘सेहेचलामाङ हवाइङ’ प्रकाशित भयो । मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रहृयो । मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ । अथार मगरात क्षेत्रमा खाम्पाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन । यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो ।

आधुनिक काल
२०३९ सालबाट सुस्ताएको मगर भाषा साहित्यले २०४९ साल पछि पुनः अगाडि बढेको देखिन्छ । खासगरी लोकबहादुर थापामगरद्वारा मगरभाषा लेखेर आम मगर समुदायलाई जागरण ल्याउन  हिँडेका थिए । यही कारण राज्यको चरम दमन सहन नसकेर बेपत्ता भएका मगर भाषा साहित्यका आदिकवि जितबहादुर सिजाली मगरको जीवनी प्रकाशनमा आएपछि भने मगर भाषामा लेख्ने साहित्यकारहरूमा एक किसिमको उत्साह छायो । बैरागी नाता मगरको ‘छीनीकूङ पु्रङ’ कवितासङरग्रह २०४८ र ‘मोइओ मीराप’ खण्डकाव्य यो नै मगर भाषा साहित्यमा लेखिएको प्रथम खण्डकाव्य हो । यहीँबाट मगर भाषा साहित्यको आधुनिक काल सुरु हुन्छ । २०४८ सालभन्दा पहिले मगर भाषा साहित्यमा कविता मात्रै लेखिएको पाइयो ।

(१) गद्य कविता

२०४८ सालमै झुस्या मगरको ‘रङ्सीचकूङ लरहीङ’ प्रकाशन भयो । त्यसै वर्ष शिवलाल थापामगरको ‘ग्याहोट लख छान्नी’ प्रकाशन भयो । २०४७ सालदेखि नै रोल्पाका बमकुमारी बुढामगरको सम्पादनमा ‘कोन्जा मोरुम’ साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको छ जसमा विभिन्न मगर भाषामा फुटकर कविता प्रकाशन हुँदै आएका छन् ।

  मगर भाषामा कवितासङ्ग्रह लेखेर प्रकाशन गर्ने अन्य कविहरूमा बैरागी नाता मगर (तनहुँ) ‘छीनीकूङ पूरररुङ’ (आजको कोपिला) २०४८, मोईओ मीराप (आमाको रोदन- २०४९), लीस -देश-२०६१, खड्क आलेमगर सेन टाहाके ? (कहिले पुग्ने), रुद्र हितान मगर (कास्की) ‘लाङ्घाके आररमेट्नाङ’ (गाउँलाई सम्झँदा-२०५०) स्व. रेखबहादुर थापामगर (नवलपरासी) ‘फन्च ठलरके’ (जन्मभूमिको-२०५१) सन्तोष बुढामगर ‘मोई’ (आमा-२०५३) सन्जोग लाफामगर (उदयपुर) ‘जीव-सीम’ (बाँचेर मर्नु-२०५५) रुद्र सन्देशमगर (स्याङ्जा) ‘बीकोलेसा’ (दुख्दो रहेछ-२०६५) झुस्यामगर (स्याङरजा) बुढा ईम (बुढो घर-२०५७)  उजीर रानामगरको ‘माम्याक्नी’ (नबिर्स-२०५८) र ए डाजे डईको (ए दाजु दिदीहरू-२०६४) उमेश थापा हीस्की ‘लाटो’ मगर (रूपन्देही) ‘उमेसओ सीरजनाको’ (उमेशको सिर्जनाहरू-२०६१) जीतबहादुर सिन्जाली मगर (स्याङ्जा) ‘लरहेसरम राहानाङ’ (फर्किएर आउँदा), मीन थापामगर (तनहुँ) ‘जीहरच ङऊ लीस’ (तड्पिएको मेरो देश-२०६३) पूर्ण थापामगर ‘ङा मगर’ म मगर २०६४ (तनहूँ),  मेकबहादुर पुनमगर रूपन्देही ‘भड्कोड्चको’ (बाँच्न चाहनेहरू-२०६४) कवियत्री मनु ठाडामगर (धनकुटा) ‘काटलीसार’ (एउटा कोपिला-२०६४), सहीडकूङ मानाम (सहिदको सपना-२०६५), बेग आलेमगर नाम्खान (धनकुटा) ‘मीकडीयाङ फोररझोच रीकरमा’ (आँसुमा उफ्रिएको कलम-२०६४) नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति ललितपुरले २०५३ सालदेखि आफ्नो वाषिर्क उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रथम जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिताका सहभागी कविताहरूको सङ्ग्रह (२०६४) प्रकाशित गरेको छ ।

  मगर भाषामा कविताहरूको सँगालो वैरागी नाता मगरको संयोजनमा मगर भाषाका आदिकवि स्व. रेख ब. थापामगरको स्मृतिमा ‘मगर रीलरहीङ गोमक’ मगर भाषा कविताहरूको सँगालो (२०६३) प्रकाशित छ । जीतबहादुर सिन्जालीमगर साहित्य प्रतिष्ठानद्वारा आयोजित सञ्जोग लाफामगरको संयोजनमा प्रथम राष्ट्रव्यापी मगर भाषा कविता प्रतियोगितामा सहभागी कविताहरूलाई सङ्गृहीत गरी पाहुर (कोसेली-२०६३) प्रकाशित गरिएको छ । खामपाङ मगर भाषामा रोल्पाका जीवन रोक्कामगर र तारा माझिलीको संयुक्त कविता सङ्ग्रह गिन्मी (ङाता कोस्याली २०६२) सङ्ग्रहको रूपमा प्रकाशित छ भने काईके मगर भाषामा कविता सङरग्रह प्रकाशित भएको छैन । त्यसका अलावा २०५५ सालमा रोल्पाका बमकुमारी बुढामगरद्वारा लिखित खस नेपाली भाषामा प्रकाशित कविता सङरग्रह जीतहारमा ३ वटा मगर खामपाङमा प्रकाशित छ । रूपन्देहीका मेजन पुनमगरको भटकोसरचको कवितासङ्ग्रहमा गरिएको मगर खामपाङले मगर खामपाङमा लेख्न हौस्याएको छ ।

  खामपाङमा रोल्पाको नवीन रोकामगरद्वारा लिखित वकी (मगर जातिको ऐतिहासिक भूमि) कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ । मगरहरूको समारोहमा फाट्टफुट्टरूपमा डोल्पाकी टीना रोकामगरले काईकेमा कविता वाचन गरेर काईकेको प्रतितिधित्व जनाएवाहेक खासै कविताहरू लेखिएको छैन ।

मगर खामपाङ र मगर काईकेभन्दा मगर ढुटमा साहित्यक लेखन सङ्ख्यात्मक रूपमा अगाडि देखिए पनि मगर जातिको सङ्ख्याको दृष्टिकोणले मगर भाषा साहित्यको अवस्था नाजुक नै रहेको छ ।

विगतको तुलनामा मगर भाषा साहित्यमा मगर ढुटमा लेख्ने मगर भाषी साहित्यकारको उपस्थिति उत्साहजनक देखिए पनि मगर काईके र मगर खामपाङ भाषा साहित्यलाई कसरी सँगै डोर्‍याउन सकिन्छ गम्भीर चिन्ताको विषय बनेको छ ।

(२) भाषामा बालकविता ः
मगर भाषामा बालबालिकाको निमित्त भनेर बालकवितासङ्ग्रह लेखेर प्रकाशित गरिएको छैन । वैरागी नाता मगरले ‘लीस’ मगर भाषाको कविता सङ्ग्रहमा तीनवटा बच्चालाई गीत गाउँदै भुलाउने बालगीतलाई समावेश गरेको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा मगर भाषाको पाठरयपुस्तक कानङ मगर ढटमा अनुवाद गरिएका र केही बालकविता समावेश गरिएको छ । बालबालिकाको लागि नै फुटकर रूपमा कविता लेख्ने कविहरूमा हेमबहादुर थापामगर (रामेछाप), राजु दर्लामीमगर (रामेछाप), राकेश दर्लामीमगर (रामेछाप) रहेका छन् ।

(३) खण्डकाव्य कविता
मगर भाषामा लिखित खण्डकाव्य सङ्ग्रह हालसम्म वैरागी नाता मगरद्वारा लिखित ‘मैयो मीराप’ (आमाको रोदन-२०४९) मात्र रहेको छ । शीर्षक मगर भाषा राखेर नेपालीमा शोषित मगर परिवारको कथावस्तुलाई आधार मानी लेखिएको ‘बोई’ (बाऊ) प्रगतिवादी कवि रामचन्द्र भट्टराईले लेखेका छन् । मगर भाषाका केही शब्दलाई मात्र प्रयोग गरिएको छ । अथार मगरात क्षेत्रका खाम मगर र काइके मगर भाषामा खण्डकाव्य लेखिएको छैन ।

(४) भाषाका श्रव्य गीत
वैरागी नाता मगरको संयोजनमा ‘मगर ढटो ल्हीङ्’ (मगर भाषाको गीत) नै पहिलो गीतिसङ्ग्रह भएको मानिन्छ । मगर भाषाको श्रव्य गीतितर्फ छविलाल चिडीमगर र टेकचन्द्र गाहामगरको सङ्कलनमा ‘सेनिस है लाफाको’ (सुन्नुस् है साथीहरू) गीतिसङ्ग्रह पहिलो मानिन्छ । मगर भाषाको पहिलो चलचित्र ‘लङ्घन’ (प्रयास)को गीतहरू गीतकार सञ्जोग लाफामगरको संयोजनमा गीतकार लीला पुलामीमगर र गौमाया थापामगरको गीतलाई रेकर्डिङ गरी ‘लङ्घन’ गीति सङ्ग्रहको रूपमा प्रकाशित गरिएको छ । गीतकार सञ्जोग लाफामगरको गीति अडियो एल्बम र सीडीसहितको ‘रोहसार’ (प्रेमफूल­), बुद्ध भगवान्को स्तृतिमा आधारित मनु थापामगरको संयोजनमा ‘बुद्धऔँ चरणाङ’ (बुद्धको चरणमा) शीला आलेमगर र बलिसरा थापामगरको संयुक्त रूपमा जुहारी गीतसहितको ‘जोडी भालेसा’ (जोडी छटेछ) र दुर्गा रायमाझीको संयोजनमा ‘भर्महरवाच ग्वाजा’ (उडिरहने चरी) गीति एल्बम रहेको छ । पछिल्लो मगर भाषाको गीति एल्बमको रूपमा देखा परेको गीतकार गणेश ठाडामगरको ‘लाङघौ रोह'(गाउँको माया २०६२) अडियो एल्बम र सीडीसहित प्रकाशित रहेको छ ।

 मगर भाषामा गीत लेखी रेकर्डिङ गरी समाजिक, सांस्कृतिक, जातीय चेतनासहित व्यावसायिक रूपमा उन्मुख हुन थाल्नुले गीत-सङ्गीतप्रति मगरहरूको गाढा सम्बन्ध रहेको आभास पाइन्छ । मगर खाम-पाङ भाषामा केही गीत रेडियो नेपालमा रेकर्ड गरिएको छ भने मगर काइके भाषमा गीत रेकर्डिङ गरिएको छैन । खाम-पाङ र काईके मगर भाषामा गीति एल्बम प्रकाशन भएको छेैन । सङरगीतकार भीम रानामगरको गीति एल्बम लाङघौ झामर्‍या(२०६५) बजारमा आएको छ, उजीर रानामगरको मगरढूटमा गीति एल्बम आउँदैछ ।

(५) गजल
मगर भाषामा मेकबहादुर रानामगरको बीकरच गीन् (दुखेको मन-२०६४) पहिलो गजल सङ्ग्रह हो । नवलपरासीका जनक माकिम मगरको गालाम फोईङ गजल सङरग्रह २०६५ प्रकाशित छ । दिनमान गूर्मछान मगर दिगुद्वारा लिखित मगर भाषा ‘मगर भाषा गजल सङ्ग्रह’ प्रकाशोन्मुख छ । आशीष सूर्यवंशी मगर निर्दोष (नवलपरासी), रोहितकुमार रानामगर (रूपन्देही) गजलकार भएर पत्रपत्रिकामा देखा परेका छन् ।

(६)भाषामा हाइकु
उजीर रानारले फुटकर रूपमा २०६२ सालमा मगर भाषाका हाइकु प्रकाशन गरेका छन् । तनहुका मीन थापामगरले मगर १०१ वटा हाइकु (२०६४) मा प्रकाशन गरेका छन् । यो नै मगर भाषाको पहिलो हाइकु सङ्ग्रह हो । यसबाहेक मगर भाषामा हाइकु लेखिएको पाइएको छैन ।

(७) भाषामा मुक्तक
मगर भाषामा मुक्तक सङ्ग्रहको रूपमा प्रकाशित भएको देखिँदैन । रुद्रबहादुर हितानमगरद्वारा लिखित ‘लाङघाके आरमेट्नाङ-२०५०’ कविता सङरग्रहभित्र केही मुक्तकहरू रहेका छन् । उनकै मुक्तकहरू पत्रपत्रिकामा छापेर मगर भाषाको मुक्तकले मुक्तकको प्रतिनिधित्व गरिरहेका छन् । फुटकर रूपमा टिकाटोली थापामगर (उदयपुर) गणेश ठाडामगर (धनकुटा) का मुक्तक प्रकाशित छन् । गीतकार शिवशङ्कर थापामगरको ‘पाइतालाका डोबहरू’ (मीहीलऊ मीठापको-२०६३) मुक्तक सङरग्रह मगर भाषामा अनुवादसहित प्रकाशित भएको छ । जनक माकीम मगरको गालाम फोईङ मुत्तक प्रकाशोन्मुख छ ।

(८) भाषाका कथा
मगर भाषामा लेखिएको टेकबहादुर सारुमगरद्वारा लिखित बडहरे साहिंली (बडहरे साईली-२०५०) मगर भाषाको कथासङ्ग्रहको रूपमा पहिलो रहेको छ । वैरागी नातामगरको सम्पादनमा नेपाल मगर सङरघ जिल्ला कार्यसमिति तनहुद्वारा प्रकाशित मगर कथा सङरग्रह मगर ढुटओ आहान गोहोमोक, -मगर भाषाको कथा सङरगालो(२०६४) र विष्णुकुमार सिञ्जालीमगरको ‘ल्हुङ’ (ढङरगा-०६४), वैरागी नातामगरद्वारा लिखित फेरफेन ङ नमखान (पूर्व र घाम-२०६४) उजीर रानामगरको मोई झाओ रोहाङर (जन्मभूमिको मायामा-२०६४) शिवलाल थापामगरको ‘लप्च रोह’ (गहिरो दह २०६५) गरी ६ वटा कथासङ्ग्रह प्राकाशित भएका छन् । सञ्जोग लाफामगरको ‘फोक्सिङर वाटरनाङ’ (सालको रुख फुल्दा)

कथासङ्ग्रह प्रकाशोन्मुख छ । खाम-पाङ भाषामा फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । खाम-पाङ र काईके मगर भाषामा कथासङ्ग्रह प्रकाशित भएको छैन ।

(९)  लोककथा

मगर दन्त्यकथा मगर भाषा मध्य रणप्रसाद घर्तीमगरद्वारा लिखित खाम-पाङ मगर भाषामा खाम मगर दन्त्य कथा (२०६२) रहेको छ । अन्य मगर ढुट र काईके मगर भाषामा प्रकाशन भएको छैन ।

(१०) भाषामा लघुकथा

मगर भाषामा लेखिएको छोटा कथा, लघुकथासङरग्रह प्रकाशित भएको देखिँदैन । फुटकर रूपमा अमृता थापामगर, शेर रानामगर (स्याङरजा) टिकाटोली (उदयपुर)का लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

(११) उपन्यास (नामररीही)

मगर भाषाको उपन्यास सञ्जोग लाफामगर ‘रेवसर’ (चलन, २०५१), ‘माहाञ्जौ लमरा’ (स्वास्नीको चिहान, २०५६), झुस्या मगर जजा वखत (वाल्यावस्था, २०५२), आखीरीआङ भगूमान मालेलेसा (आखिरीमा भगमान रहेनछ, २०६५), फूलकुमारी थापामगरको ‘यीटन लेसा मास्टोकङ कथा र व्याथा’ (यस्तै रहेछ महिलाहरूको कथा-व्यथा, २०५७), वैरागी नातामगरको उपन्यास रोरा नीराओ काट जूग (रोरा नीराको एक यग, २०६६), विप्लव मगरको लीसोवारी, २०६६ गरी ७ वटा उपन्यास प्रकाशित छन् । खाम-पाङ मगर भाषामा नवीन रोकामगरले उपन्यास प्रकाशनको सङ्घारमा रहेको छ । मगर काइके भाषामा उपन्यास अहिलेसम्म लेखिएको छैन ।

(१२) नाटक
मगर भाषामा नाटक विधामा कसैले कलम चलाएको देखिँदैन । युवराज मास्की रानामगरद्वारा अङ्ग्रेजीमा लिखित मगर नाटकलाई कृष्णबहादुर पुलामीमगरले मगर ढुट भाषामा अनुवाद गरिएको ‘मोई’ (आमा-२०५०) नाटक र मोदनाथ प्रश्रतिद्वारा लिखित प्रगतिशील नाटक ‘पचास रुपियाँको तमसुक’लाई लोकबहादुर थापामगरले अनुवाद गरी प्रकाशित गरेको ‘पीराङ् रूप्यौ लूरीक’ (२०५०) अनुवादित नाटकहरू नै मगर भाषा नाटकको रूपमा प्रतिनिधित्व गरिरहेको छ । खाम-पाङ मगर र काईके मगर भाषामा नाटक अहिलेसम्म लेख्न सकेको छैन ।

(१३) एकाङ्की नाटक
एकाङ्की नाटककारहरूमा वैरागी नातामगर (तनहुँ), लोकबहादुर थापामगर (स्याङ्जा) रहेका छन् । खाम-पाङ र काईके मगर भाषामा नाटक कृतिको रूपमा प्रकाशित भएको छैन ।

(१४)  भाषा निवन्ध
मगर भाषामा शिवलाल थाापा गुरुछानको मीरीक ‘निबन्धसङ्ग्रह, २०६६’ प्रकाशित भएको छ । अन्य मगर निवन्धकारहरूले कलम चलाउने प्रयास गरेको देखिन्छ । लोकबहादुर थापामगर (स्याङरजा), यमबहादुर आलेमगर (तनहुँ)ले निवन्धको महìवमाथि कलम चलाएको छ । त्यसैगरी खीम थापामगर (स्याङरजा), धनसिं रानामगर (बाँके), पदरमबहादुर चितौरे रानामगर (तनहुँ), पूर्णबहादुर डिसुवामगर (नवलपरासी, प्रेमबहादुर थापा तारुङमगर (तनहुँ), सोम रानामगर (धनकुटा) ले फुटकर रूपमा निवन्ध लेखेका छन् । खाम-पाङ मगर र काईके मगर भाषामा निवन्ध सङ्ग्रह र निवन्धहरू लेखिएको छैन ।

१५)  चिनारी/जीवनी
मगर भाषामा मगर व्यक्तिहरूको जीवनीलाई आधार मानेर चिनारी लेख्ने कामको सुरुवात गरिए पनि निरन्तरता हुन सकेको छैन । मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरलाई मगर भाषाका आदिकवि भनेर चिनारी गराउने उद्देश्यले लोकबहादुर थापामगरले ‘मगराती ढटाङ जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापामगर’  पुस्तक लेखेका छन् । विमरलीक पत्रिकामा उहाँद्वारा नै लिखित मिझार रील्हीङ्या रेखबहादुर ठापामगर बारे चिनारी लेखेका छन् ।

१६) समालोचना 
समालोचना विधामा कलम चलाउनेमा यामबहादुर थापामगर (स्याङ्जा) रहेको छ । लोकबहादुर  थापामगरद्वारा लिखित ‘रङसीचकुङर ल्हीङर’ कविता सङ्ग्रहको समालोचना हो । समालोचनाका रूपमा उनीमात्र अहिलेसम्म देखिएको छ ।

१७) उखान टुक्का र गाउँखाने कथा
मगर भाषामा पहिलो उखानटुक्का र गाउँखाने कथासङ्ग्रहको रूपमा वैरागी नाता मगरद्वारा लिखित ‘खीस्सा ङेराहान ड पीहिन, २०५५’ रहेको छ । मगर समाजमा उखान टुक्का गाउँखाने कथाहरू प्रशस्त मात्रामा भए पनि लिखित परम्पराको विकास नभएको कारण कतिपय उखान टुक्काहरू लोप भइसकेका छन् भने बुढाबूढीहरूको मुखमा झुन्डिएको टुक्काहरू लोपोन्मुख हुने अवस्थामा रहेको छ ।

१८) चुट्किला
मगर भाषा ‘चुटरकिला’ लेखेको पाइएको छैन । सङ्ग्रहको रूपमा प्रकाशन भएको पनि देखिंदैन । उदयपुरका टिकाटोलीले ‘राहा’ पत्रिकामा लेखेको एकमात्र चुट्किला लेखिएको देखिन्छ ।

१९) लिपिको विकास 
एम.एस. थापामगरद्वारा अनुसन्धान गरी प्रकाशनमा ल्याएको आख्खारिकाको विभिन्न कोणबाट विवाद हुँदैआए पनि नेपाल सरकारद्वारा मुद्रित प्राथमिक तहसम्मको मगर भाषाको पाठ्यपुस्तकमा आख्खारिका प्रकाशन भई अध्यापन गर्न थालिएको छ भने विभिन्न मगरजातीय सङ्घ संस्थाले यस लिपिमा तालिम दिई कतिपय व्यवहारमा समेत ल्याउने जमर्को गरेको पाइएको छ ।

(२०)  साहित्यको तुलना
समग्रमा मगर भाषा साहित्यको तुलना गर्दा मगर ढुटमा केही मात्रामा पुस्तक प्रकाशन भई मगर ढुटको साहित्यमा विकास भएको छ । तर अथार मगर भाषामा एक दुई वटा साहित्यको पुस्तक प्रकाशनपछि खासै प्रकाशन भएको छैन । मगर खाम पाङ्मा रणप्रसाद घर्ती मगर र कर्णबहादुर बुढाको शब्दकोस भने प्रकाश भएको छ । मगर काईकेमा छिटपुट कविता प्रकाशनबाहेक डोल्पाका कर्णबहादुर बुढामगर र लाजे बुढामगरको गोरखापत्रमा प्रकाशन भएको लेखबाहेक खासै साहित्य सिर्जना भएको छैन । उजीर रानामगरले संयोजनमा मगर काईकेको वर्ण पहिचान गोष्ठी गरी (२०६५) मा वर्ण पहिचान भएको पुस्तिका भने प्रकाशन भएको छ ।

सन्दर्भ सामग्री

-विभिन्न समयमा विभिन्न व्यक्तित्त्वहरूद्धारा प्रस्तुत कार्यपत्रहरू
-लोकबहादुर थापा मगरद्धारा लिखित मगर भाषामा क-कसले के-के गरे ?
-ककुरठाकुर-६, सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *