Skip to content

प्रेम यौटा नाटक रै’छ

प्रभातिय किरणमा मुहार रङ्ने लाली पाएँ
छातीभित्र छाल उठ्दा मुस्कुराउने माली पाएँ ।

दुवै शरिर एकै समान प्रेम – सागर भित्र
मायारुपी चुम्बनबाट मुस्कानको ताली पाएँ ।

प्रेमरुपी पीडा-जलन अर्धचेत ह्दयमा
वेदनामै खुसीखोज्दा ह्दय नै खाली पाएँ ।

शिक्षा-दीक्षा माया-मोह उस्कै जिम्मा सुम्पीसकेँ
जिन्दगीलाई स्वच्छ राख्ने स्वार्थीमाया जाली पाएँ ।

जिन्दगीलाई हँसाउन डर-त्रास सबै त्याग्दा
मित्रताको मुस्कान भित्र मातयुक्त डाली पाएँ ।

प्रेम यौटा नाटक रै’छ भावनाका खेल भित्र
त्यही खेलमा रम्दारम्दै पाहुरमा गाली पाएँ ।
– दाङ्मै- २ माझगाउँ मदानपुर नुवाकोट

4 thoughts on “प्रेम यौटा नाटक रै’छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *