Skip to content

“रोट्रयाक डिसट्रिक कनफ्रेनस र रोट्रयाकटरको यात्रा”


यात्रामय जीवनको यात्रा यत्तिकै पनि कौतूहलपूर्ण हुन्छ । किनकि यात्राले मानसिक आनन्द दिन्छ । ज्ञान दिन्छ । यात्राको नितन्तरतामा जीवनमा नयाँ नयाँ स्वादहरू भेटिन्छन् । त्यसैले मान्छेलाई यात्रा प्रिय लाग्छ । अनि बारम्बार यात्रा गर्न हौसिन्छ मान्छे ।यात्रा जति चुनौतिपूर्ण हुन्छ, त्यत्तिकै रोमाञ्चक पनि हुन्छ । यात्रामा पाएका हण्डर, दु:ख र अप्ठ्याराहरू अनि सु:ख, सुविधा र सुन्दरताहरू नै जीवनका एकएक खुट्किलारूपी पाठहरू हुन् भन्ने लाग्छ मलाई । ती अनुभवबाट नै धेरै कुरा सिक्ने र जान्ने अवसर प्राप्त हुन्छ । त्यसैले यात्रारत रहनु जिज्ञासु मानवीय स्वभाव हो । घुमेर र हेरेर धेरै कुरा सिक्न खोज्नु, मनोरञ्जन लिन खोज्नु अनि ती अनुभवहरू अरूलाई साट्न खोज्नु मानवको मौलिक स्वभाव हो ।

हुन त मैले आफ्नो जीवनमा उतिधेरै यात्राका अवसरहरू प्राप्त गरेको छैन । तर यात्राले दिने आनन्दानुभूतिबाट पूर्णरूपमा वञ्चित पनि छैन । फेरि अरूका यात्रामय जिन्दगीहरू पढ्दा र सुन्दा निकै छटपटी र उत्साह लागिरहन्छ यात्रा गर्न । लामो यात्रा गर्न । देश र परदेशको यात्रा गर्न । कत्ति पनि नचिनेको नजानेको ठाउँको यात्रा गर्न । सायद मानवभित्रको यायावरीय स्वभाव ममा पनि छ । तर समय र परिस्थितिले जुराउन नसकेको साइतलाई मेरो मनको कुनै रहरले पनि सजिलै बाटो खुलाउन सक्दैन झैं लागिरहन्छ । त्यसैले आजभोलि घरबाट बाहिर निस्केर जिन्दगीका यस्ता यात्राहरूलाई छाम्ने कोसिस गरिरहेको छु । त्यसैले नेपालका बिभिन्न जिल्लाहरु मेरो जीवनका सहयात्री बनेर आउन थालेका छन् । करीब १ बर्ष अगाडि मात्रै नेपालको पर्यटकीय क्षेत्र गुल्मी घुम्ने मौका पाएको थिएँ । त्यो क्षेत्रमा यात्रारत मेरो जीवन गुल्मीका विभिन्न ठाउँमा रमायो । मेरो त्यो आनन्द तालतिर बरालिंदाले पनि निकै प्रकृति तिर डुबी सकेको थिए म ।

प्रकृतिको त्यो अगात संसारका यात्रीहरूसँगै मेरो यात्रा अगाडि बढ्यो । माध्यम बने विभिन्न ठाउँका प्रकृतिका जीवन्त छहारी र नदीका किनारहरु । ती क्षेत्रहरूमा यात्रागरीसकेपछि मलाई के लागेको थियो भने यात्रीहरूले गरेका वास्तविक क्षेत्रको यात्राभन्दा प्रकृति सग डुबेर गरिएको मेरो वास्तविक यात्रा अझ बढी फलदायी र आनन्दायी छ । किनकि म आफैं ती यात्रामा नगएको भए सायद यति धेरै जानकार हुन सक्दिनँथें किनकि मेरो यात्रामा मेरो व्यक्तित्वको परिधिले म बाँधिएको हुन्थें । आफूभन्दा फरक सोच र अनुभव भएका व्यक्तिहरूका यात्रासंस्मरणले मलाई धेरै जान्ने र बुझ्ने अवसर दिएका छन् । फरक बौद्धिक र मानसिक क्षमता अनि संवेदनशीलता भएका पात्रबाट ग्रहण गरिएका यात्रानुभवले कसलाई फाइदा नभएको होला र ? एउटै भौगोलिक परिवेश र स्थान किन नहोस् प्रत्येक व्यक्तिको नियात्राले फरक फरक कला, शिल्प र ज्ञान दिन्छ भन्ने कुरामा म विश्वस्त छु । त्यसैले ती सौन्दर्यको रसपानले म अझ बढी लाभान्वित भएको छु ।

यसक्रममा केही दिन अगाडि म अर्को रुपेन्देही (बुटवल) को यात्रामा गएको थिय । त्यो नौलो यात्रामा रोट्रयाक क्लब (R.I Dist. 3292) ले बुटवलको हाट बजारमा गर्न लागेको दोस्रो रोट्रयाक डिसट्रिक कनफ्रेनसले आफ्ना शिल्प, अनुभूति र आफ्नो यात्रालाई रङ्गाएर मलाई नियात्राको रोचकतामा औपन्यासिक स्वाद दिन सफल भएको छ । मेरो बुटवल प्रतीको रुची र मन आख्यानात्मक स्वाद लिंदै यात्राको कौतूहल सिंढीहरू लगातार चढिरयो चढिरयो ।

केही दिन अगाडि मेरा रोट्रयाकटर साथीको हातबाट उपहारका रूपमा प्राप्त बुटवल जाने निमन्त्रणा पत्रले मलाई बसमा रमाउदै यति रोमाञ्चक तरिकाले बुटवलको को यात्रामा लैजाला भन्ने कुराको अनुमान मैले गरेको थिएन । अझ यस जिल्लाको सामान्य भूमिकाले त्यति उत्साहित बनाउन नसकेको मेरो मन बुटवलभित्र पस्दा यति रोमाञ्चक रूपमा रूपान्तरित होला भन्ने त धेरै परको कल्पना थियो । एकैपल्ट उपहारका रूपमा पाएका दुई निमिन्त्रणा पत्रमा यसले पहिलो स्थान पाउनु पनि यसको बिशेष परिचय नै हो । तर अकबरी सुनलाई कसी लगाउन पर्दैन भनें झैं जब मेरो मन बुटवलको पहिलो भागतिर विचरण गर्न थाल्यो तब उसले विश्राम नलिने निर्णय गर्यो । बुटवलको बिशेष रोचकताले डुबायको थियो । त्यो रोचकता मलाई मात्रै लागेको हैन मेरा अरु रोट्रयाकटर साथीहरु र रोट्रयाक क्लब अफ काठमाडौं (RAC Kathmandu) का सदस्यले पनि यस जिल्लालाई उत्तिकै रुचिपूर्वक लिएपछी यसमा केही शब्द लेख्ने जमर्को गरेको छु ।

बुटवलको बारेमा लेखीएको पुस्तक पढ्दा र अहिले “रोट्रयाक डिसट्रिक कनफ्रेनस र रोट्रयाकटरको यात्रामा यात्रा गर्दा” लागेको थियो, बुटवल कति प्रकृतिसग जीवन्त होला? अझ यात्रा सुरु गरिकोएको स्थान रुपेन्देही वा रुपेन्देहीको सिमाना जिल्लाहरु नवलपरासी, पाल्पा, अर्घाखाँची, कपिल्बस्तु नभएर काठमाडौं हुनाले पनि मेरो मन एक किसिमले विरक्तिन सक्छ । जुन मलाई भएको थियो । तर मेरो अनुमानलाई मेरो रोमाञ्चक यात्रु मनले लोप्पा ख्वाइदियो । यसपछि मेरो विरक्तिन मनले भन्यो – रुपेन्देहीमा मेरो मन विरक्तिन हुनु अरु जिल्लाबाट बुटवलकै यात्रा सुरु गरेको कारण हुन सक्छ र अरु जिल्ला प्रतीको मेरो सद्भभाव! तर मेरो यात्रा बुटवल प्रतीको इमान्दारिता र सत्यता हो । अनि वास्तविक यात्रामा मेरो मनलाई तान्न सक्नु रोट्रयाकको अनगन्ती सफलता हो ।

काठमाडौं, धदिङ, चितवन, नवलपरासी, रुपेन्देही, कपिल्बस्तु, पाल्पा, स्यङ्जा, कास्की, तनहुँ हुँदै अघी बधेको मेरो यात्रा अन्तिममा काठमाडौं फर्केएर अन्ते भयो । हिंड्दा हिंड्दै म त्यो दस वटा जिल्लाको प्रकृतिमा यसरी बगें, मानौं यात्रामय जिन्दगीको औपन्यासिक कलाले मलाई मोहित बनायो । बिभिन जिल्लाका जिल्लाबासी र घटनाहरूसँग यति तादात्म्य बढ्यो, तिनलाई टुङ्गोमा नपुर्याई छोड्न मन लागेन । फेरि यात्रासकेपछि पनि मनमा एकप्रकारको आनन्दानुभूति भइरह्यो ।

त्यहाँ यात्रु यात्रारत छन्, मलाई बेलाबेलामा दुबिधा भइरह्यो । तर यात्रुसँग यात्रारत मेरो मनले यति धेरै चरित्रको वास्तविक चित्र, यात्रारत भूगोलको प्राकृतिक परिवेश, रहनसहन, वेशभूषा, र संस्कृति एकैपल्ट मेरो मन र अन्तरमनमा चित्रमय कोलाज बनाएर हालिदेला भन्ने न मेरो पूर्वानुमान थियो न कल्पना ।
लेखनको कसीमा खरो उत्रनेहरू सामान्य कुरोलाई पनि सुन्दर र विशिष्ट ढङ्गले उतार्छन् । तर रोट्रयाक डिसट्रिक कनफ्रेनस र प्रकृतिसगको मेरो बास्तबिक यात्रा नीकै सफलतापूर्ण थियो । यस लेखमा मैले यात्रा गरेका बाटो, परिवेश, समाज, बिभिन जिल्लामा भेटिएका जिल्लाबासी पात्र र तिनका मनस्थिति निकै सुन्दर र आकर्षक तरिकाले उतार्ने कोशीस गरेको छु ।

दसवटा जिल्ला सम्म यात्रारत मेरो त्यो यात्रामा प्रत्येक जिल्लाहरू सामान्य लम्बाइका छन् । जनवरी २९ तारिकका दिन अपरान्ह ५ बजे रत्नपार्कबाट सुरु भएको यात्रा कलंकी , थानकोट, धदिङ, चितवन, नवलपरासी, रुपेन्देही, कपिल्बस्तु, पाल्पा, स्यङ्जाबाट, कास्की हुँदै तनहुँ पुगेको थियो । अनि कपिल्बस्तु को लुम्बिनी क्षेत्र, बुटवलको फुलबारी, पाल्पाको बतासे डाडा, स्यङ्जाको वालिङ बजार पोखरा को लेक साइड तथा डेभिज फल्स जस्ता पर्यटकीय क्षेत्रहरू फन्को मारेर आफ्नै भूमिको प्रेममा रमाउन आइपुगेको थिय ।

पहिलो दिन रत्नपार्कबाट सुरु भएको हाम्रो यात्रा स्थलमार्ग कलंकी हुँदै रुपेन्देही जाने क्रममा बुटवलसम्म पुगेको थियो । कलंकीका टिकट बेच्ने मान्छेहरूको गैरजिम्मेवारीपन, उनीहरूको व्यवहारमा देखिएको व्यापारिक मानसिकता, कलंकी देखी बुटवलसम्मको लामो यात्रामा गाडीभित्रको असजिलोपन, यात्राका क्रममा भेटिएका विभिन्न रोट्रयाकटरका चारित्रिक विशेषता, सामाजिक समस्या, शैक्षिक क्षेत्रका विकृति, मुगलिङका होटेलको अवस्था र रात्रिबसमा यात्रा गर्दाको असुरक्षित मानसिकतालाई यस दिनले समेटेको थियो ।

दोस्रो दिनमा यात्रा बुटवलको नै थियो । बिहान करिब ६ बजे बुटवल पुगेका हामीहरु रोट्रयाक क्लब अफ बुटवलले रोट्रयाक डिसट्रिक कनफ्रेनसमा उपस्थित हुने रोट्रयाक जोन V को बसाइको निम्ति तयार पारिएको “द लवली” होटलमा हामी पुग्छौं! केही समय आराम गरेपछि करिब ९ बजे हामी रोट्रयाक जोन V का सबै रोट्रयाकटर साथीहरु रोट्रयाक रर्यालीमा निस्कछौं तर बिडम्बना रर्याली रोट्रयाक जोन V लाई छोडेर हाटबजार तिर अगि बढी सकेको हुन्छ जो आयोजक क्लबको चरम लापरवाही थियो! केही बेर रुष्ट बनेका हामीहरु रोट्रयाक जोन V का जोनल रेप्रिजेनटेटिभको सहयोगमा कार्यक्रमस्थलमा पुग्छौं र कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी (R.I Dist. 3292) का डिसट्रिक गवरनर रोटरीएन रत्नमान शाक्य द्वारा कार्यक्रमको उद्घाटन हुन्छ ! दिन भर हामी सबै एक अर्कासग भलाकुसारी र चिनजान गर्नमा आतुर हुन्छौं ! दिन यसरी आगाडी बढ्योकी समय बितेको पत्तो नै भएन ! बेलुकाको ७ बजिसकेको थियो, खाना खाई ओरि पूर्ण हामीहरू “द लवली” होटलमा फर्कनछौं !

तेस्रो दिन हाम्रो यात्रालाई अझ अमुल्य बनाउनको लागी रोट्रयाक क्लब अफ बुटवल साउथको सहयोगमा हामी रोट्रयाक क्लब अफ काठमाडौं का सम्पुर्ण सदस्यहरु सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा मन्दिरमा दर्सनको लागी पुग्छौं र दोस्रो दिनको रोट्रयाक डिसट्रिक कनफ्रेनसमा सफलतापूर्वक सहभागी र सम्पन्न गर्न पूर्ण कार्यक्रमस्थलमा फर्कनछौं किनकी यो दिन नीकै महत्वपूर्ण थियो ! यो दिन पनि निकै रमाइलो किसिमले बितेको थियो ! कार्यक्रमस्थलमा बिभिन्न कम्प्युटेसनको लागि तयारी भैरहेको थियो ! हामिहरुपनि फोटो कम्प्युटेसनमा भाग लिनको लागि अघि बढ्छौं ! काठमाडौंबाटै कम्प्युटेसनको लागि भनेर लगिएका फोटोहरु चार्टपेपरमा सजाउन थाल्छौं र कम्प्युटेसनको लागि तयार गर्छौ र अन्त्यमा शो गर्नको लागि भित्तामा टाँसछौं अनि पूर्ण कार्यक्रम हलतिर छिरर्छौ ! समयले नेटो काटिसकेको थियो! समय बितेको पत्तो नै हुदैन? आखिर हामीहरू दोस्रो रोट्रयाक डिसट्रिक कनफ्रेनसको अन्त्यमा आई सकेका रहेछौ! बिभिन्न कम्प्युटेसनको परिणाम सुनाउने बेलाभै सकेको थियो ! यसै क्रममा फोटो कम्प्युटेसनको प्रथम पराईज त हाम्रो कोल्टोमा परेछ बल्ल थाहा भयो ! अनि येसरीनै कार्यक्रम अौपचारिक रुपले समापन हुन्छ र अन्तिममा डान्स पार्टीमा सहभागी भएर रोट्रयाक क्लब अफ बुटवल साउथका साथीहरु र रोट्रयाक क्लब अफ काठमाडौंकी अध्यक्ष रोट्रयाकटर कल्पना बास्तोलाको सहयोगमा पूर्ण होटलमा फर्कनछौं ! अनि केही साथीहरुलाई बिदाइ गरी रोट्रयाकटर सुशील, रोट्रयाकटर पदम, रोट्रयाकटर सुजाता, रोट्रयाकटर संजीव र म कपिल्बस्तु को लुम्बिनी क्षेत्र, बुटवलको फुलबारी, पाल्पाको बतासे डाडा, स्यङ्जाको वालिङ बजार, पोखरा को लेक साइड तथा डेभिज फल्स जस्ता पर्यटकीय क्षेत्रहरू घुम्नको लागि त्यो रात उही होटलमा बिताउछौं येसरी वर्णन समेटेको थियो यस दिनले ।

चौथो दिनमा बुटवलबाट लामो यात्रा गर्दै कपिल्बस्तु को लुम्बिनी पुगेका थियौं । भैरहवा बाट लुम्बिनी सम्मको यात्रामा क्यानाडेली साथी भेटिएको र उसँगको क्यानाडा र नेपालीभाषा को कुरोको वर्णन यसमा छ । बसमा पकेटमारको त्रास, बसस्टपबाट पाएको पिडा, केही समय आराम गर्दा भैरहवा नजिकै होटल व्यवसायीद्वारा झन्डै ठगिएको प्रसङ्ग र यात्रा गर्द पाएको दु:ख अति रोचक रूपमा आएका छन् आज यो लेख लेख्दा । नेपाली भूमिमा नै पाएको सास्तीले मेरो मन यतिसम्म दु:खेको थियो, आफ्नो पीडा व्यक्त गर्ने आवेशमा मैले लेखेको छु – “म गरुङ्गो मन बनाउँदै घिनलाग्दो मान्छेले बास गर्ने भैरहवा को भूमि छोड्छु ।” तर कुनै सीमित व्यक्तिहरूले अभद्र व्यवहार गरे भन्दैमा भैरहवालाई नै गाली गर्ने मेरो मनस्थिति अलि चर्को हो कि झैं भान हुन्छ अहिले म आँफैलाई । केही समय पछि कपिल्बस्तुको चर्को घाममा चिसो हावा खाँदै बल्ल हामी लुम्बिनीको न्यानो स्वागतमा प्रवेश गर्छौं । भैरहवाको इतिहास सम्झिंदै आफ्नो स्वतन्त्रताको लागि हामीले गर्नुपरेको सङ्घर्षको कथा पनि भावनात्मक रूपमा वर्णन गरेको छु! हामी लुम्बिनीप्रति अलि बढी भावुक र पक्षपाती देखिएकोले पनि हुन सक्छ हामीलाई लुम्बिनी बासीले पनि राम्रो व्यवहार प्रदर्शन गरेका थिय । दिन भरी लुम्बिनीको प्राकृतिमा रमाइलो गरेर साझ लुम्बिनीको यात्रालाई बिट मार्न बाध्य हुन्छौं र पूर्ण पाल्पाको यात्रालाई अघि बढाउन रुपेन्देही आइपुग्छौं! त्यस लगत्तै रोट्रयाक क्लब अफ बुटवलको रोट्रयाक भिउ टावर र बुटवलको फूलबारी घुमेपछि रोट्रयाकटर संजीवलाई काठमाडौंको लागी बीदाई गरेर रोट्रयाकटर सुशील, रोट्रयाकटर पदम, रोट्रयाकटर सुजाता र म पाल्पाको बतासे डाडा, स्यङ्जाको वालिङ बजार पोखरा को लेक साइड तथा डेभिज फल्स जस्ता पर्यटकीय क्षेत्रहरू घुम्नको लागि बेलुकाको ७ बजे पाल्पाको यात्रामा निस्कनर्छौं! करिब तीन घण्टाको रात्री बसयात्रा पछि मात्र हामी करिब १० बजे पाल्पाको बसपार्क पुग्छौं! आकाशमा मडारिएको कालो बादल र सिरसिरे हावाका बेगहरूसँगैको पानीका थोप्लाले पाल्पाको सम्भावित प्राकृतिक प्रकोपको सङ्केत गरेको हुन्छ । त्यसदिन आँधीबेहरी आउने कुरो भएको हुनाले त्यहीं बसपार्क नजिकैको होटेलमा बास बस्न आग्रह गर्छन् । तर रात बाँकी नै रहेकाले स्वाभिमानी यात्री आफ्नै यात्रामा अगाडि बढ्छौ। दिउँसो आएको हावाहुरी र ठुलो बर्षाले गर्दा हामीले बतासे डाडा जाने बस पाउँदैनौ र अन्तै कुनै सामान्य लजमा बासबस्न पुग्छौं । राति पनि हावाहुरी र ठुलो बर्षा आउँछ र सबैको उठीबास गराउँछ । लजका मालिक सहित हामी कुनै सुरक्षित घरको सिंढीमा बसेर रात बिताउँछौं । यस दिनमा मनवीय भावना र सम्बन्धका कुराहरू अत्यन्तै मिहिन रूपमा आएका थिय । “मालिक बालकलाई छातीमा टाँस्छन्, हामीले झोला काखीमा च्यापछौं । ‘म्याँ म्याँ’ ढोकाबाट बाहिर निस्किनै लाग्दा बाख्राको त्यो कराइले मेरो मुटु चसक्कै घोच्छ । मानिस कति स्वार्थी ! आफू सुरक्षित भए पुग्यो । कठिनाइमा नै निमुखालाई बिर्सिने हो भने धर्मको सार नै के रह्यो र? म बाख्रा पनि आफूसँगै लैजाने सल्लाह दिन्छु लजका मालिकलाई, …।”

रातभरिको हावाहुरी र ठुलो बर्षाबाट ज्यान जोगाउन सफल भएपछि भोलिपल्ट बिहानै हामी बतासे डाडाको लागि बसपार्कतिर लाग्छौ । आँधीले जतासुकै गरेको विनासको कारुणिक चित्रण यस दिनले गरेको थियो । आँधीले बिगारेको सडकमा कुनै सबारी साधन नपाएपछि बल्लबल्ल हिंडेर भयपनी आधा घण्टाको बाटो एक घण्टा लगाएर जेसोर बतासे डाडा पुग्छौं । त्यहाँ हामीलाई गाडी पाउने नपाउने चक्करले सताउँछ भने पाल्पा बासीलेहरूको हार्दिक व्यवहारले अचम्भित बनाउँछ ।

पाँचौ दिनले पाल्पाली प्रकृतिको ताण्वनृत्य र त्यसबाट भएको धनजनको क्षतिको कारुणिक चित्रण समेटेको थियो । बतासे डाडामा बसको प्रतीक्षा, धेरै समयसम्म बस नआएपछि एकजना पाल्पाली रोट्रयाकटरसँगको भेट र मित्रता अनि उसैको घरमा पुगेर आराम गर्नु, पाल्पाबजार घुम्नु, उसका जीवनका विभिन्न सुखदु:ख सुन्नु र रात त्यहीं बिताउनु जस्ता घटनामा छैटौं दिन अगाडि बढेको थियो । पाल्पामा अपरिचित मान्छे माथिको अत्याचारको कथा अत्यन्त कारुणिक रूपमा त्यो दिनले देखाएको थियो । एउटा पाल्पाली रोट्रयाकटर मित्रको संवादले यसलाई देखाउँछ – “प्राकृतिक घटनालाई त कसले रोक्न सक्छ र ? दु:ख त मानवीय घटनाको बढी हुन्छ जहाँ आस्थाकै आधारमा एउटा मानवले अर्को मानवलाई तहसनहस गर्न डर मान्दैन ।” विशेषगरी पाल्पालीको हार्दिकता र सहृदयी भावनालाई पनि यसले चित्रण गरेको थियो ।

सातौं दिन पाल्पाबाट स्यङ्जाली मित्रसँग स्यङ्जा पुगी त्यसपछि स्यङ्जाको वालिङ बजार पुगेको घटना छ । झिसमिसेमै बसपार्क हिंडेका यात्रीहरू समयमा बस नआएर हैरान हुन्छन् । पाल्पाको बसपार्क वरिपरिको अवस्था, अघिल्लो दिनदेखि बसको प्रतीक्षामा बसिरहेका यात्रुको बेहाल, पार्क नजीकै रहेको खोलाको वरिपरिनै दिसापिसाब गरिरहेका मान्छेहरूको असभ्यता, बसको यात्रा र सारा स्यङ्जा जिल्ला घुम्ने सपना, आदि यस दिनले चित्रण गरेको थियो । बसयात्राकै क्रममा अर्को रोट्रयाकटर साथी सुजनको साथ लागेर हामी उनको होटेल वालिङ पुग्छौ । त्यसपछि सुजनको होटेलमा खानपिन र आतिथ्य ग्रहण गरी सुजनकी पत्नी र छोराका साथ वालिङको अति सुन्दर क्षेत्र पुग्छौ । रातको बाह्रबजे वालिङपुगेका हामीहरु जहाँ म साथीसँग हिंडेर होटेल तिर लाग्छु । यस रातले पनि रोट्रयाकटर साथीहरुको भद्र र सहृदयी व्यवहारबाट मेरो मन आश्वस्त बनेको थियो ।

आठौं दिन स्यङ्जाका केही अरु छेत्र केही बेर भ्रमण गरी पूर्ण वालिङ पुगेका थियौ । यसक्रममा मैले स्यङ्जाको प्राकृतिक सौन्दर्य, यसको मौलिकता र बदलिंदो समय र राजनीतिक खिचातानीसँगै स्यङ्जाले गुमाउँदै गएको मौलिकताप्रति चिन्ता व्यक्त गरेको थिय । “आजको आर्थिक कठिनाइ र पश्चिमी सभ्यताबाट निसासिंदै आएको स्यङ्जाले त्योभन्दा ठूलो पीडा त धार्मिक र भाषिक कचिङ्गलबाट भोगिसकेको छ । पाल्पाबाट स्वतन्त्र स्यङ्जाको घोषणा गर्दा निकै स्यङ्जालीबासीहरूले रगतसँग खेल्नुपर्यो । स्यङ्जाली मात्रीभुमीलाई कायम राख्न निकै राष्ट्रसेवक र स्यङ्जाली प्रेमीहरू बलिदान हुनुपर्यो ।” त्यहाँको सङ्ग्राहालयमा पुग्दा १२ बर्से माओवादी जन युद्ध र सैनिकहरूले गरेको ज्यादतीका नृशंसताका तस्बीरहरूले मेरो शरीरनै काँपेको थियो । त्यहाँका शहीदप्रति सम्मान प्रकट गरेको थिय मैले । स्यङ्जाको यात्राको क्रममा होटेल नजिकै भेटिएका बालकको जिज्ञासु र निश्छल व्यवहारले अर्को आख्यानात्मक चरित्रलाई उतारेको थियो । केही छिननको स्यङ्जा बसाइपछि हामी स्यङ्जाको राजमार्ग हुँदै हाम्रो यात्रा पोखरा तर्फ पाइला सर्छ । यो भागमा रातको यात्रा, स्यङ्जादेखी पोखरा सम्मको जटिलपूर्ण नदी किनार, बिहानीमा ब्युझेको पोखराको प्रकृति, पोखराको न्यू रोड बजारको स्वागत, रोट्रयाक क्लब अफ पोखराका अध्यक्ष रोट्रयाकटर राजु पौडेलको प्रतीक्षा, समयको अन्तरालमा भेटिएको मित्रसँगको खुशी, पोखराका का रोट्रयाकटर साथीहरुसँगको मीठो भेटघाट र स्वागत, रोट्रयाक क्लब अफ पोखराको ममत्व, पोखरा बजारको को भीडभाड, बाराही मन्दिरको यात्रा, त्यहाँको जनसङ्ख्याको चाप, पोखरा मा मज्दुरी गरेर जिबीको चलाऊनेहरूको दयनीय जीवन, बजारको संस्कृति र त्यहाँका बासिन्दाको समय प्रतीको कडा अनुसासन तथा सामाजिक आडम्बर आदिका बारेमा मेरो रुची नीकै बढ्यो ।

नौ दिन, लेक साइड तथा डेभिज फल्सको यात्रामा अनि सारङ्गकोटमा पाराग्लयाडिङ्ग तर्फ लाग्छौं! रोट्रयाकटर राजु पौडेल र शान्तिसँगका उत्सुकतामय वार्तालापहरू तथा काठमाडौं घुम्न जाँदा रोट्रयाकटर पौडेल र हामी पशुपती घुम्न गएको सम्झना पनि गरेका थियौ । पोखरा बजार वारी पारी भयका बन जङगल, छल छल बग्ने नदी, नजिकै तनहुँ जिल्ला जोड्ने फाटसम्मको को यात्रामा शान्तिसँगका कुराकानी, उसको आधुनिक सोचको युवाजन्य व्यवहार र त्यसबाट मलाई पर्न गएको अप्ठ्यारो, काठमाडौंका बारेमा अनभिज्ञ शान्तिका काठमाडौंप्रतिका विभिन्न जिज्ञासाहरू र तुरुन्तै काठमाडौंको सौन्दर्यको रसपान गर्ने उसको चाह, तर छोरी भएकै कारणले सजिलै काठमाडौं घुम्न जान आमाबाबुबाट अनुमति नपाउने शान्तिको नाजुक अवस्था, शहरेली भन्ने वित्तिकै खैरो कपाल, गोरो छाला र धनी सोच्ने आम तनहुँली सोचाइ, सिद्धगुफा र दमौली क्षेत्रको प्राकृतिक सौन्दर्यको वर्णन आदिले त्यो दिनलाई जीवन्त र रोचक बनाएको थियो ।

दशौं दिनमा हाम्रो यात्रु मन आफ्नो शहरको मायामा चुर्लुम्म हुँदै काठमाडौं फर्किएको थियो । केही समयका लागि भए पनि एउटा जिल्लाको आत्मीय सदस्य बनिसकेकोले हामीलाई त्यो जिल्लाबाट छुट्टिन गाह्रो हुन्छ । फर्किंदा हामी हवाइमार्ग रोजे पनि तनहुँको दमौली विमानस्थल बनीनसकेकोले हामी चितवन देखि धदिङ हुँदै हाम्रो यात्रा काठमाडौं आइपुग्दा काठमाडौंको अत्याधुनिकता, नेपालका व्यापारीहरूको थानकोटमा राष्ट्रिय भन्सार चोरी गरी गर्ने व्यापारिक मानसिकता र नेपालीहरूलाईनै भरिया बनाएर गरिने उनीहरूको नौलो व्यापारको अनौठो कथाले त्यो दिनलाई अझ रोचक बनाएको थियो । त्यसको एउटा उदाहरण – “सबैको शरीरमा दुदुइवटा ज्याकेट, तीनचार जोर जिनका पाइन्टहरू, चारपाँच जोर मोजा, स्पोर्ट जुत्ता, गोजीमा तिनचारवटा महँगा कलम, टाउकामा टोप, हातमा डायरी, नाडीमा दुदुइटा घडी, सुनको सिक्री, औंठी, कम्मरमा पेटी देख्छु । ती पहिरनले भक्क फुलेका युवाहरू मुस्किलले हिंड्दै थानकोटमा हाम्रो सामुन्नेको बेन्चमा ताँती लागेर उभिन्छन् । म वास्तविक संसारमा छु वा कुनै दोस्रो ग्रहमा ?” भन्सार छलेर देशको आयस्रोत टेबुलमुनिबाट भागबन्डा लागिरहेको देख्दा मलाई दुख्छ । अनि म ठहरमा पुग्छु – “जहाँ इमान्दारिताको खडेरी लागेको छ, त्यहाँ जस्तोसुकै कानुनहरू पनि ढलेका छन्, जस्तोसुकै नीति पनि खिया लागेको हुन्छ ।”

वास्तवमा त्यो १० जिल्लाको यात्रा एउटा यात्रावृत्तान्त मात्रै नभएर मानवीय स्वभाव र चरित्रको विश्लेषण गर्ने एउटा सुन्दर एतिहासिक यात्रा हुन पुगेको थियो । अर्कातिर मैले आफ्ना तर्फबाट भनौं वा रोट्रयाक क्लब अफ काठमाडौंका तर्फबाट नेपालको विभिन्न जिल्लाका प्राकृतिक सौन्दर्यको बखान गरी आफ्नो मनभित्रको नेपालको जिल्लाप्रेमी भावनालाई उद्घाटित गर्न खोजेको छु।

– रोट्रयाकटर राजेन्द्र गौतम
(सदस्य, रोट्रयाक क्लब अफ काठमाडौं)

1 thought on ““रोट्रयाक डिसट्रिक कनफ्रेनस र रोट्रयाकटरको यात्रा””

  1. राजेन्द्रजी,
    मझेरीमा रचना

    राजेन्द्रजी,

    मझेरीमा रचना प्रकाशन गर्नुभएकोमा धन्यवाद छ। मझेरीमा नेपाली भाषाका साहित्यिक रचनाहरू मात्र समावेश गरिन्छ। त्यही अनुरुप तपाईंको अंग्रेजी लेखकलाई हटाइएको छ। कृपया अन्य कुनै ब्लगहरूमा राख्नुहोला।

    आगामी दिनहरूमा पनि तपाईंको सकृय सहभागिताको अपेक्षा गरिन्छ।

    सन्दर्भ:
    रचना प्रकाशन गर्दा.. https://www.majheri.com/node/2448

    Administrator

Leave a Reply

Your email address will not be published. Required fields are marked *