माफी देउ….
सक्छौ भने माफी देउ
सक्दैनौ भने सजाय देउ,
पाउ पर्छु तिम्रो सामो
जिबन भरि कजाई देउ !
ठुलै गल्ति लाग्छ भने
गालाई गालामा बजाई देउ,
जिबन भरि गुलामी गर्छु
जे मन लाग्छ सजाय देउ!!
दया माया लाग्छ भने बिन्ति….
मेरो गल्ति पचाई देउ,
साचै रिस उठ्छ भने
थाप्छु गाला लु बजाई देउ !
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार