Skip to content

भयानक भूत चडेको छ अहिले

  • by


अभाव  भोकमारी ज्यादै  बडेको छ अहिले
नेतालाई  भयानक  भूत  चडेको छ अहिले

सुन्दर  समुन्त  देश  बनाउनु  त कहाँ हो
कुर्सीकै लागि  नेताहरू  लडेको छ अहिले

साँच्चै  जोखीम धरासायीमा  देशको  अस्तित्व
टल  पल  टल  पल  झैं  अडेको  छ अहिले

गरीब  निर्धा होचा साना  दबेका छन यहाँ
गर्वसाथ धनीकै  शिर ढडेको छ अहिले

देशको  लागि शहिदले  गरेको  बलिदान
निरर्थक  भई  माटोमा   सडेको छ अहिले

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *