• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

ट्युमेनको किनारमा

kbs — Sun, 06/06/2010 - 18:41

  • आधुनिक कथा
  • मणि लोहनी
  • मधुपर्क २०६७ वैशाख

'ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।' चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् । अहिले उनको क्षेत्र यही हो । चीन र उत्तरकोरियाको सिमाना ।

मानवअधिकार हनन सम्बन्धी रिपोटिङका सिलसिलामा रहेका दुई अमेरिकी पत्रकार लउरा लिङ र युना लिलाई उत्तरकोरियाको सुरक्षाकर्मीहरूले यही ट्युमेन नदीको किनारमा पक्राउ गरेका थिए । अहिले उत्तरकोरियामा बन्दी जीवन बिताइरहेका लिङ र लिले आफूहरूले चिनियाँ भूभागबाट नै दृश्य खिचेको बताए पनि त्यसको कुनै सुनुवाई भएन । बरु उल्टो पोङयाङ अदालतले उनीहरूलाई दोषी ठहर गर्दै १२ वर्ष श्रम शिविरमा पठाउने फैसला सुनायो । यी दुवै अमेरिकी पत्रकारले गैरकानुनीरूपमा उत्तरकोरिया प्रवेश गरी अस्वीकार्य काम गरेको पोङयाङ अदालतको फैसलामा उल्लेख थियो ।

यो घट्नाले विश्वभरिका पत्रकारहरूमाझ सनसनी नै फैलियो । प्रेस स्वतन्त्रता र निर्वाध समाचार सङ्कलन गर्न पाउने विश्वव्यापी मान्यतामाथि यो दुःखद आक्रमण थियो । ती दुवै पत्रकार लिङ र लि मानव तस्करहरूले  उत्तरकोरियाली महिलामाथि गर्ने दुव्यवहारका बारेमा अनुसन्धान गर्दै थिए ।

पोङयाङ अदालतको फैसलाको तीन महिनापछि अमेरिकी एक संस्थाले दक्षिण एसियाका पत्रकारहरूको टोलीलाई ट्युमेन नदी किनारमा पुर्यायो । पाकिस्तान, श्रीलङ्का, भारत र नेपालका पत्रकारहरू सम्मिलित त्यो टोलीमा म पनि थिएँ । र मेरो साथमा थियो, क्यामरामेन अशोक सिलवाल ।

गाढा हरियो, आकर्षक र चीसो देखिने पहाडी खोँचमा अवस्थित ट्युमेन नदीले दुई देश चीन र उत्तरकोरियालाई छुट्याएको थियो तर यहाँको भौगोलिक बनावटले सीमासुरक्षा फितलो लाग्थ्यो ।

उत्तरकोरिया छिर्न हामीलाई अनुमति थिएन । पुलको पल्लो छेउमा पुगेर पाकिस्तानको जीओ टिभीकी उज्मा र मैले फोटो खिच्यौँ । उत्तरकोरियाको पिच छोएको आभाषले हामी तर्सियौँ । यतिखेर लिङ र लि श्रम शिविरमा के गर्दै होलान् ? हामी दौडेर ट्युमेनको वल्लो किनार आइपुग्यौँ । यो कथा लेखिरहँदा अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनको प्रयासमा ती दुई अमेरिकी पत्रकार छुटे ।

'यही नदी किनारले लोभ्यायो हामीलाई ।' जिङ लि सुनले भनिन्, 'उत्तरकोरियाको यो कुनामा हामीसँग दुःख र अभाव मात्रै छ । चीन हाम्रो लागि स्वप्नदेश हो । त्यहाँ काम र दाम दुवै छ । त्यही भएर उमेरले तन्नेरी नेटो नकाट्दै हामी ट्युमेन तर्न हतारिन्छौँ ।'

'हाम्रो लोभ र हतारले हामीलाई यही ट्युमेनको किनारमा डुबाई दियो ।' जिङ लगभग रोइसकेकी थिइन्, 'अब हामीसँग हाम्रो जीवन रहेन ।' लाराले हामीसँग परिचय गराएकी यी महिलालाई लाराकै संस्थाले उद्धार गरेको रहेछ ।

पहिले त मैले जिङका कुरामाथि विश्वास गरिहालिन् । काठमाडौँका विभिन्न अधिकारवादी संस्थाहरूले महिला र बालबालिकालाई घोकाइघोकाइ रुन र बोल्न सिकाए जस्तो त  यो होइन, भन्ने पनि लाग्यो तर जब जिङको आँखामा सत्यताको चीसो स्केच देखेँ तब मलाई विश्वास भयो । पीडालाई जति नै लुकाउन खोजे पनि साना दुई आँखाका किनारमा पीडाहरू प्रष्टिहाल्दा रहेछन् । भएको पीडालाई आँखामा लुकाउनु र नभएको पीडालाई आँखामा देखाउनु कहाँ सकिन्छ र ?

उमेरले ३० ननाघेकी यी महिला सन् २००२ मा उत्तरकोरियाबाट गैरकानुनीरूपमा चीन पसेकी रहिछिन् । उनीजस्ता थुप्रै उत्तरकोरियाली महिला सन् १९९० को दशकदेखि नै त्यसरी चीन पस्दै आएको उनले बताइन् । खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको अभावमा उनीहरू उत्तरकोरिया छोड्न बाध्य भइरहेका रहेछन् ।

'ट्युमेन नदी तरेपछि हामी चीनको एक घरमा आइपुग्यौँं ।' जिङले उत्तरकोरिया छोड्दाको क्षण सम्झिन्, 'त्यो परिवारले हामीलाई स्वागत गर्यो । उनीहरूको कुराले मैले काम पाउँछु भनेर खुसी पनि लागेको थियो ।'

तर काम मिलाई दिनुभन्दा त्यो चिनियाँ परिवारले जिङलाई मानव तस्करको जिम्मा लगाई दियो । तस्करले एक चिनियाँ किसानसँग मोटो रकम लिएर जिङलाई बेचिदियो । जिङले आफ्नो इच्छाविपरीत त्यो किसानसँग बिहे गर्नुपर्यो ।

'मेरो चिनियाँ श्रीमान् मभन्दा १५ वर्ष जेठो थियो र उसको एउटा खुट्टा चल्दैन थियो । त्यसबेलादेखि नै म उसको दासी भएकी हुँ । उसले भनेको मानेन भने मलाई कुट्थ्यो ।' गुलाफकै पत्रजस्ता पातला जिङका ओठ थरर्र कापेँ ।

घरेलु हिंसा र गरिबीका कारण भाग्ने दसौँ हजार उत्तरकोरियाली महिलाको कथा पनि जिङको जस्तै रहेको लाराले बताइन् । उनले बताएअनुसार महिलाहरू आफैँ चीनसम्म पुग्दा रहेछन् र अपहरणमा पर्दा रहेछन् । चिनियाँ व्यापारीहरू पनि उत्तरकोरियामै गएर त्यहाँका व्यापारीको सहयोगमा केटीहरू फसाउँदा रहेछन् । 'हामीसँग तपाइँको छोरीका लागि सीमापारिको गाउँमा निक्कै राम्रो काम छ । उनले तलब पाउँछिन् र तपाइँलाई पैसा पठाउन सक्नेछिन्' भन्दै झुक्याउँदा रहेछन् ।

महिला बेचबिखनले आक्रान्त मुलुकको म सामान्य पत्रकार । विकसित र शक्तिसम्पन्न भनिएका देशका महिलाहरूका पीडाले स्तब्ध हुन्छु ।

महिला हुनु नै के दोष हो ? विश्वभरिका महिलाका समस्यामा किन यति धेरै

समानता ? महिला भनेको के पीडाका पुञ्ज हुन् ? हे दैव, महिलामाथि यति धेरै अन्याय किन ? नेपाल, भारत, पाकिस्तान या ट्युमेनको किनार सबै स्थानका महिलाका पीडा किन उस्तै र एउटै ?

आधुनिक युगको यो दासप्रथाबाट विक्षिप्त महिलाहरूलाई सहयोग गर्दै चीन र उत्तरकोरियाको सिमानामा चार वर्ष बिताइसकेकी लाराले भनिन्, 'व्यापारीले पसलमा सामान सजाएझैँ हुन्छ ।  महिलाहरूलाई लहरै राखिन्छ । उमेरअनुसार मिलाइन्छ । मेकअप र राम्रा लुगामा सजाएपछि मान्छेहरूले मोलतोल गर्न थाल्छन् । सबैभन्दा बढी मोल जसले दियो उसैले रोजेको महिला पाउँछ । ती महिलालाई पहिले तस्करले बलात्कार गर्छन् । त्यसपछि बाँचुन्जेल किन्ने मान्छेको यौनदासी बन्नुपर्छ ।'

'उत्तरकोरिया नर्फकने ?' म जिङलाई सोध्छु ।

'ट्युमेन पार गर्न निक्कै दुःख गरियो र यहाँसम्म आइयो । यहाँ पनि दुःख मात्र पाइयो । फेरि दुख्ख नै लिएर किन

फर्किनु ? अब यतै मर्ने' उनले आँसु पुछिन् । आफैँसँग आफ्नै भाषामा बोलिन् -सुस्तरी, 'साल्याजुनुङ्गो आन्न साल्याजुनुङ्गो मुग्रेस्सोनिकान् ।'

'के भनेको यो ?' मैले लारालाई सोधेँ ।

'यो जिङको थेगोजस्तै नै हो । आफ्नो जीवनका बारेमा बोल्नुपर्यो कि उनी सधैँ यसै भन्छिन् । उनको यो कोरियन लबजको अर्थ हुन्छ- हामी बाँचेको नबाँचेको केही थाहा छैन ।'

कस्तो दार्शनिक शैलीको जवाफ । सायद पीडाले मानिसलाई दर्शनको नजिक पुर्याउँछ । मलाई यो वाक्य पहिले कतै सुने जस्तो लाग्छ । सम्झिने कोसिस गर्छु । कोरियाली लवजमा नै मैले यो वाक्य यसैगरि कतै सुनेको छु । एक कोरियाली किशोरीबाट ।

'जिङ, तिमी नेपाल आएकी छौ ?'

'के तिमी नेपाली हौ ?' उनले मलाई सोधिन् । जिङको यो लवजमा म उनलाई ठम्याउँछु, 'हो, म नेपाली हुँ । राप्तीको किनार र उडेका चराहरू याद छ,

तिमीलाई ? त्यही चराहरू देखेर एक शीतल साँझ तिमीले वाङलाई सम्झेकी थियौ ।' म रोमाञ्चित हुन्छु, जिङसँगको भेटले । यो कस्तो संयोग ।

'तिम्रो वाङ, कम्पनीमा तिमीलाई काम खोजिदिने वाङ । तिम्रो धनी हुने सपना । मलाई सब याद छ, जिङ ।'

जिङ थरर्र काप्छिन् ।

'तिमी त्यो मसँग नाच्ने झ्याप्पुले केटा हौ ?' उनी डर र खुसीले एकसाथ चिच्याउँछिन् ।

आजभन्दा सात वर्ष अगाडिको समय हुनुपर्छ त्यो । राप्तीको किनारमा एक साँझ हामी सँगै नाचेका थियौँ । त्यतिखेर उनले भर्खरै विद्यालयको पढाइसकेकी थिइन् र स्कुलको छनोटमा परेर नेपाल घुम्न आएकी ।

सौराहामा बेच्न राखेको नेपालको नक्शा भएको टिसर्ट उनले खुब मन पराएकी थिइन् । मैले किनेर लैजाउ न त भन्दा उनले निरीह स्वरमा भनेकी थिइन्, 'मसँग पैसा छैन ।'

'किन ?' मैले सोधेथेँ ।

'म चीनको सीमा नजिकैको एक कोरियाली गरीब किसानकी छोरी हुँ । मसँग पैसा छैन । पढाइ राम्रो थियो र यहाँसम्म घुम्न आउन पाएँ ।'

अघिल्लो रात हाम्रो राम्रो परिचय र दोस्ती भइसकेको थियो । हामी सँगै नाचेका पनि थियौँ तर हिजोको रोमान्टिक स्वरूप आज उनीमा थिएन । उनी अलि भावुक र थकित देखिन्थिन् । एक किसिमको अप्ठेरोपन थियो उनको बोलीमा ।

'बाँच्ने क्रममा गरिबीसँग हामीले ट्युमेनको किनारमा मृत्यु साँटिरहेका छौँ ।' उनी आफैँसँग बोलेकी थिइन्, 'साल्याजुनुङ्गोयो आन्न साल्याजुनुङ्गोयो मुग्रेस्सोनिकान् ।' मैले त्यति नै खेर त्यसको अर्थ सोधेको थिएँ । कोरियन त्यो बोलीको नेपाली अनुवाद यस्तो हुँदो रहेछ- हामी बाँचेको नबाँचेको केही थाहा छैन ।

'तर अब केही महिनामै म धनी हुन्छु ।' उनी केही उज्याली भएकी थिइन्, 'म छिट्टै वाङ लिसँग बिहे गर्दैछु र जोनचुङमा सर्दैछु । त्यहाँ उसले आफ्नै काम भएको कारखानामा मेरो लागि काम खोजिदिइसकेको छ ।'

त्यसपछि मैले उनले मन पराएको टिर्सट तीनवटा किनिदिएको थिएँ । एउटा उनको लागि, अर्को वाङको लागि र अर्को एउटा सानो टिर्सट भविष्यमा उनीहरूबाट जन्मने बच्चाका लागि । मेरो दुवै हात उनले 'खाम्सामिदा' भनेकी थिइन् । खाम्सामिदा भनेको धन्यवाद रहेछ । कोरियनहरूले आफ्नो पि्रय मानिसलाई धन्यवाद भन्नुपर्यो भने दुवै हात समातेर खाम्सामिदा भन्ने गर्दारहेछन् ।

'तिमीसँग यसरी यहाँ भेट हुन्छ मैले सोचेकी थिइन ।' जिङ रुन थालिन्, 'तिमीले किनिदिएको तीनवटै टिसर्ट त्यत्तिकै छ । अहिलेसम्म कसैले लगाएको छैन ।'

'वाङसँग तिम्रो बिहे भएन ?'

जिङ निकैबेर रोइरहिन् । जब रुन छाडिन् । तब उनले धेरै कुरा बताइन् । मानिसका जीवनमा दुःखहरू एकसाथ आउँदा रहेछन् ।

जोनचुङमा सन् २००१ को अन्तिमतिर आएको भीषण पहिरोमा वाङले काम गर्ने गरेको कम्पनीलगायत सयौँ घर पुरिएछ र त्यही पहिरोले बगाएछ जिङको प्रेमी वाङ लीलाई.....जिङको सपना र रहरहरूलाई ।

पहिरोले बगेको सपनाको पीडादायी सम्झना लिएर उनी सन् २००२ मा चीन छिरेकी रहिछिन् - काम र माम खोज्दै ।

निकै पछि उनी केही शान्त र स्वाभाविक देखिइन् । बेलुका ट्युमेनको किनारमा बसेर हामीले सँगै कफी पियौँ । उनी मेरो नजिकै आइन्, 'तिम्रो त्यो झ्याप्पुले कपाल खोई त, मणि ?'

'उमेरको पहिरोले बगायो नि, जिङ ।' ट्युमेन नदीमाथि उडेका चराहरू हेर्दै मैले भनेँ ।

बल्ल हाँसिन् उनी- फिस्स ।

तर उनको अनुहारमा त्यो हाँसो धेरै बेर रहेन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 82
  • 1715 reads
Tweet facebook

राम्रो कथा पढ्न पाइयो लेखक

अतिथि — Tue, 06/15/2010 - 16:32

राम्रो कथा पढ्न पाइयो लेखक लाइ साधुवाद !
J.B.Sherpa

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    22 hours 56 min ago
  • आभार
    1 day 18 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 17 hours ago
  • आभार प्रकट गरे
    6 days 16 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 days 18 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 12 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 14 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 14 hours ago
  • एकदम सान्दर्भिक
    1 week 19 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 22 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • पछिल्ला रचनाहरू
  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • जन्मदिनको शुभकामना
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • महलकी रानी
  • यसै गरी मिलोस तिम्रो माया
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • मैले कविता लेख्नै बिर्सेँ
  • पुराना कुरा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • नजन्मिएको गीत
  • शुरुशुरुमा
  • मौका यही हो गर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • आँसु हाँसो मिलन बिछोड

Last viewed:

  • चोली ...
  • सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडाइँ)
  • राजको अन्तिम पत्र आशालाई
  • अरुको लाख आमाको काख
  • देशप्रेम
  • जन्म रात र पुनःर्मूल्याङ्कन
  • मन्दिरमा छ कि मूर्तिमा माया
  • मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
  • ब्रह्माण्डको ताण्डवमा अनौठो म
  • मोती पुरस्कारको ऐतिहासिक दस्तावेज
  • तीन हाइकु (लोकतन्त्र)
  • तिमीसँग जीवन
  • नाट्यसम्राट् बालकृष्ण सम
  • वेअर्थी जीवन
  • गुलाबको सुवासले गर्दा
  • हामी आविष्कारक हौँ अन्धकार युगको
  • क्रस फायर: वेब फिक्सन्
  • खुसी दिने क्षणिक रैछ माया होस् या सराबले
  • ‘जोरायलका चण्डेश्वर, (शार्दूलविक्रीडित छन्द)
  • किन लाग्छ माया
  • ओझेल
  • हरिबहादुरको चिना पर्गेल्दा
  • बधाई छ निस्ठुरी तिमीलाई
  • गरेर आन्दोलन ए
  • कुखुराको खोर
  • मृत्यु (गीति कविता)
  • नेपालमा शास्त्रीयसङ्गीत
  • प्रमिथस
  • शान्तिको खाँचो
  • जीवन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित