Skip to content


स्रष्टाको तिर्सना मात्रै, कसरी बन्छ सिर्जना
आत्म-आवेग वा बेग, काव्य बन्दैन मूर्छना
छामी विगतको गाथा, वर्तमान रमाउँदा
‘कविता’ भविता बन्छ, चेतना मुस्कुराउँदा

पक्ष-पोषण ठूलाको,  नगरुन् भक्ति-अर्चना
ढोंगी-रोगी न हृवौ स्रष्टा, सत्यको गर गर्जना
वादको खोरमा नाची, भाँची मूल्य र मान्यता
स्रष्टा दास बने मर्छ, सृष्टिकै भव्य सभ्यता

‘प्रतिभा’ सूर्यको दीप्ति, ‘अभ्यास’ सृष्टि-गाण हो
परिदृष्टि छ ‘व्युत्पत्ति’, स्रष्टा सृजन-प्राण हो
झरुन् पियूषकाधारा, तारा झैं शब्द चम्चम्
अप्सरा-पाउजूलाई, रचना गर छम्छम्

1 thought on “स्रष्टा र सिर्जना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *