Skip to content


विचरा गोडुम्बा !
झुण्डिन्छ सानो बेलामा
लहरिँदै जाँदा शाखाहरू
निकै पर पुगिसके
गोडुम्बा त्यहीँ छ
सुकेको फूलमा टाँसिएको ।

म निश्चल छु
सायद हतास र हतार छैन
बेअर्थी छु म
लक्ष्य र गन्तव्य बिहीन
तर पनि बढ्दै छु, गोडुम्बाझैं
पि्रय भएको हुनाले
चेतना ऊ मसँग
तसर्थ गोडम्बाझैं
बेलो छिन्ने गरी बढ्ने छैन ।

झुण्डाइ बराबर छ
मेरो र गोडुम्बाको
बालुवाको फाँट ढाक्ने तन्काइमा छ ऊ
विचारको युद्धभूमिमा छु म
फरक यही हो
गोडुम्बा वैशाख-जेठमा पाक्यो
सबैले स्वाद भरे
म कहिल्यै पाकिन
र, त अझै बाँचीरहेछु
गोडुम्बाझैं आहार नभै अरुको ।

बडहरे-३, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *