Skip to content

शुभकामना! जन्मदिनको !!

शुभकामना! जन्मदिनको !!
अतित्तका चोट दुखाइ ,
पिर ब्यथा आफै थाहै नपाई बिलाउदै जावस,
अबका दिनहरुमा जोस जंगार र खुशीका उन्मादले छाओस ,
सफलताले सगरमाथा चढ्दै सुख र खुशी मनै भरिआओस,
अनगिन्ति धन सम्पति हजुरको हात लाओस ..
म सयौ चोटी कामना गर्छु
मन मुटुले सोचेको
र रोजेको जीवन साथी पाओस …
खाँचो नहोस कसैको .
सबैलाई हजुरको खाँचो परि हजुरकैमा धाओस ,
,हजुरकैमा धाओस…
हजुरको करेसाबारीमा रंगी चंगी फूलहरु फुलोस,
हजुरको धानको भकारिहरु १२ महिनै चुलोस,,,
बाधा अड्चन ले रोकेका हजुरको बाटोहरु बिना कस्ट चारै दिसा खुलोस …
हजुरको रुप रंग देखेर सारा संसार भुलोस ..
मुख रसौदै लाखौ लाख भमराहरु हजुरकै वरिपरी डुलोस डुलोस ………..

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

3 thoughts on “शुभकामना! जन्मदिनको !!”

  1. tnx commentsko laagi athiti
    tnx commentsko laagi athiti ji..sakesamma hajurko naam ra thegana lekhnu vaako vae khusi hunthie….anyway tnx la

Leave a Reply

Your email address will not be published. Required fields are marked *