• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

किच्चकबध र राधा

kbs — Sat, 06/12/2010 - 12:15

  • सांस्कृतिक समीक्षा
  • कृष्ण धाराबासी
  • नेपाल साप्ताहिक

कुनै पनि कुरालाई सांस्कृतिक मूल्य दिएपछि त्यसले सामाजिक सम्पत्तिको स्थान ग्रहण गर्छ । मानिसले स्थापना गरेका जति पनि तीर्थस्थलहरू छन्, ती सबैमा कुनै न कुनै किंवदन्तीहरू आधार मानिएका छन् । किंवदन्तीहरूको आफ्नै विशेष ऐतिहासिक तथ्य हुँदैन तर सामाजिक विश्वासमा तिनीहरू इतिहासभन्दा पनि शक्तिशाली भएर उभिएका हुन्छन् । अझ आध्यात्मिक किंवदन्तीहरू त भक्तिसँग जोडिएर आउने हुँदा तिनको सामाजिक मूल्य विशेष बन्ने गर्छ ।

भारत र नेपालमा जति पनि तीर्थस्थलहरू छन्, ती सबैमा हाम्रा पुराणीय विम्ब र मिथकहरूको आधारलाई उभ्याइएका हुन्छन् । नयाँनयाँ तीर्थस्थलहरूमा पनि पौराणिक मिथकहरूले नै शक्ति प्रदान गररिहेका हुन्छन् । मानिसलाई सबैभन्दा धेरै प्रभाव पार्ने विषय भनेको नै आख्यान हो । कथा, उपन्यास वा काव्यमा जोडिएर आउने आख्यान नै मानव सभ्यताको सबैभन्दा प्रिय चिन्तन स्रोत हो । विभिन्न धर्मग्रन्थमा आधारति आख्यानहरूले नै मानिसहरूलाई त्यस धर्मसँग बाँधेर राखेको हुन्छ । कुरान, वाइबल, पुराण, जातक कथा आदिका कथाहरू ती धर्मसँग सम्बन्धित मानिसहरूका मानसिक सम्पत्ति हुन् । तिनका अतिरिक्त साना साना आदिवासी, जनजातिका आ-आफ्ना संस्कृतिसँग घुलेर रहेका लोककथाहरू उनीहरूका जातीय मौलिकताका पहिचान बनेका हुन्छन् ।

मानव सभ्यताद्वारा विकसित ऐतिहासिक समयसीमाका आधारहरू नै अत्यन्त छोटा भएकाले ती समयसीमाभन्दा अघिका कुराहरूलाई केको प्रमाणले सावित गर्नु भन्ने समस्या जहिले पनि हुन्छ ।

विक्रम सम्वत् सुरु भएको २ हजार ६७ वर्ष भयो । त्यसअघि कुन सम्वत् थियो र त्यो कहिलेदेखि सुरु भएर त्यहाँ आएर किन रोकियो ? २०६७ वर्षअघिको समयलाई के भनेर नाप्ने ? त्यस्तै इस्वी सम्वत् सुरु भएको २०१० वर्ष भयो, त्यसभन्दा अघिको समयको गणना कसरी हुन्थ्यो ? त्यो समय गणनालाई किन शून्यकरण गरियो ? जबकि २०१० वर्षभन्दाअघिको मानव सभ्यताका अनेकौँ पृष्ठभूमिहरू छन् । हामी सिद्धार्थ गौतम बुद्धको कुरा गर्दा आजभन्दा २६२९ वर्षअघि उनी लुम्बिनीको कपिलवस्तुमा जन्मे भन्छौँ । कहाँदेखि गनेर ल्याउँदा बुद्धको जन्ममितिसँग भेट हुन्छ त हाम्रो ? के बुद्ध जन्मेको समयमा सम्वत्सरको कुनै व्यवस्था थिएन ? समयको गणना गर्ने विधिको विकास भएको थिएन ? थियो भने बुद्धकालीन समय गणनालाई निरन्तरता किन दिन नसकिएको होला ? नेपालमा त बुद्ध सम्वत् नै चलेको भए झन् कति राम्रो हुँदो हो ! तर, अचम्म लाग्छ बुद्धको जन्म समय पत्ता लगाउन इस्वी सन्को प्रयोग गर्नुपर्छ । बुद्ध कहिले जन्मेका हुन् भन्ने प्रश्नको उत्तरमा बुद्धको जन्म ईसापूर्व ५६३ को छेउछाउमा भएको थियो भनिन्छ । किन बुद्धको जन्म बुद्ध सम्वत् २६२९ मा भएको थियो भनेर भन्न सकिँदैन ? के इसुख्रिस्ट नजन्मेको भए बुद्ध जन्मेका हुने थिएनन् ? बुद्धको जन्म थाहा पाउन उनीभन्दा ५ सय ६३ वर्षपछि जन्मेको मान्छेको उमेरबाट गनेर किन लानुपर्‍यो ? त्यसरी लाँदा पनि ५ सय ६३ मै पुगेर अडिनुपर्ने आधारहरू के हुन् ? भारत वर्षमा अंग्रेजको शासन नभएको भए ईपूले बुद्धको जन्मलाई नाप्नुपर्थ्यो होला त हामीले ?

अर्थात् प्रमाणको कुरा खोज्दा यस्ता फितला प्रमाणहरूलाई हामीले सभ्यताको आधारविन्दु मान्ने गरेका छौँ । त्यसैले जति पनि तीर्थस्थलहरू छन् र तिनमा जोडिएका किंवदन्तीहरू छन्, तिनलाई ऐतिहासिक प्रमाण दिन सजिलो छैन । ऐतिहासिक प्रमाण पाएका ती तीर्थहरू फेर ितीर्थको आध्यात्मिक शक्ति गुमाएर केवल मनोरञ्जनको पर्यटकीय स्थलमा परिणत हुन पुगेका देखिन्छन् । भक्तिसँग जोडिएका किंवदन्तीय स्थलहरू मानिसको आस्थाकेन्द्री बन्ने हुनाले तिनको तथ्यलाई भए पनि लुकाउने र मेट्ने परम्परा पनि छ । समयसीमाभन्दा बाहिर पारििदएपछि त्यसमा एक प्रकारको मानसिक शक्ति सञ्चार भएको अनुभूत हुन्छ । त्यसैले अधिकांश तीर्थस्थलहरू समयसीमाभन्दा बाहिर उभ्याइएका हुन्छन् ।

हामीले हाम्रो गाउँमा भर्खरै कुनै नयाँ आध्यात्मिक केन्द्रकै स्थापना गर्‍यौँ भने पनि त्यसको प्राचीनतालाई समयसीमाबाट मुक्त गरििदन्छौँ । जस्तै- ०३३ सालमा झापाको कालीस्थानमा योगी नरहरनिाथको सक्रियतामा एक आध्यात्मिक भेला सम्पन्न भएको थियो । त्यस भेलामा ठूलठूला विद्वान्, जोगी र सन्तहरूको उपस्थिति थियो । स्वामी सत्यदेव र कैलाशानन्द दुई युवा सन्तहरूको उपस्थिति र प्रवचन अत्यन्त लोकप्रिय भएको थियो । त्यस भेलामा योगी नरहरनिाथले आफ्नो प्रवचनका क्रममा भन्नुभो ः

"यो ठाउँको नाम कालीस्थान किन राखिएको हो भने उहिले सत्ययुगमा माता कालीले शुम्भ र निशुम्भ दुई राक्षसहरूको बध गर्ने युद्धका बेला उनको एक पाइलो कुम्भकर्ण हिमालको छेउ पाथीभरामा टेकिएको थियो र दोस्रो पाइलो यस स्थानमा टेकिएको थियो ।"

योगीजीको यो भनाइ सुनेर सम्पूर्ण उपस्थित भक्तजनहरू भावनात्मक उत्तेजनाले चिच्याएका थिए र योगीजी र माताकालीको जयजयकार गरेका थिए । त्यस दिनदेखि कालीस्थानप्रतिको मानिसको धारणा नै परविर्तन भयो । आध्यात्मिक भावनाले भरियो त्यो ठाउँ । अहिले त्यस ठाउँमा ठूलो मन्दिर, धर्मशाला आदि निर्माण भएको छ र एउटा तीर्थस्थलका रूपमा त्यो परिणत भएको छ । आध्यात्मिक किंवदन्तीको शक्तिको यो एउटा उदाहरण हो ।

झापामा पूर्वस्थापित आध्यात्मिक स्थलहरू र अचेल स्थापना गरँिदै गरेका स्थलहरू सबैका कुनै न कुनै किंवदन्ती हुर्किएको पाइन्छ । तर, हरेक किंवदन्तीसँग त्यहाँको संस्कृति र सभ्यताको गहिरो सम्बन्ध रहेको हुन्छ । झापामा धेरै यस्ता तीर्थस्थलहरू छन्, जोसँग जोडिएको किंवदन्ती धेरै पुराना र पौराणिक भए पनि तिनको स्थापना भने आधा शताब्दीको वरपिर िमात्र पाइन्छ ।

झापाका त्यस्ता किंवदन्तीय स्थलहरूमध्ये किच्चकबध पनि एउटा महत्त्वपूर्ण र चर्चित स्थल हो । महाभारतको कथासँग जोडिएको यस स्थलमा महत्त्वपूर्ण पुरातात्त्विक विशेषताहरू पनि पाइएका छन् । पुरातत्त्व विभागले आफ्नो अध्ययन क्षेत्रभित्र समेटेर उत्खननसमेत थालिसकेको यो ठाउँ ऐतिहासिक विशेषताले पनि सम्पन्न रहेको हुनसक्ने अनुमान छ । वर्षमा एकपल्ट भव्य मेला लाग्ने यो ठाउँ खास गरी आदिवासी राजवंशी समुदायको आस्थाको केन्द्रका रूपमा रहेको छ । तथापि, यस ठाउँलाई तीर्थस्थलका रूपमा खासै विकास गर्न सकिएको छैन । साधारण एक-दुईवटा मन्दिरहरू र भीमले किच्चकलाई मार्दै गरेको सिमेन्टको मूर्तिबाहेक खासै आकर्षण गर्ने कुराहरू छैनन् । धेरै पुराना आँपका रुखहरू र ठूलो बाँझो चौर छ, जहाँ वस्तु चररिहेका हुन्छन् र भुराहरू खेल्ने गर्छन् । खास गरी पुराना प्रशस्त इँटाहरू छरएिका भेटिन्छन् । पहिला-पहिला त मानिसहरूले यस ठाउँका इँटाहरू उठाएर लगेर आफ्नो घरमा चुलो-चौका बनाउने गरेको पनि पाइन्थ्यो । अचेल त्यति सग्ला इँटाहरू पाइँदैनन् तैपनि इँटाका टुक्राहरू भने अझै पनि भेटिन्छन् । पूर्वपट्ट िमेची नदीले जमिन कटान गर्दै किच्चकबधको त्यो विशेष स्थललाई नै कटान गर्छ भनेझँै ताक्ने गरेको छ । संरक्षणका लागि केही काम भइरहेको भएता पनि पुरातत्त्व विभागले जिम्मा लिएर काम ढिलो गरेका कारण यो स्थान न आध्यात्मिक महत्त्वको न ऐतिहासिक महत्त्वको भएर अलपत्र परेको छ । जुन महत्त्वको भए पनि किटान गरििदएदेखि दक्षिणी झापाको एक महत्त्वपूर्ण पर्यटकीय स्थलका रूपमा यो विकास हुन सक्थ्यो र त्यस क्षेत्रको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहने थियो ।

मैले ०६० सालतिर राधा उपन्यास लेख्दा सो उपन्यास किच्चकबधकै उत्खननबाट प्रारम्भ गरेको थिएँ । त्यस उपन्यासमा पुरातत्त्व विभागले उत्खनन गर्दा निस्किएका कतिपय नमुनाहरूका बारेमा प्रा चिन्तामणि दाहालले कान्तिपुर दैनिकमा लेख्नुभएको लेखलाई पनि आधार बनाएको थिएँ । हामी झापाली लेखक र पत्रकारहरूले उत्खननकालमा आ-आफ्नो सुविधा अनुसार त्यहाँ उपस्थिति भएर अवलोकन गरेका थियौँ । जेहोस्, पौराणिक पात्र राधालाई झापाको किच्चकबधमा भेटिएको सन्दर्भ उल्लेख गरी लेखिएको यस उपन्यासले ०६२ सालको मदन पुरस्कार प्राप्त गरेपछि यसका पाठकहरूलाई सबैभन्दा ठूलो जिज्ञासा नै किच्चकबध र त्यहाँ राधाले लेखेको आत्मकथा पढेर सुनाउने साधुबारेमा रहेको पाइन्छ । झापा पुग्दा एकपल्ट किच्चकबध पुग्ने चाहना धेरैले राख्ने गरेका छन् । कति त पुगेर आएका पनि छन् । तर, जो पुगेर आएका छन्, उनीहरूको त्यहाँ पुग्न चाहने उत्साह, पुगेपछि निराशाजनक भएको पनि पाइएको छ । मनमा जुन तस्िबर लिएर त्यहाँ जान्छन् र जब त्यहाँ त्यस्तो आकर्षण गर्ने कुनै कुरा भेट्दैनन्, तब उनीहरू खिस्रिक्क पर्ने गरेका छन् ।

साहित्यिक कृतिहरूबाट पनि पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण योगदान पुग्दो रहेछ भन्ने लागेको छ तर त्यस कुरालाई स्थानीय जनप्रतिनिधि तथा विकासवादी संस्थाहरूले गम्भीर रूपमा लिनुपर्छ भन्ने लाग्छ । किच्चकबधका बारेमा आजअघि जेजति प्रचार भएको थियो, त्यसको सयाँै गुणा बढी प्रचार राधा उपन्यासबाट भएको छ तर यस कुरालाई किच्चकबधसँग सरोकार राख्ने संस्था, व्यक्ति तथा स्थानीय विकास प्राधिकरणहरूले कुन रूपमा लिएको होला मलाई थाहा छैन । त्यसो त राधा एउटा साहित्यिक कृति हो । यो इतिहास पनि होइन, पुराण पनि होइन । यसमा आधुनिक तथ्य प्रणालीको प्रयोग गरएिको पनि छैन । तैपनि किच्चकबधको पर्यटकीय विकास र प्रचारमा नजानिँदो पाराले यस पुस्तकबाट राम्रै सहयोग पुगेको कुरा मलाई अनुभव भएको छ ।

किच्चकबधको नामकरण सर्वप्रथम कहिले र कसले गरेको हो र यस ठाउँमाथि महाभारतकालीन 'किच्चकको बध' भएको ठाउँको किम्वदन्ती कसरी आरोपित भएको हो भन्ने प्रश्न ऐतिहासिक वा पौराणिक जतैपट्टबिाट हेरे पनि उठ्ने गर्छ । तर, यस प्रश्नका पछि झापाली बुद्धिजीवी प्राध्यापक, अनुसन्धानकर्ता तथा पत्रकारहरू त्यति गम्भीर रूपले लागेको पाइँदैन । जे कुरालाई पनि सामान्य ढंगले प्रचारमा ल्याइदिने र दुई-चार दिन रमाइलो गर्ने मनोविज्ञानले धेरैलाई प्रभावित गरेको छ ।

उपन्यासले किच्चकबधलाई महाभारतकालीन कथामा आधारति भीमले किच्चकलाई बध गरेको कुरालाई पत्याएको छैन । पौराणिक कथाले पनि त्यो आधार दिँदैन । विराट राजाको दरबारमा बध गरएिको किच्चक 'किच्चकबध'मा पुग्ने सम्भावना नै छैन । फेर िविराटराजाको दरबार आजको हाम्रै विराटनगर हो भन्ने पनि खासै आधारहरू पाइँदैनन् । गोग्राहालाई कृष्णप्रसाद कोइरालाले विराटनगर नाम दिएपछि बनेको विराटनगर महाभारतीय हो भनेर हामीले मानिरहेका रहेछौँ । ऐतिहासिक वा पौराणिक आधारहरूको तथ्यांक खोजीतिर हामी किन नलागेको होला ?

राधा उपन्यास केवल पुराणको छेउछेउबाट हिँडेको मनोरञ्जनात्मक कृति मात्र नभई सांस्कृतिक विषयहरूमाथि उठेका ठूलठूला प्रश्नहरूको संग्रह पनि हो । सिंगै पुराणमाथि नै प्रश्नचिह्न बनेको यस पुस्तकले झापाली आदिवासीहरूलाई आफ्नो इतिहासको खोजी गर्न सुझाव पनि दिएको छ । हालसम्म राधा उपन्यासमाथि एक दर्जनभन्दा बढी स्नातकोत्तर तहमा शोधकार्य भइसके पनि यस पाटोतिर खासै कसैले अध्ययन गरेको देखेको छैन ।

महेशपुर गाविस-३ मा रहेको यस स्थानको विकास र संरक्षणमा उक्त गाविस र झापा जिल्ला विकास समितिको विशेष योगदान रहनुपर्छ भन्ने मलाई लाग्छ । वर्षमा एकदिन आदिवासीहरू भेला भएर मुरै र जुलेवी खाई मेला भर्दैमा किच्चकबधको महत्त्व स्थापित पनि हुँदैन, विकास पनि हुँदैन । यसलाई विशेष रूपले संरक्षण क्षेत्रभित्र पारेर विकास परियोजनाभित्र समावेश नगरे, कुनै दिन सस्तो लोकप्रियताका भोका राजनीतिक दलहरूले कृत्रिम सुकुम्वासीलाई लगेर छाप्रो हलाउन बेर छैन । पुरातत्त्व विभागलाई आफ्नो काम पूरा गर्न लगाउने स्थानीय दबाबको पनि आवश्यकता देख्छु ।

यदि किच्चकबधलाई यसको ऐतिहासिक वा पौराणिक तथ्यको आधार दिनसके पूर्वको लुम्बिनीसरह महत्त्व पाउने सम्भावना छ । त्यसो भए पर्यटन वर्ष २०११ ले यसलाई कसरी हेर्ला त

नेपाल साप्ताहिक ३९५

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 227
  • 3196 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    1 day 17 hours ago
  • आभार
    2 days 12 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 days 11 hours ago
  • आभार प्रकट गरे
    1 week 10 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 13 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 1 day ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 1 day ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 1 day ago
  • एकदम सान्दर्भिक
    1 week 1 day ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • विद्यार्थी हुँ म
  • जन्मदिनको शुभकामना
  • मिथिलाक किसान
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • कोरोना भाइरस
  • शुभ दिन बिहानीको
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • यसै गरी मिलोस तिम्रो माया
  • देशभक्त हुँ म
  • महलकी रानी
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • पुराना कुरा
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अहिलेको दशै
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • कुकुर
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • जुनेली रात

Last viewed:

  • सुरेन्द्र महर्जन"अमर" को "अदभूत" सार्वजनिक
  • घमण्डी मान्छे
  • गरिबको राष्ट्रगान
  • सायद जिन्दगीको परिभाषा
  • खुल्ला आकाश
  • नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
  • न त लाज छ, न डर छ
  • अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, फेब्रुवरी)
  • तमासा
  • रातो रानी फुले झैं साँझमा
  • नेतातन्त्र मेरो दिलको मन्त्र
  • फाटे पनि मन मुटु
  • कमिला
  • आफनै घर जलेको सपना
  • दुःख अर्थात् अावश्यकता
  • सफलताको बाटो
  • बेकाम जिन्दगी
  • आमाको ममता ! ( झ्याउरे कविता )
  • जिन्दगीले आफैसँग ढाटेपछि लेखेँ गजल
  • परेवाहरू
  • असीम आनन्द
  • कुकुर
  • एउटा पुरानो गजल
  • पदयोग-वियोग
  • गर्व
  • बादलुको घुम्टोले इलाम बजार छोपिंदा
  • परिचयको एक सन्दर्भ
  • बेमत्लबी हल्लाहरु
  • ढाटनु ढाट्यौ जनतालाई
  • आग्रह
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित