Skip to content

नचिनेको मान्छेको भर नपर

  • by


एकादेशमा एउटा दरबार थियो । त्यहाँको खाटमा एउटा उडुस बस्थ्यो । ऊ रात परेपछि मात्र खाटको दुलोबाट निस्कन्थ्यो । अनि राजाको रगत खान्थ्यो । एकदिन त्यो खाटमा एउटा उपियाँ आयो र उडुससँग बास माग्यो । उडुसले उसलाई नचिनेको हुनाले बास दिन मानेन ।

उपियाँले भन्यो- “आˆनो घरमा आएका पाहुनालाई बास दिनुको सट्टा किन गाली गर्छौ ?” उडुसलाई उसको कुरा मन पर्‍यो ।

उसले भन्यो- “तिमी र म त एउटै रगत खाने प्राणी हौँ । होसियार भएर मात्र राजाको रगत खानुपर्छ,

रात परेपछि मात्र नि फेरि ।” उडुसको कुरा उपियाँलाई मञ्जुर भयो । उपियाँ एकदमै चकचके थियो । उसले आफूले गरेको बाचा बिस्र्यो ।

राजा सुत्न मात्र आँटेका थिए, उपियाँले गएर रगत खायो । राजालाई रिस उठ्यो र उनले भने – “सेना हो यो खाट कुनै खोलामा लगेर फाल ।” त्यो कुरा सुन्नेबित्तिकै उपियाँ उफ्रेर भाग्यो तर विचरा उडुस भने खोलामा डुबेर मर्‍यो ।

त्यसैले नचिनेको मान्छेको विश्वास गर्न हुन्न ।

सुशिल चौलागाईँ, कक्षा- ६, वसुन्धरा पब्लिक विद्यालय, वसुन्धरा, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *