Skip to content


म पनि त देशको लागि केही गर्न सक्छु
नेपालमा जन्मेँ म त नेपालमै मर्छु ।
आफूले जानेको कुरा अरूलाई बुझाउँछु
विश्वासिलो देश हो भनी विश्वलाई चिनाउँछु ।
न्याय र अत्याचारको विरुद्ध म लड्छु ।
सयौँ गोली लागे पनि अगाडि म बढ्छु
म पनि त देशका लागि ज्यान दिन सक्छु ।
आफू मरि गए पनि देशको नाम चलाउँछु
म पनि त ठूलो भई देश हाँक्न सक्छु ।
देशको लागि मर्नु परे सहिद भई मर्छु

पुष्प वि.क., कक्षा ः ५
श्री नोवेल एकेडेमी, दोधारा-७, कैलाली, सेती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *