Skip to content


हामी हौँ बालबालिका
पढी-लेखी देशको सेवा गर्छौँ,
विकासको मूल फुटाई
उन्नतिको बीउ छर्छौँ ।
हामी साना बालबालिका
देशका कर्णधार हौँ,
हामीलाई खराब काममा हैन
राम्रो काममा लगाउँ ।
हामी साना बालबालिकाको
महìव बुझ्ने गरौँ,
हाम्रो भविष्य फलाई-फुलाई
विश्वभरि छरौँ ।

तुलबक्स मियाँ, कक्षा ः ३
सगुन ई. बो. स्कुल, ताप्ले-४, आहाले, गोरखा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *