Skip to content


धर्तीमाथि खातैखात लामा-लामा पात
माटोभित्र डल्लो फल्ने हुन्छ मेरो जात
साना-साना बिजुलाले बनेको छ डल्लो
मलाई बिर्से पक्का तिम्रो खाना हुन्छ खल्लो
मसला भन्छन् मलाई ठीकै त हो कुरो
जानेदेखि तिम्रो लागि औषधि हुँ ठूलो
सके खाउँ हरियो मै केलाएर पात
काम लाग्छ पछिसम्म सुकाएर राख
लसुन हुँ, सुनजस्तै तिमी पनि सुन
धेरैलाई खुसी पारेँ लगाएर गुन
उखान यो बुझी सबै भान्छातिर पसुन् ।
दिनको एक पोटी लसुन, डाक्टर बाहिरै बसुन् ।

विपिन पौडेल, कक्षा ः ७,
न्यू होराइजन, तानसेन, पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *