Skip to content


(नारद, हनुमान् कहाँ आउँछन्……..)
नारद – हनुमानजी यो भगवानको नाम जप्न छोड्नुस् तपाइँको नाम त भगवान्को डायरीमा छैन ।
हनुमान – म भगवान्लाई याद गर्न किन छोडुँ ? मेरो नाम भगवान्को डायरीमा होइन उहाँको हृदयमा हुन्छ ।
(नारद पुनः घुम्दै घुम्दै भगवान्कहाँ जान्छन्)
नारद – भगवान आज फेरि डायरी हेर्दै हुनुहुन्छ । यो अस्तिको भन्दा सानो छ । यसमा कसको नाम छ ?
भगवान – यो मेरो व्यक्तिगत डायरी हो यसमा ती भक्तको नाम छ जसलाई म स्वयं याद गर्दछु ।
नारद – के यो डायरी म हेर्न सक्छु ?
भगवान – अवश्य तिमी हेर्न सक्छौ ।
नारद – यसमा त हनुमानको नाम सबैभन्दा माथि छ । आफ्नो त नामै छैन नि !

अर्जुनकुमार गुप्ता, कक्षा ः ९,
माउण्ट एभरेष्ट ई. बो. स्कुल, सिरहा-७

Leave a Reply

Your email address will not be published. Required fields are marked *