Skip to content

“मेरो आमा र बाबा…”


असार महिना सिम-सिमे पानी
खेत रोप्न झरिन् कि,
अलि सन्चो थिएन मेरी आमा
कतै दु:खमा पो परिन् कि ?

खहरे खोला भल-पहिरो आउँदा
एक्लै पो तरिन् कि ,
सम्झना मात्र आइरहन्छ आमा
कतै भूमारीमा पो परिन् कि??

असारे महिना धब-धबे हिल्लो
बाबा नि खेत झरे कि ,
कम्मर अलि सन्चो छैन छोरा भन्थ्यो
खेत जोत्ने आफै पो परे कि ?

बाली लाउने बेला छोरा नहुँदा
दुख मन पो गरे कि ,
भने बेला कोही खेताला नपाउंदा
रोपाइको दिनै पो सारे कि ?

यो असारमा बन्धनमा म परें
अर्को साल आउँछु है ,
मै जोत्छु गोरु, मै हिंड्छु पर्म
बेलैमा बाली लाउँछु है………
बेलैमा बाली लाउँछु है………

राजेश रुम्बा लामा “अतृप्त”
दोहा , कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *