मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक

kbs — Wed, 07/23/2008 - 00:29

  • वर्णनात्मक निबन्ध
  • कृष्णचन्द्रसिंह प्रधान
  • वाग्मतीको हरक

लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र त्यसअनुसार बनिदिएका लेखक हौँ हामी भन्नलाई ?

र्‍याङठ्याङ नमिलेको समाज, तालमेल नमिलेको स्थिति, अमिल्दो चाँजोपाँजो, घरव्यवहार, के-के के-के उल्टो भोगाइ र विपरीत परिस्थितिको जेलाइमा जब ठोकिन्छौँ, पेलिन्छौँ, कोपरिन्छौँ मन छोइँदो रहेछ, मन बिझ्दो रहेछ, मन दुख्दो रहेछ। यो घाउ बोकेको दुखाइ, असन्तोषभित्रका संवेदनाले शब्दहरू कोरलेर जब क्यै बोल्छ, क्यै भन्छ, क्यै उकेल्छ, ओह ! लेखक भइदिँदा रहेछौँ, कवि भइदिँदा रहेछौँ।

मेरो लेखक पनि विपरीत स्थितिमा जेलिएर जन्मेको रहेछ। नचाहीकनै लाग्नुपरेको अनिच्छामा अनायास टुसाएको बिरुवा हुँ म, मेरो पुर्पुरोमा कहाँ लेखक हुन लेखिएको थियो र? त्यसरी लेखक बनेको साहित्यकार म हुँदै होइन। अरूको हकमा थाहा छैन। ( सम्भव छ धेरै अपवाद होलान्) म चाहेर साहित्यकार हुनेहरूजस्तै भइदिएको पक्कै होइन– लेखिरहेको पनि होइन, पछि लागिरहेको पनि होइन। लागेपछि छाड्न सक्तैनौँ, अर्कै कुरा हो।

यसो भन्दा लाग्ला म साहित्य रुचाउँदिनँ। साहित्यिक त झन् हुँदै होइन। कस्तो अनर्थ। लेखक, साहित्यकार भईकन पनि साहित्यको विरोध पो गर्दो रहेछ, अनुपयोगी अनावश्यक पो ठान्दो रहेछ। वास्तवमा होइन, सरासर गलत हो। यी हेर, अपजससमेत माथमा थापेर खप्ने र नलागिरहन पनि नसक्नेहरूको घुँइँचोमा म त सीमान्तको आखिरी स्तम्भ भई आज पनि उभिएको छु।

एउटा सत्य यो हो।

प्रतिकूल अवस्थामा जो जे भइदिन्छन्, जस्तो होइदिन्छन्, त्यो नै उनीहरूको सक्कली अनुहार होइन – हो भनेर मान्नै सक्तिनँ। विवशताले सिर्जेको होस् कि विफलताले रचेको, बनाइदिएर बनिदिएको भनूँ वा आफैँले आर्जेको – साँच्ची भनूँ भने त्यो उसको स्वकीय रोजाइ थिएन, स्वतन्त्र छनोट थिएऩ, स्वैच्छिक वरण थिएन। दुवैको रिक्ततामा समर्पित हुनेहरूको कमाइ भनेर बरु यसलाई नियतिको जिम्मा लगाउन चाहन्छु।

अर्थात् जो जे हो त्यही होइनौँ हामी, यी मान्छेहरू पनि होइनन्। जे होइनौँ त्यही पो भइदिइराखेका हुन्छौँ। यसैलाई नियति भनेको हुँ – एकौटा परिणाम अनियोजित यथार्थ र नसोचिएको निष्कर्ष। उसलाई के थाहा थियो र म यो हुन्छु, यो हुन्नँ भन्नलाई ? तर जे भइदिन्छ, प्रत्यक्ष छ – चाहेको भन्दा उल्टो, सोचेको भन्दा विपरीत। अन्ततः यो नै सत्य भई चिनिँदा रहेछौँ, जनाइँदा रहेछौँ, बुझिँदा रहेछौँ।

म, जसलाई लेखक भन्छन् एउटा साहित्यकार हुँ र यही रूपमा समाजमा चिनिन्छु। साँच्ची भनूँ भने म लेखक भएर जन्मेको थिइनँ। त्यस्तै लेखक बन्न जन्मेको पनि थिइनँ। नियतिले यस्तै बनाइदियो, म बनिदिएको सम्म हुँ। अब त यसलाई व्यक्तिको अगोचर अहम्‌द्वारा निर्मित व्यक्तित्वको प्रस्फुटन भनेर चित्त बुझाइरहेछु। सुरुमा विवशताभित्रको रोजाइसित सम्बन्धित थिएँ र त्यसको सम्भाव्यता सहज थियो होला र अनुकूल पनि। मैले यसलाई आफ्नो अस्तित्वको खोजीमा त्यसतिरको झिनो, मलिन र मधुरो चेतनाद्वारा विकल्पमा अङ्गीकार गरेको बाटो भन्ने गरेको छु। अनि पहिचानको खोजी र निजी अस्तित्वप्रति उन्मुख चेतनाको आरम्भिक जिज्ञासा। त्यस अवस्थामा उसको व्यक्तिगत मूल्य हुँदै हुन्न भन्ने होइन र ‘अस्वैच्छिक छनोट‘ भन्ने भूल पनि गर्दिनँ। प्रतिस्थापित गर्ने अस्मिताको पहिलो चेत भई यसले रच्यो, हुर्कायो।

दोस्रो सत्य यो हो।

यस्तोमा संयोग वा सुखद उत्पत्ति भनेर तर्क गर्न चाहन्नँ। म त यहाँ बेथिति र विपरीत विषयको कुरो गर्दै छु। दुर्भाग्य र दुखजिलोबारे क्यै भन्दै छु। संयोगसुख स्वैच्छिक आराधन नै यो होइन जो अप्रासङ्गिक लाग्छ। तर सोचेको खण्डमा यहाँ पनि क्यै असङ्गति, क्यै बिब्ल्याँटो फेला पर्नेछ। मेरो सरोकारको विषय भने विपरीततामा जेलिएको जीवन हो जसलाई नियति ठानेर सकारेको छु र जो मेरो साहित्यकारको पनि स्रष्टा हो, निर्माता पनि।

सौभाग्य – दुर्भाग्य जे भनूँ यसको श्रेय कुनै एउटाको थाप्लोमा हालेर त्यसैबाट अभिशापित विफलता, अपयश नै म थिएँ, मेरो विगत भनेर दुःखित र पश्चात्तापित हुन सक्तिनँ। यसैबाट महिमान्वित भएको उपलब्धि नै म हुँ, मेरो भनेर आकर्षित भई गौरव पनि गर्दिनँ। परिणति अवश्य हुँ अनि त्यसैबाट सिर्जित, विकसित र प्रतिफलित म हुँ, मेरो लेखक हो, मेरा सृजनाहरू हुन्। होइन भनेर किन लघुताभास गरूँ ? किन हो भनेरै गर्व गरूँ ? महत्त्वपूर्ण कुरो त परिस्थितिको उपज हुँदाहुँदै पनि यसलाई दल्ने अर्को सत्य छ जसको उपेक्षा गर्न सक्तिनँ।

मान्छे खालि परिस्थितिको सृजना होइन, घटनाहरू त्यसकै परिणति होइनन् र घटित परिप्रेक्ष अनि इतिहासहरू यथार्थताहरू नै समाज होइन, हामी होइनौँ। सकारेर परिस्थितिको कमारो भइदिनेहरू होलान्। तिनका बारेमा क्यै भन्नु छैन। म त मनुष्यको कारयिता व्यक्तित्वमाथि विश्वास गर्ने मान्छे हुँ। कसैको परिणति भएर जन्मेको अपाङ्गले पनि क्यै होला, गर्ला भनी कसले पत्यावोस् ? विवशताभित्र पनि आकाङ्क्षाहरू बाँचेकै हुँदा रहेछन्। विपरीत भोगाइमा पनि सप्ठेरोको तसास भइदिँदो रहेछ। क्यै गर्नै नसकिने स्थितिमा पनि क्यै नगरिरहन सकिँदो रहेनछ। सायद यहीँ मानिसको भविष्य जन्मने गर्छ, यहीँ उसका इन्क्लाबहरू बाँचेका हुन्छन्, यहीँ उसको सृजनशीलता मौलाइरहेको हुन्छ, यहीँ अक्षराङ्कित हुँदो रहेछ उसका भावनाहरू, विचारहरू पनि।

विपरीतताको जिन्दगी जिउनेका लागि गोरेटो लाग्ने मामुली अवसर पनि दुर्लभ भइदिँदो रहेछ। भाग्यले जोर्ने सम्भावनाहरूबाट वञ्चित हुनेलाई अप्रत्याशित प्राप्ति पनि नसिब हुँदैन। साँच्ची हो, प्रतिकूलताका दुर्दिनलाई भाग्यले पनि साथ दिँदो रहेनछ। यसकारण चिन्तित हुनेहरूले यसलाई हाँक ठानेर कबुल्न र विरोधमा भिड्न सक्तैनँ। भने उसको पराजित मृत्यु लालमोहर भइदिन्छ – कहिल्यै बदर हुँदैन।

समझदारी र स्थितिको ज्ञानको साथै मनको कतै कुनामा क्यै गर्ने चाह, जिज्ञासाहरू जब सलबलाउँछन्, जब अस्तित्वबोध गर्छौँ क्यै नहुनुभित्रै र बाटो भई हिँड्न र गन्तव्य भई लक्षित हुन तन्मयताका साथ लागिपर्छौँ – तिनको सामु हिजोका प्रतिकूलता, दुर्दिनहरू गोडा समाउन पुग्दा रहेछन्, आत्मसमर्पण गर्छन् हाँसीखुसी र विवशताहरू बादल छाँटिएर उघ्रने आकाशझैँ खुलिदिन्छन्।

अभावहरू निरस्त्र भईनसकेको घडीमा पनि आशा ओइलाएन। प्रतिकूलताहरू पराजित भइनसकेको विवशतामा पनि विश्वास मरेन। दुर्दिनहरूले घेरिएको पर्खालभित्र सम्पूर्ण गति अवरुद्ध हुँदा पनि साहस रोगाएन। अहिले नै पनि कहाँ कसैको सम्पन्नताले नापिएर ठूलो हुन चाहेको छु र ? कहाँ कसैको अनुकूलताले दाँजिएर गर्व गर्ने गरेको छु र ? कहाँ कसैको सुदिनताले पराजित भई हार मान्ने गरेको छु र ? कहाँ कसैको गौरवले महिमान्वित भई महान् हुने आशा राखेको छु र ? मेरो पछि लागिरहने पूर्णताको म आफैँ एक बिन्दु हुँ जसको न साँध छ, न अन्त्य।

म कसैको महानतामाथि आस्था राख्छु, भक्ति होइन। प्रत्येक महापुरुषलाई श्रद्धा गर्छु , पूजा होइन। सबैको सृजना, योगदानहरूको कदर गर्छु, अनुकरण होइन। हरएकको त्याग र बलिदानबाट प्रभावित हुन्छु समर्पित होइन। गोरवान्वित हुनु भनेको पनि सम्मान प्रकट गर्नु हो। म यसलाई कृतज्ञता व्यक्त गर्ने भन्छु। अकिञ्चन सम्झेर भक्ति प्रदर्शन गर्नु पनि त आत्मसमर्पण गर्नु हो- एक प्रकारको विसर्जन।

सारांशमा अस्तित्वबोधको अर्थ आफैँसितको साक्षात्‌कार भन्ने ठानेको छु। क्यै हुँ भन्ने ज्ञानको रिक्ततामा लघुता र हीनताबोध मात्र गरिरहेका हुन्छौँ। यसबारे कसैसित गुनासो गर्दिनँ, न मेरो टिप्पणी नै छ। आफैँलाई ठम्याउने प्रयासमा हासिल गरेको अनुभवको कुरो मात्रै गर्दै छु जसले मलाई रच्यो, हुर्कायो, बनायो। त्यसप्रति म कठोर हुनै सक्तिनँ। कसरी तिरस्कार गर्ने दुस्साहस गरूँ ?

जस्तो माथि भनिसकेँ, म साहित्य रुचाउँदिनँ। रुचाउँदिनँको अर्थ स्वेच्छाले रोजेर यसको पछि लागेको थिइऩँ भन्ने निषेधार्थक व्यञ्जना मात्र हो। असल खराबको ज्ञान नहुनेले छु्ट्याउनै कहाँ सक्छ र टिपेर सिउरोस् ? वा पछि लागेर लेखोस् ? नचाहेको कामको विरोधमा सृजनाले सृजनाले मलाई सबभन्दा पहिलो बोल्न लगायो र गुनगुनाएँ। त्यो कविता थियो- अनिच्छावश लाग्नुपरेको कामको प्रतिरोध गर्न व्यक्तिएको आकस्मिक प्रतिक्रिया – आफ्नै बाबुको विरोधमा ! अहिले आएर बुझ्दै छु- लेखक त बायाँ पो लाग्दो रहेछ। यहीँ पो रहेछ उत्प्रेरक तत्त्व र उद्भावित प्रेरणा। क्रौञ्चहत्याको विरोधमा प्रस्फुटित ‘मा निषाद प्रतिष्ठा‘लाई यसको शाश्वत दृष्टान्त भनेँ।

मैले सम्झेँ बिनापुँजी गरिने व्यवसायको नाम हो साहित्य, कला। लगानी लगाउनुपर्ने झन्झट पनि छैन, पुँजी पनि चाहिँदैन। यही सोचेर लागेको रहेछु। कत्रो भ्रममा थिएँ ! बिनापुँजी, क्यै हुन सक्छ र ? मसँग भने न भौतिक पुँजी थियो, न शैक्षिक, बौद्धिक। बिनापुँजी, बिनालगानी साहित्यिक धन्दामा लाग्नेलाई उसको दुस्साहस नै त भन्नपर्छ। यस्तो पाइला चाल्नलाई मलाई मेरो विवशताले सुर्‍यायो भने क्यै हुँ भन्ने बोध गरायो आफूलाई खोज्ने जिज्ञासाले, अनि भित्रभित्रको भुकुभुके चेतनाले आत्मविश्वास जगाइदियो।

यसरी साहित्यको खेतीमा लागेँछु। कृषिप्रधान देशको उन्नतिको मुख्य आधार कृषि हो- यसको समुन्नतिमा देशको विकास निर्भर रहन्छ गर्दछ भन्छन्। कला, साहित्यप्रधान देशलाई चिनाउने मुख्य वस्तु त्यहाँको साहित्य, कलाकृति हो। त्यसको समृद्धि भनेकै त्यहाँको सांस्कृतिक उत्कृष्टता हो- यसैले प्रतिनिधित्व गर्छ भन्छन् विद्वान्‌हरू। यसलाई सुम्पेर मैले सही गरेँ कि गलत, उचित भयो कि अनर्गल- हामी अनभिज्ञ छैनौँ। तर ज-जसको नाममा राजनीति गरे हिजोकाहरूले र आजकाहरूले पनि गरिरहेका छन्, हेर्ने हो भने ठगिनेहरूमा मुख्य तिनीहरू नै पर्दछन् जसको निमित्त नेताहरूले दुःख झेले, जेल गए, बलि भए, प्रजातन्त्र ल्याए। त्यस्तै-त्यस्तै गरेर, तिनकै नाममा फेरि भो, सम्मानित हुने आदर्शका कुरा गर्न चाहन्नँ। सुन्ने मान्छेको कान टट्टाइसक्यो, भोक मरिसक्यो, इच्छाहरू बाँझै छन्। बाँझै छौँ तँ, तिमी, यो देश, हामीहरू उत्सर्गित हुने नेताहरूको त्याग, निष्ठा र राजनीति भोगेर।

यसकारण साहित्यको विकास गरेँ, तला थपेँ, योगदान गरेँ जस्ता ठूलठूला कुरा गर्दिनँ। यसमा लक्षित नहुनाले कहिल्यै सोचिनँ पनि। तथापि लेखाइ, प्रयोग, योगदानहरूबाट लाभ भएछ भने त खुसी त लाग्ने नै भो ! यही हेक्का राखेर साहित्यकार भएँ भनेमा बडप्पन ठहरिनेछ – यसो भन्न सक्तिनँ। कहाँ त्यस्तो महान्, गरिमामय, गहन र उच्चकोटीको सृजनकार्य, कहाँ क्षुद्र, अबुझ, अपठित म। कखहराबाट थाल्नेहरूले आरम्भकालमै योगदानको कुरा कहाँ गर्छन् र पत्याइदेओस् ?

आफ्नै सन्दर्भमा भन्दा साहित्यलाई त्यान्द्रो ठानेर हेलिन खोजेको थिएँ। लाभ भयो कि हानि यो त व्यवसायीहरूले गर्ने हिसाब–किताब हो, तर जुन कुराले उत्प्रेरित भई लेखक भएँ त्यो भौतिक थिएन, त्यसकारण क्यै पाइनँ भन्छु भने सरासर झूट बोलेको लाग्नेछ। रिक्तताको स्थितिमा जे-जेबाट वञ्चित हुनुपर्‍यो र भएँ तिनीहरू सांस्कृतिक वा सृजनात्मक थिएनन्, यसकारण क्यै होइन भन्दा दुर्दिनलाई निम्त्याउनुपर्नेछ। हाम्रोमा दुवैमाझ न सौहार्द सम्बन्ध छ, न सुजनता, न हार्दिकता। एउटाको लागि दोस्रोको परित्याग गर्नुपर्ने थिति, सामाजिकता, नासमझदारी र असङ्गतिले गर्दा कतिलाई अनैतिक, असभ्य, असंस्कारी हुनुपर्‍यो, कतिलाई निर्धन, निराश्रित र अवहेलित। यसकारण अव्यावहारिक र असामाजिक भनाएर कसैलाई लाञ्छित हुनुनपरेको पनि छैन। जे-जस्तो हुन र जहाँ पनि ठिक्क भइदिनेहरू कोही लाभान्वित, सम्मानित, तथा अभिनन्दित हुँदै नभएका पनि छैनन्। दुवै नचाहनेका लागि बाँच्नु कति कठिन हुँदो रहेछ ! तिनका प्रति निरपेक्षित नै रहेर संलग्न मेरो साहित्यिकतामा म केवल विनत भएँ, क्रियाशील रहेँ। स्वाधीनता बाँचेँ।

खुसीको कुरो हो, कसैका प्रति ऋणी भएर अनुगृहीत हुनुपरेन। कसैका प्रति आभारी भई सुजनता देखाउनुपरेन। भुक्तानी गर्ने बोझ बोकेर दुःख झेल्नु पनि परेन। परिणामतः म बढी आत्माभिमान गर्ने भएँछु- बढी स्वतन्त्र, निर्भीक, निःसङ्कोची।

दुःख त चेपारेहरूको निमित्त मन नपराउँदा झेल्नुपरेको आलोचना, आरोपमा लाग्यो। घुसघुसेहरूका लागि अप्रिय भइदिँदा खेप्नुपरेको गाली, विरोधमा लाग्यो। हानिकारक थिएन त भन्दिनँ। रङ बदल्नेहरूको निमित्त म सुहाइनँ। अवसर छोपी जहिले जे गर्न र जे हुन पनि सक्नेहरूलाई गाँससँगै मिसिएर गिर्खा भएँछु। न मिसिन सकेँ, न नजिकिन सकेँ, न साखिलो हुन सकेँ। ठाउँ हेरी व्यवहार गर्न नजान्ने अव्यावहारिक ठहरिएँ, जमाना हेरी बदल्न नसक्ने अज्ञानी कहलिएँ, अवसर छोपी फाइदा उठाउन नसक्ने बुद्धूमा दरिएँ।

चाहनाहरू मेरा विरुद्ध अनैतिक नभइदिएकाले कुबाटो लाग्नुपरेन। यो आफ्नै सन्दर्भमा भन्दै छु, त्यसैले स्पष्टीकरण आवश्यक नपर्ला।

नैतिकता आफैँ अमूर्त छ र अपारदर्शी। सर्वसम्मत हुनै नसकिने विवादास्पद भएर भन्दा सामाजिक अवमूल्यनअन्तर्गतका प्रश्नसित जोडिन पुगेकाले अब यो स्वतन्त्र रहेन। व्यक्तिगत ठानेर सद्दे हो कि बिटुलो भनी जाँच्ने, परख्‍ने मानदण्ड नै रहेन। यसलाई निर्धारित गर्ने त समाज हो, हाम्रा परिवेशहरू, वातावरण र वस्तुस्थिति हुन्। यहीँ सङ्लो छैन भने प्रदूषित त हुने नै भो। सारै पो छाडा भएछ। त्यस्तोमा नैतिकताको पनि ऊर्जा मानिने यो साहित्य जसको न बजार छ, न गाहकी, न भाउ छ, न खरिद-बिक्री, कति नै महान् वस्तु भएर वशीभूत गर्न सक्ला र प्रभावको कुरा गर्छौँ ?

म अरबौँको कुरा गर्दिनँ। दुई-चार करोडको पनि होइन। दुई-चार लाखको मात्रै कुरा गर्दै छु। अझ दुई-चार हजारले नै कतिलाई डोर्‍याइराख्‍न सक्तो रहेछ। किनबेच र बेचबिखनका जिनिस भई दुकानमा सजिदिन सक्छौँ। अब त अरूको अधिकारसमेत खोसेर सम्पन्नताको सपना देख्‍ने भइसक्यौँ हामी शिक्षक, साहित्यकार, बुद्धिजीवीहरू पनि ! यस्तोमा कसैलाई अकलुषित भई जीवितै पाउँछौँ भने यो उसको सारै ठूलो त्याग हो। ठट्टा होइन। कहाँ सबैका निम्ति सम्भव हुँदो रहेछ। छ त्यस्तो नैतिकता ? आदर्श ? आत्माभिमान ? खै, कहाँ यस्तो त्याग, अविचलन, निष्ठा र साहसिकता ?

हामी त क्यै हुने लोभले सबथोक गुमाउन सक्ता रहेछौँ। हामी त क्यै पाउने आशाले जतिसुकै तल झरिदिँदा रहेछौँ।

त्याग नभएको लोभले अपमानित भइरहने हामी, स्वाभिमान नभएको अभिमानले अमर्यादित भइरहेका हामी, हामी आफैँले आफ्नो अवमूल्यन गरेको मूल्यको लागि लडिरहने बहादुर हौँ। हामी आफैँले आफ्नो अपमान गरेर सम्मानित हुन हल्ला मचाइरहने महापुरुष हौँ। यो हल्ला र बोलाइमा, यो विरोध र समर्थनमा, यो अभिमान र अपमानमा खै कहाँ छ हाम्रो मूल्य ? कहाँ छ अस्तित्व ? कहाँ मान-सम्मान ? कहाँ छन् गरिमा र गौरवहरू ?

यसै थुप्रोमा पतिङ्गर भई म पनि हलुङ्गिएँछु, पत्तै भएन। यसै भीडमा अस्तित्वहीन भई म पनि अवहेलित भएछु, यादै भएन। यसै जमातमा गाइने भई म पनि अर्चना गर्न थालेँछु होसै भएन। व्यर्थै अरूमाथि खनिएर निर्दोष हुन अभिनय गर्नेहरू त हामी पो रहेछौँ – म, तपाईँहरू !

आऊ ! यस प्रतिस्पर्धाबाट अमलेख हुन एक मिनेट मौनधारण गरौँ।
आऊ ! अरू ओह्रालो नलाग्न आ-आफैँलाई धिक्कारेर आत्मालोचना गरौँ।
आऊ ! यस गिर्दो मूल्य र आफैँप्रति विश्वास नराख्‍ने लघुताको विरोधमा युद्ध आरम्भ गरौँ-
एकछिनका लागि रङहरू बिर्सेर,
एकछिनका लागि जातहरू फालेर,
एकछिनका लागि सबैमा सबै समाहित भएर,
भाषाहरूको मन्दिरमा स्थापित साहित्यका सबै देवीदेवताहरूको अर्चना गरेर,
भित्र-भित्र अवस्थित स्रष्टाका मूर्तिहरूमा श्रद्धासुमन अर्पेर,
आऊ !आ-आफूभित्रका देवतालाई प्रतिष्ठापित गरौँ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 32 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 16 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 16 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 16 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 18 hours ago
  • Nice !
    5 days 22 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 21 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • म एक पात्र हुँ
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • शब्दकोष
  • ""तिम्रो बाउलाई भन्दे हुन्छ"" अलबिदा मझेरी डट कम ""Good बाई""
  • भक्तेले स्कूटर किनेन
  • जिन्दगीले यसरी धोका दियो कि
  • प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा
  • मानसिक रोग
  • स्वस्थानी कथाको सन्देश के हो ?
  • तिम्रो भर्ने पाथी भए मेरो भर्ने मानो होला
  • साङ्केतिक भाषा
  • मृत्युशय्यामा युधिष्ठिर
  • मेरो टोलको खबर
  • इन्द्रावतीका पात्रहरूसँग
  • गोडुम्बा र म
  • भन न तिमी कहाँ लुक्यौ ? (सेलो)
  • स्मृतिमा रुद्रसर
  • राशिफलको बेग्लै संसार !
  • सम्बन्धका दूरी
  • भोक हो माया
  • तिमीलाई अचेल कहाँ भेटुँ
  • मायाले मलाई विषै देऊ
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित