Skip to content

किन तिम्रो माया लाग्छ


किन तिम्रो माया लाग्छ
मलाई यसरी -यसरी ?
तिम्रो सामु पोखौं म
भन कसरी भन कसरी ??

समझनाले सताई दिन्छ
सधैं-सधैंभरि ,
उँडाएर लैजाऊँ लाग्छ
तिमीलाई बादल सरी …

तिम्रो यादले मुटु मेरो
दुख्छ बेसरी, दुख्छ बेसरी
देखाऊँ म तिमीलाई यी सब
भन कसरी, भन कसरी ?

संका मलाई गरिराख्छौ
तिमीले घरि-घरि
त्यो नै पीरले जल्दैछु म
हर रातदिनभरि ….

बिस्वास किन गर्दिनौ
तिमी त्यसरी, तिमी त्यसरी ?
फटाइराख्छौ यो मन मेरो
सिलाऊँ कसरी, सिलाऊँ कसरी ??

राजेश रुम्बा लामा “अतृप्त”
दोहा,कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *