Skip to content


विमलकुमार, यस्तै करिब ३५ वर्षको विवाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाइरहेको छ । उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभावको मान्छे भनेर चिनिएको छ । सधैं अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गाली र अफिस कै साथीहरूले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिलेकाहीं । एकतिर कामको टेन्सन त्यो माथिसँगै काम गर्ने साथीहरूले इर्श्याले गर्दा झन नराम्रो अनुभव गर्छ विमलकुमारले । उसको श्रीमती घरमा नै बस्छे । यस्तै ऊभन्दा २ वर्ष कान्छी होलिन् श्रीमान भन्दा, तरुनी उमेरमा निकै राम्री थिइन । तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन् । एउटा छोरालाई हेरविचार अनि स्कुल पठाउने अनि घरको सबै कामहरू तिनी सम्हाल्छिन ।

विमलकुमार आज अलि थाकेको महसुस गर्दै ५ बजेतिर घर फर्कियो । घरमा श्रीमती छोरा साझको तरकारी किन्न तलतिरको अलि टाढा पसलमा गएका रहेछन । ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ । कामको बोझले थाकेकोले होला केही बेर सोफामा शरीर छोडी दिन्छ ।

विमलकुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासँग न्युरोडतिर हिड्दैछ । रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे । रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरूलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ । जो कोही पनि एक पटक रुपासँग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ ।

विमलकुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे । घरीघरी बोल्ने हाँस्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पष्ट देखिने गर्छ, यो बेला विमलकुमार केही अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ । रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै विमलकुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन ।

विमल दाइ “मलाई के खुवाउने आज?” त्यसै त विद्यार्थी जीवन, सधैं पैसाको खाचो, रुपा आज खुशी छे । त्यही माथि अफिस गर्ने विमल दाइले रेस्टुराँमा खुवाउन लगेपछि ।”अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न” विमलकुमार रुपालाई आस्वस्त पार्दै भन्छ । ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा । सायद उसको युवा उमेरमा यस्तो अनुभव लिन पाएन होला त्यसैले । हुन पनि त्यो बेला विमलकुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन । अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन विमलकुमारको लागि ।

रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र विमलले थुक्पा साथै कोक नै अर्डर गरे ।

“अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ ?” कुराकानीलाई अगाडि बढाउने क्रममा विमलले सोध्यो ।

“के हुनु दाइ, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन ।”

हुन पनि त्यो १८ वर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई । फेरि तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले ।

“हेर! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केही सुख पाउनलाई दु:ख त हुन्छ नै शुरुमा, आतिनु हुदैन है” भन्दै सम्झाउन खोज्छ ।

“आ विमल दाइ पनि, म कहा आतिएको छु र …के गर्नु आफूलाई यहा साथीहरूसँग हिड्न पनि अप्ठ्यारो हुन्छ, साथीहरू हरेक महिना नयाँ लुगा लगाउछन, आफू भने यस्तै हो, भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि” ।

एकै पटकमा त्यो लामो कुरा गरी रुपाले, त्यतिकै बेला कोक ल्याई दिए साहुजीले । विमलकुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि ।

रेस्टुराँमा टेबल अनि कुर्सी सागुरो थियो, रुपाले त्यहा कुर्सीमा गोडा अलिकति फाटेर बसेकी थिइन् । अचानक विमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो ।फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाइको नाताले अप्ठ्यारो थियो । तापनि छोरा मान्छे न हो त्यसै पुरुष वर्गमा नै पर्यो विमलकुमार, संसारमा यौनमा कोही पनि प्राणी अछुतो छैनन् ।यही बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अँझै पुगेन भने फेरि पनि मगाउ है भन्दै विमलकुमारले खान शुरु गरे ।

थुक्पा खादै पनि विमलकुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो । हुन पनि रुपाको नितम्ब निकै ठाडो ठाडो थियो र त्यो लगाएको शर्टमा प्रष्ट देखिन्थ्यो ।यो उमेरमा अहिलेका टिन एजका केटीहरू पनि केटाहरू आफूतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाई सर्बविदित नै छ ।यसमा रुपा पनि के कम, राम्री देखिनु अनि केटाहरूले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई । बाहिर रिसाए जस्तो गरे पनि केटाहरूले सेक्सीभन्दा खेरि, कति केटीहरू भित्र मन मनमा खुशी भएको आभास पाइन्छ नै । विमलकुमार पनि के कम, रुपासँग कुनै नजिकको नाता सम्बन्ध थिएन । यदि रुपाले चाहेमा उनीहरू बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो ।तर ऊ विवाहित अनि ५ वर्षे छोराको बाउ थियो । आज किन किन ऊ रुपालाई पाएर खुब रमाइरहेको छ । मानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा विमलकुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रीति गाँस्दै छ रुपासँग ।

अनि दुवै जनाले म:म अनि थुक्पा खाइसके विमलकुमारले भन्यो “रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरूख खानको “दिल तो पागल हाइ” चलिरहेको छ, हेर्न जाने हो?” रुपाले यसो टाउको कन्याएर भनिन् ” विमल दाइ मसँग पैसा नै छैन अनि” ।”रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि” भन्दै विमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाइले भनेपछि म त तयार छु रुपा फुरुंग भइन् ।दुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर विमलकुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे ।अनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो । रुपा विमलकुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे ।

फिलिम शुरु भयो, शाहरूख खान देखेपछि त्यसै त रुपा उसको फ्यान झन खुशी भइन् । हलभित्र अँध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा विमलकुमारसँग कुम जुधाएर बसिन् ।आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि ।विमलकुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि । रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो ।
बिस्तारै फिलिम हेर्ने क्रममा विमलकुमारले रुपाको हात समाते । अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला ।अब विमलकुमारको आट आयो, रुपाले केही नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाँध्यो । अनि उसले भन्यो, “आइ लभ यु रुपा, आइ लभ यु सो मच।”

केरे कसलाई आइ लभ यु हरे…..पागल भयौ कि क्या हो भन्दै विमलकुमारलाई झकझाकाइन् उसकी श्रीमतीले । विमलकुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निद्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आइपुगेका रहेछन् । धत्! क्या मिठो सपना भताभुंग भयो, हाँस्दै विमलकुमार अफिसको पोशाक फुकाल्न थाले ।

लेखक: बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
अक्टोबर २००९

65 thoughts on “रुपकी रानी रुपा (मनोवाद यौन कथा)”

  1. story ta thikai ho tara
    story ta thikai ho tara bishwojyoti cinema hallma hindi movie nai lagdaina only nepali jasto lagchha. hoina ra.

    1. Story ta ramro 6 tara bich
      Story ta ramro 6 tara bich mai sidhyo ali romance lie beyjod tarika lay parastut garnu hola next time…

    2. something
      l like so much ajakla long long story bhanda short story nai badi man parau6 but yaha nira resturant jun order leraune sahuji le bhanda waiter le bhaneko bhaya aja ramro hunthyo ki

  2. वास्तबिक जीवनमा आधारित कथा
    वास्तबिक जीवनमा आधारित कथा रहेछ ठयाक्कै म सग मिल्ने………

  3. कथा साचै नै चाख लाग्दो रहेछ
    कथा साचै नै चाख लाग्दो रहेछ, पढदै जादा राम्रो लाग्यो, अझ राम्रो कथाहरु लेख्नु होला |

  4. कथा कथैजस्तो छ
    पढ्न शुद्ध भए पनि लेखाइमा सुधारको अपेक्षा

    खार्न बाँकी छ
    कथानक झिनो भए पनि कथाको मनोविश्लेषण फाँट शक्तिशाली छ
    कथानक झिनो हुनु यस्ता कथाको विशेषता नै हो
    [email protected]

  5. भलाकुसारीमा युवा मत र दृष्टिकोण पाइन्थ्यो
    बम होइन भलाकुसारी
    मझेरीको तागत र श्रृङ्गार हो
    अतः यसको निरन्तरताको माँग गर्दछु
    असहजता पर्नपुगेमा केही समय पछि निरन्तरता दिन सकिन्छ
    सकारात्मक सोचले आवाज मात्र बुलन्द गरेको हुँ
    धन्यवाद

    माथिको कथा वारेको कुरा= पढ्न शुद्ध भए पनि लेखाइमा सुधारको अपेक्षा

    खार्न बाँकी छ
    कथानक झिनो भए पनि कथाको मनोविश्लेषण फाँट शक्तिशाली छ
    कथानक झिनो हुनु यस्ता कथाको विशेषता नै हो
    [email protected]

  6. ओहो भाइको स्वादिलो कथा
    ओहो भाइको स्वादिलो कथा पढ्न पाइयो, अमेरिकामा बसेर नेपाल काठमाडौँ सहरको चित्रण गर्नु एउटा सबल पक्ष मान्नु पर्छ, भाइ |

  7. Hoina hau katha ali pura bhayena…..
    ma ta ke ke na hune hola, babal hune hola sochdai padhdai gaye ….tara katha ajh ali complete bhayena…kathakar jyu, yasto suspend rakhne gari katha lekhne ho ta?

  8. Thank you so much for everyone
    यस मनोवाद यौन कथालाई पढेर कमेन्ट गरि दिनु हुने सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुलाई मेरो नमस्कार | मेरा अरु पनि कथा,कविता अनि लेखहरु यस मझेरी डट कम मा छापिएका छन् | कृपया पढेर कमेन्ट गरिदिन हुन अनुरोध गर्दछु |
    साथै यस मझेरी डट कम का सम्पादक ज्युलाई पनि धन्यवाद दिन चाहन्छु |

    email: [email protected]

  9. This story is almost day dreamer’s view
    This story is almost day dreamer’s view.It is happened sometime if you are not satisfy with your wife.Bimal kumar is just leading a charectar about this story.

  10. it is not good cemestry in story
    keko ne raicha bhaner dyan diyer padeko maja start hune bhanda the wnd bhyo so bad strory ali story ko last ma ase………………. hunu parne good huntyo

  11. A interesting story
    A interesting and suspicious story yaar…ma ta padhda padhdai Bimal kumar jastai po bhayechhu…anyway I like it.

  12. story ta thikai ho
    yo katha ta thikai ho, purush manchhe sayad yastai nai huda hun…swasni budhi bhayo bhandai maa kalili taruni keti ko kalpana garnu ramro hoina hai

  13. what a blunder mistake !! what da hell is dis !
    यो के हो सर ! नितम्ब कहीले देखी माथि पनि देखीन थाल्यो ? नेपालीमा आफ्नो भाषाको राम्रो ज्ञान छैन, मिलाएर भन्दा आफ्नो भाषाको सम्मान छैन / यो सानो गल्ति होइन, ख्याल गर्नु . लेखक बन्नु अघि केही नेपाली भासा को ज्ञान पनि राख्ने कि, साहित्य सृजना पेलेर निस्किने कुरा हो र ? आफ्नो भासा को सम्मान गर्न जान्नु, यही हो देस प्रेम? आफ्नो भाषाको प्रेम !!!रेस्टुरेन्ट मा जादा साहुजी आऊछ र ? भासा को अलिकति ज्ञान राख्न्नु . यसमा ब्यभारिकता को धेरै कमि छ, यो के मजाक हो ??

  14. It’s nice story. Some person
    It’s nice story. Some person can think like this. It is mirror of our society and culture. If all are BG this type of thinking is never comes on anyone mind.

  15. It is nice story. Generally
    It is nice story. Generally nepali culture and society effect like this. Not only men women are also think like this. But it’s true in our culture.

  16. it’s not a good story it’s a
    it’s not a good story it’s a awesome story i’ve read. nice yar 4.5 out of 5.

  17. हैन विमल दाईले त के के नै
    हैन विमल दाईले त के के नै गर्न लाग्नु भयो भनेर कस्तो मज्जाले कथा पढिरहेको थिए क्या बोर भयो यार । लास्टमा त केही पनि पो गर्नु भएन छ ?

  18. Very Interesting
    Story chhitto sakiyo ali Long bhyako bhya mazaaaaaaaaaaa aaune thiyo………hahah…..Flim herepa6i k-k bho tyo kura thaha bhyana ta…………………….

  19. कथान्त ठीक छ । खारीनु बाँकी
    कथान्त ठीक छ । खारीनु बाँकी नै छ ।

  20. यो मनोबिश्लेषणात्मक कथा कसरी भयो ?
    यो मनोबिश्लेषणात्मक कथा कसरी भयो ?
    जहा बिषय सामान्य छ | यहाँ के को बिश्लेषण गर्नु के चिन्तन गर्नु वा के छुट्याउनु ?
    नराम्रो होईन एक साधारण कथा जो गहन बिश्लेशणका लागी उपयुक्त छैन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *