Skip to content

आज राति सपनीमा उनीलाई पाएँ

  • by


आज राति सपनीमा उनीलाई पाएँ
हात समाई छेउमा ल्याई उनीलाई बसाएँ,

मुस्कुराउदै उनी आइन समिपमा बस्न
कहाँ कहाँ पापी हात उनीलाई डुलाएँ,

पिरतीका बात मिठा आपसमा भए
अनायासै बाहुपासमा उनीलाई लगाएँ,

ब्युझिदा पाएँ मैले शिरानीमा हात
सर्माउदै यी सब कुरा उनीलाई सुनाएँ,

तीर्थ (यात्री) पौडेल
लखनपुर ३, झापा, नेपाल
हाल:बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *