Skip to content

ओल्सिएको एक साँझ ।

रवीन्द्र भवन, वल्र्ड आर्ट टि्रयजर ।

उदीयमान एक बङ्गाली चित्रकार असीमकुमार घोषको ‘मोमिषा’ शीर्षकको चित्रकला प्रदर्शनी ।

एभाँगार्दे र दादावादका नयाँ संरचनाका चर्चाहरूसँगै कलाक्षेत्रमा देखिएका विविध प्रयोग ‘सर्रेलिज्म्’, अमूर्त अभिव्यञ्जनावाद, ‘फोटो रयिालिज्म्’, ‘जियोमेटि्रकल’ लगायत ‘मेटाआर्ट’ का विषयमा केन्दि्रत थियो कुराकानी ।

साँच्चि नै पानीरङ्गसँग उनले चुनौतीपूर्ण सम्झौता गरेका थिए, आँसु र जीवन भोगाइको एउटा गहिरो बाञ्छनामार्फत र वास्तवमै प्रशंसनीय थियो ।

डिसेम्बरको अन्तिम साता, क्रिसमसको रौनकसँगै रातले गहिराउँदै थियो आफूलाई । अर्कोतर्फ ती क्यानभाससँग एउटा सुमधुर नाता जोड्दै थियौँ हामी । कुची र रङ्गसँगको दुई दशक पार गर्दा सँगालेका अनुभव र अनुभूतिहरू पनि बाँड्न भ्याए हामीसँग उनले । सलिमाले एउटा आँखाको पेन्टिङ्लाई सय डलर ‘पे’ गरी । मैले एक विदेशी चित्रकारसँगको एउटा मीठो अनुभूति बोकेँ मनभरि।

ग्यालरीको ‘एक्जिट’ बाट निस्कनुअघि, तिनै भावनाका रङ्गकारसँग भेट्यौँ र साट्यौँ बिदाइका शब्द पनि । त्यस रातको मेरो गन्तव्य थियो, ‘पर्ल प्यालेस’ । हुग्ली नदीको किनार चिसोले ओल्सिएको रात यद्यपि भावनात्मक संसाथका कारण भने त्यति कष्टकर लाग्दैनथ्यो । हुग्लीको प्रवाहसँगै गान्धी स्ट्रीट भएर अगाडि बढिरहेका बेला भने मनले त्रिशूलीसँगको आफ्नो अस्ितत्व खोजिरह्यो ।

कारले ‘पर्ल’ को ‘इन्ट्रान्स’ बाट आफूलाई छिराइसकेपछि, औला ‘इलेक्टि्रक स्टेअर’ को स्वीचमा पुगेर अडिन्छ । सातौँ अपार्टमेन्टमा सामान पुर्‍याउन लगाएर, मेरो बाटो ‘रूफ स्पेस’ तर्फ मोडिन्छ । जहाँ सलिमाका आँखा प्रतीक्षामा छरएिका थिए बाटाभर ि।

मेनुउपर हल्का दृष्टि पोखेर ऊ सोध्छे, “तुमी कि नेवा -तिमी के लिन्छौ ?”

“योर च्वाइस !” उसको आग्रह उसैउपर नै बिसाइदिन्छु । पुनः एकपटक मेरो अनुहार पढेपछि प्रश्न दोहोर्‍याउँछे उसले, “आई मिन, डि्रङ्क…-?”

“…सफ्ट वन्ली ।”

‘अर्डर’ पछि चुरोटको धूँवाको भूगोलभित्र आफूलाई हराउन सफल भएपछि, दिउँसोको प्रसङ्ग जोडिन्छ अलिकति हाम्रो कुराकानीबीच

“कि रकम ल्वेगेचे आजकेर बाङ्गाली एग्जिविसन -आजको बङ्गाली प्रदर्शनी कस्तो लाग्यो?”

“…भालो -राम्रो ।”

“चोकेर पेन्टिङ् कि रकम् आचे -चोकको प्रदर्शनी नि ?”

“रअिल्ली क्वाइट ब्यूटीफुल ।”

“……………………….!”

कुराकानीको क्रमलाई वेटरको ‘एक्सक्यूजमी’ ले भङ्ग गर्छ । ऊ ग्लासमा दुई पेगको लेविल टाँसेर बिदा हुन्छ । सेती नदीले आफ्नो बाटो गहिराएजस्तै गहिरन्िछौँ हामी । शृङ्खलाबद्ध रूपमा, आत्मीय आवृत्तिहरू र ‘चियर्स’ सँगै जम्मै औपचारकि तुकहरू बिर्सिदिन्छौँ हामी ।

एक बिहान, पर्लको ‘रूफ स्पेस’ मा थियौँ हामी । सलिमा, कोलकाता टाइम्सको एक रपिोर्टर सिराज च्याटर्जी र म । बे्रकफास्टअघि नै ‘ओसनस्कच’ चढाइसकेको सिराज साँच्चै खुला किताबजस्तै थियो । झन्डै एक घन्टाको लामो बसाइमा आफ्नो नालीबेली जम्मै छताछुल्ल पारििदयो उसले । त्यो बङ्गाली ठिटो त्यहाँबाट हिँडेपछि, केही समय उसका पदचापहरूलाई आँखामा टाँसिरहन्छु म । उसको सिङ्गो अस्ितत्वभित्र मेरो मानसले आवृत्ति खोजिरहन्छ तत्क्षण…। सलिमाले वेटरलाई बोलाएको आवाजले, पूर्ववत् अवस्थामा फर्किन्छु म

अर्डरका निम्ति मेरो मुख ताक्छे ऊ । बङ् गालको परकिार माछाबिनाको लञ्च, डिनर प्रायः असन्तुलित । मेरो पनि माछासँग अति निकटतम् सम्बन्ध गाँसिइसकेको थियो । चुरोटको एउटा लामो सर्को तानेपछि, एउटा कार्ड मेरो हातमा थमाउँदै भन्छे, “आजके आमर बर्थडे -आज मेरो बर्थ डे हो) ।” खोलेर हेर्छु, निम्तो रहेछ बेलुकीलाई । ‘बर्थडे विस’ गरेर साँझ टेरेसा रजिेन्सीमा भेट्ने बाचासहित छुटिन्छौँ हामी ।

ऊ हिँडेपछि, एउटा समस्याले पिरोल्न थाल्छ मलाई ‘पि्रजेन्ट’ । सपिङ् अत्यन्तै कष्टकर कार्य हो मेरो निमित्त । कसैलाई लिएर जाऊँ ? मनले खामेको मान्छे, कोही आएन मानसमा । या अथवा उसैलाई बोलाऊँ ? त्यो ‘आइडिया’ पनि जम्दैन । एस्ट्रेजस्तै अमूक म चुरोटको लामो-लामो सर्कोसँगै घोत्लिन्छु निकैबेर र निकासको टुङ्गोमा पुग्न नसकेपछि, गिफ्ट ग्यालरीतिर हुत्तिन्छु । यद्यपि, रोज्न सक्तिनँ केही । त्यसपछि क्रमशः प्यासेफिक अर्चिजतिर मोडिन्छ, मेरो दोस्रो बाटो ।

त्रत्रत्र

प्रत्येक पलको सामीप्यले, साँच्चै हामीबीचको दूरी यति घटिसकेको थियो, यहाँ यतिबेला व्यक्त गर्ने शब्दको अभाव खडि्करहेछ, ममा । मेरो ‘ग्लास प|mेन्ड’ नै बनिसकेकी थिई ऊ ।

पेसाले एक विद्यार्थी हो- एमबीबीएस् अन्तिम सेमेस्टरकी डाक्टर भनिदिँदा पनि फरक पर्दैन । आज र भोलिमा मात्र समयको हदबन्दी छ । बौद्धिक प्यास भएकी एक लेखिका पनि हो ऊ । उसको लेखनीमाथि साँच्चै नै ईष्र्या लागेर आउँथ्यो मलाई ।

यतिबेला जाँ पल सार्त्रको अनिश्वरवादी अस्ितत्ववादभन्दा खासै पर छैन म । यो ‘अस्ितत्व’ शब्दको खोजीमा आफ्नो जम्मै सङ्कल्प ऊर्जालाई खर्चिरहेछु । नित्सेले ईश्वरमृत्युको घोषणा गरसिकेको अवस्थामा पुनः उसैको अस्ितत्व खोज्नपट्ट िलाग्नु, सिर्फ व्यर्थको एउटा प्रयास हुनेछ । हो, केही हदसम्म नित्से र सार्त्रको विचारसँग सहमत छु म । आखिर कुरा त्यही हो र त स्वयम्को अस्ितत्व निर्माण र बचावटतर्फ लाग्नु एक कष्टकर प्रक्रिया भइरहेछ आज, यो जीवन भोगाइको उत्तरार्द्धमा आएर ।

स्मृतिमा ताजै छ, सुरुकै समयमा यही अस्ितत्ववादको प्रसङ्गमा झन्डै विभाजनको सँघारमा पुगेको थियो, उसको र मेरो सम्बन्ध । सार्त्रको अनिश्वरवादी अस्ितत्ववादको पक्षधर म, ऊचाहिँ सोरेन किर्केगार्डको । यद्यपि, सम्बन्धले आफ्नो अस्ितत्व भने मेटेन । बरु नयाँपनको खोजीमा लागिरह्यो, जागरुकताका साथ ।

दिन पार िहुग्लीको पल्लो छेउबाट ओझेल पदर्ैै थियो र घामले अस्ितत्वहीनताको घोषणा गर्दै थियो । बे्रकको तिखो आवाजले कारको गतिलाई आफ्नो नियन्त्रणमा लिएको स्पष्ट घोषणा आइपुग्छ मेरो कानसम्म । र, सँगै एक ‘म्यासेज’ पनि तल पिक अप आइसकेको ।

बाटो-ट्राफिक जामग्रस्त ।

पारी सडक पेटीको एउटा पुष्पालयमा आँखा पुग्छ मेरो । फूलको व्यापार गररिहेकी, त्यो केटीको अनुहारमा डोकाभर िस्याउ टिप्दै गरेकी मुस्ताङकी एउटी शेर्पेनीको ‘इमेज’ देख्छु दुरुस्त । चिच्याइरहेकी थिई ऊ लयबद्धतामा ।

“निइजान, भालो-भालो फूल -लिएर जानूस् सुन्दरसुन्दर फूल) ।”

रजनीगन्धा फूलले तान्छ मलाई । गाडीलाई एक छेउमा पार्क गर्न लगाएर पुग्छु ऊनगिचै ।

‘ओ बुन, ओइटा कतो कोरे….-यसको मोल कति ?”

त्यो पसलको सबैभन्दा सुन्दर फूल थियो सायद, अलिक अक्मकाएको भावमा भन्छे उसले, “चार सो टाका कोरे दादा -चार सय रुपियाँ दाइ>

फूलमा बार्गेनिङ्गको मार्जिन देख्दिन म फूल लिन्छु, हिँड्छु ।

साकुराको मन्द सुगन्धसँगै सिगारको फिक्का धूवाँले बाटो खोजिरहेको त्यस समय, आफू सल्केर मान्छेको प्यास मेट्नुमा अभ्यस्त देखिन्थ्यो ऊ । अझ भनौँ, आफ्नो अस्ितत्व मेटेर मान्छेको अस्ितत्व जोगाउनु उसको नियति भएको छ यतिबेला ।

म टेरेसा रजिेन्सी पुग्दा देखेँ, सबै आइसकेका थिए । अधिकांश अपरििचत । र, एउटा ‘कन्फ्युज्ड अनुहार’ पनि देख्छु नेपाली आभासहितको । कोलकाता मेडिकल कलेजको प्रोफेसर डा दिनेश आङ्वोहाङ रहेछन् । सामूहिक ‘बर्थडे वीस’ सँगै केक काटिन्छ सलिमाद्वारा ।

हामी थियौँ, भिक्टोरयिा मेमोरयिल परसिरमा, एउटा बेलायती इतिहास पढेर बाहिरएिका थियौँ भर्खर । यसो भनाँै अझ महारानी भिक्टोरयिाको जीवन्त सदृश्यता ।

“एकटा कथा जिज्ञासा कोर्बो -एउटा कुरा सोध्छु ?”

“याकटा क्यानो, मने जतो आछे सब करो -एउटा किन, मनमा जति लाग्छ सो!”

ऊ यसरी प्रस्तुत हुन्छे म समीप, मानौँ इतिहास नै सोध्न खोज्दैछे ।

“तुमार देशेर माउन्ट एभरेस्ट कि रकम आछे -तिम्रो देशको सगरमाथा कस्तो छ)?”

अत्यन्तै जटिल प्रश्न थियो त्यो । तथापि उक्त प्रश्नमा भने कुनै पूर्वाग्रह थिएन उसको । खासमा, सगरमाथा देखेको नै थिइनँ मैले । यसो पनि सकिनँ भन्न । उसकै आँखाभित्र खोज्नु पर्ने भो उक्त प्रश्नको उत्तर । सगरमाथाको उचाइसँग अनेकन संस्कारजन्य तुकहरू थिए । ती संस्कारका समन्वयलाई बलात् बन्दीको रूपमा विकृत पारी हास्यात्मक ढङ्गमा ‘डायस्टोपिया’ तिर अभिमुख गर्न पनि चाहिनँ मैले ।

त्रत्रत्र

विश्वविद्यालयको दीक्षान्तसँगै म नेपाल फर्किने समय पनि नजिकिँदै थियो । आँखाहरू भीएस नइपालका नियात्रागत पङ्क्तिहरू छाम्दै थिए । फोन बज्छ…। सलिमाले गरेकी रै’छ, ‘भेट्ने आग्रह गरी । म पुग्दा धूवाँ डुबिरहेकी थिई ऊ । चुरोटलाई एस्ट्रेमा ठोसिसकेपछि लेख्दै गरेको कविता सुनाउँछे र सोध्छे कविताका विषयमा, कस्तो लाग्यो ? ‘ट्यागोरशैलीको छ’ म भन्छु ।

ट्यागोरको प्रसङ्ग उठिसकेपछि दोस्रो प्रसङ्  ग उठ्छ जोन किट्स र अरून्धती रायको । ‘गड अफ स्मल थिङ्’ लाई किनार लगाएर ट्यागोरको ‘मानुष’ सम्म पुग्छौँ हामी । त्यसो त तसलिमा नसरनि पनि उम्किन सक्तिनन्- हाम्रो बहसको सीमाङ्कनबाट ।

कोलकाता बसाइको अन्तिम दिन । झन्डै केही समयअगावै ‘टर्मिनल’ भित्र छिरसिक्नुपर्ने तुकको बाहुपासमा कसिएर पुग्यौँ हामी दमदम एयरपोर्ट । सलिमालगायत बोन्टू, टिनाहरू पनि आइसकेका रहेछन् । घाम लागिरहेको दिन थियो तथापि मन भने त्यति उज्यालिएको थिएन मेरो । किञ्चित केही सपनाका प्रारूपहरू कोरएिका थिए मनमा ।

कोलकातालाई, त्यसभन्दा बढी उनीहरूको साथलाई बिदाइ गर्नुपर्ने अन्तिम प्रहरमा थिएँ म । खोइ, किन हो सलिमा अलि मौन थिई । उसका आँखा चिसा लाग्थे, शीतका थोपाले गुलाबका पत्रहरू रुझेजस्ता । सबैले उपहारहरू थमाए, छुट्ने बेलामा माया र सम्झनाको प्रतीकस्वरूप । सलिमाले पनि थमाई । आँखामा हेर्न सकिन उसले । बस्, यति मात्रै बोली, “ह्याव अ नाइस ज…।” उसको शब्द घाँटीमै अड्कियो । म पनि शब्दहीन थिएँ । हाम्रो सम्बन्ध नितान्त एउटा निश्चल मित्रतामा रेखाङ्कित थियो । यद्यपि, जीवन बाँच्ने एउटा मीठो कला भने ऊबाट नै सिकेँ मैले ।

वियोगको घडी पीडान्त भएर हामीसामु पसि्रएको थियो । उसका आँखामा डबडबाएका आँसुका ढिक्काहरूले यस वियोगलाई अझ कष्टकर बनाइरहेको थियो । सायद म पनि आफू पुरुष हुनुको अस्ितत्वलाई बिर्सेर परेलीका डिल भिजाउँदै थिएँ । यत्तिकैमा हामी छुट्टनिे समय आयो । उसले मेरो हात च्याप्प समाती । मैले सोचेँ, ‘फेर िआऊ, चाँडै आऊ’ यस्तै के भन्न खोज्दैछे । म उसको आँखामा आफ्नो दृष्टि बिछ्याउँछु । “नेभर कम एगेन कोलकाता !” म उसको अप्रत्यासित अभिव्यक्तिलाई ठट्टा ठान्छु र फेर िउसको नजिकै गएर आश्वस्त हुन खोज्छु । तर, उसमा कुनै परविर्तन देखिँदैन । ऊ भन्दै थिई, तिमी मेरो हुन सक्तैनौ, म तिम्रो हुन सक्तिनँ भने तिमी कोलकाता फर्किनुको कुनै अर्थ छैन, पीडाबाहेक । यो चिताउनै नसक्ने प्रसङ्ग थियो, सोच्नै नसकिने घटना थियो । मलाई निद्रामै सपना देख्दैछु भन्ने भ्रम भयो । म सोध्छु, “किन ?” ऊ भन्छे, “तिमी सधैँलाई यहाँ आउन सक्तैनाँै ।” मैले भनेँ, “तिमी त जान सक्छौ नि !” उसले टाउको हल्लाई, “म मेरो शान्त हुग्लीमा हुर्किएकी चेली तिम्रो अशान्त वाग्मतीमा कसरी जान सक्छु ?” म उसलाई अफलक हेररिहन्छु, हेररिहन्छु र भन्छु, “तिमी मलाई चाहन्छौ कि शान्तिलाई ?” ऊ भन्छे, “म तिमीलाई त चाहन्छु तर शान्तिभित्रको तिमीलाई ।” म केही बोल्दिनँ । टर्मिनलमा जहाजभित्र प्रवेश गर्ने सूचना उद्घोष भइसकेको थियो । म आफ्नो ब्याग र केही सामान हातमा च्यापेर पछि नफर्की ‘ग्राउन्ड’ तिर बढ्छु । मेरा लागि अब फेर िपछि फर्केर कोलकातालाई हेर्नुको कुनै अर्थ थिएन । मैले मनमनै कोलकातालाई, सलिमालाई र रवीन्द्रनाथ ट्यागोरलाई अन्तिम बिदाइ भनेँ ।

नेपाल साप्ताहिक २६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *