• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

तस्बीर

kbs — Wed, 06/30/2010 - 17:30

  • वैयक्तिक निबन्ध
  • हृदयचन्द्रिसंह प्रधान
  • मधुपर्क २०६७ जेठ
  • शारदा

मलाई सबभन्दा 'मै' मन पर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ । यसैले मलाई खूब प्यारो लाग्ने र सुन्दर देखिने 'म' यथार्थ मेरो आफ्नो मुख र रूप खूब हेरिरहेर धेरै काल बाँचिरहने इच्छा छ । धेरै जना साथीहरूले मसित धेरैचोटि सोधिसकेका छन्- 'तिमीलाई सबभन्दा मन पर्ने के हो ? मैले सधैँ सबैलाई खालि यही जवाफ दिने गरिरहेको छु- 'मलाई सबभन्दा 'मै' मनपर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ ' मलाई भारी गजब लाग्छ, मेरा यी जवाफ सुनेर धेरै जसो मानिस मलाई स्वार्थी र मुर्ख भन्दछन् । जल्ले जे भनू्न् मलाई के पर्वाह छ ? खाँचो छ र आफ्नो रुचिलाई बेचेर, दबाएर दुनियाँको खुशका निम्ति मरिरहूँ ?

मेरो यो भावना र विचारलाई लिएइर मलाई मन नपराउने त पशु नै भन्दा होलान् । भनून् कसैको खेलाउनाको निम्ति सृष्टि भएको त म होइन । मेरो सृष्टि, मेरो अस्तित्व मेरै मनोरञ्जनको निम्ति हो, मेरै आनन्दको निम्ति म हुँ । म मेरै निम्ति बलिरहेको छु, बाँचिरहेको छु, भइरहेको छु ! मलाई मन नपरेको दिन म अहिल्यै निभ्न सक्तछु, मर्न सक्तछु, नहुन सक्तछु तर मलाई मन पराउने मेरा मित्रहरू चाहिँ मलाई अत्याउँदै छन्- 'होइन, त्यसो भन्नु छैन, आफ्नो निम्तिभन्दा अरूको निम्ति हुनुपर्छ, बाँँच्नुपर्छ र गर्नुपर्छ आफ्नो निम्ति हुने र बाँच्ने त पशुहरू मात्र हुन् !'

वाह, मलाई मन पराउने मेरा मित्रहरूको अर्ती !' भर्सेला परोस् उनीहरूको अर्ती ! -उपदेश !- शिक्षा ! कसैले दयाको उपदेश, अझ भनूँ साधारण पाइलोमा पनि उपदेश दिन लिन नपर्ने जुग कहिलै आउँला क्यार ? त्यो जुगको म एउटा मानिस हुन चाहन्छु । उपदेश र शिक्षाको स्थान खालि स्कुल-कलेज भएको हेरेर गतिको निम्ति अर्तीको खाँचो नभएको सब मत्र्यमण्डलको साथ आफू पनि त्यसबेला म स्वर्गका वासिन्दाहरूसित सुखको दाँजो दाँजिरहुँला ।

म आफ्नो निम्ति सुन्दर र प्यारो नभइकन अरूको निम्ति किन सुन्दर र प्यारो हुने, आफ्नो निम्ति नभइकन अरूको निम्ति भएर किन बाँच्ने र मर्ने ?- सायद यसैले होला कि मबाट कसैलाई सुख हुन सक्तछ । त्यसबेला म दयालु भएर देवता हुन चाहन्नँ । म मानिस हुँ, यसकारण सबैसरह म पनि एउटा मानिसै मात्र हुन चाहन्छु । कसैलाई म चाहिने किन ?-यसले न होला मबाट पनि दया पाउन सकिन्छ, म कसैलाई चाहिन पर्ने दया राख्ने नै हुन चाहन्नँ । दयाको मीठो पासोमा फँसेर दानव किन बन्ने ? आफूसम्मलाई मात्र पाल्न सकी, आफ्नो रुचिसौन्दर्यमा आनन्दित भएर मानव बन्न पाए मलाई पुग्यो ।

मेरो रुचि र मेरो आनन्द यही हो- मलाई सबभन्दा मै मन पर्छ, मै प्यारो छ मै सुन्दर लाग्छ । यसैले मलाई हमेशा मै अर्थात् आफैलाई हेरिरहन मन लाग्छ । म भन्न चाहन्छु-सबैले मैलेजस्तो आ- आफूलाई खूब मन पराऊन्, प्यारो गरून्, सुन्दर ठानून् र आफूलाई खूब हेरिरहून् । मैले यसले कहिल्यै पनि धन पुर्‍याउन कोसिस नगरेको, रुपियाँ बटुल्न इच्छा नगरेको किनभने त्यसलाई सधैँ छोपेर लुकाएर र पोको पारेर चियाइकन हेरिरहनुपर्छ । यसो गर्नाले आफूलाई हेरिरहन पाइँदैन, आफ्नो अनन्त सौन्दर्यपान गरी चिरायु हुन पाइँदैन ।

आफूलाई राम्ररी हेर्ने र आफ्नो सौन्दर्यलाई निहार्ने साधन मैले दुइटा पाएको छु- ऐना र तस्बिर । यसैले यी दुवै साधन मलाई प्रेमजस्तो प्यारो लाग्छ, आफूजस्तै मन पर्छ, हरहमेशा म ऐनाद्वारा आफूलाई हेरेर खुश भइरहन्छु । अनि आफ्नो चेहराद्वारा आफ्नो हृदयलाई सुन्दरता बनाउने चेष्टा गरिरहन्छु, आफ्नो चेहरामा प्रसन्नताको द्युति प्रस्फुटित गर्न प्रयास गरिरहन्छु । ऐनामा हेर्दा आफ्नो भगवान्लाई दर्शन पाएको आनन्द पाउँछु ।

ऐनाभन्दा पनि मलाई आफूलाई हेर्ने र आफ्नो सौन्दर्य निहार्ने साधनमा तस्बिर मनपर्छ । आफूलाई फुर्सत नपाएर सिँगार्न नसकेको बेला, कुनै परिश्रमले चकित भएको बेला, कुनै मानसिक रोग भएको बेला र बिरामी भएको बेलामा ऐनामा आफूलाई म राम्रो पाउन सक्तिनँ, प्रसन्नताको सौन्दर्य-दर्शन गर्न नपाएर म आफूलाई तुष्ट गर्न पाउँदिन तर तस्बिर हेरेर म आफ्नो इच्छा, कामना र अभिलाषा राम्ररी पुर्‍याउन पाउन सक्तछु किनभने तस्बिर हृदयमा आनन्द, मनमा शीतलता र हरियालीपन, चेहरामा प्रसन्नताको सौन्दर्य वर्तमान भएको बेला खिचाइन्छ । यसकारण तस्बिरमा हमेशा आफ्नो आनन्दी हृदय, ठन्डा मन र प्रसन्न चेहरा खडा भइरहन्छ, यिनै सबको एकत्र अस्तित्व र समष्टिको वर्तमानलाई नै म आफू सम्झन्छु, आफ्नो जीवन सम्झन्छु । म सदा जीवनमय 'आफूलाई हेर्न चाहन्छु । ममा कहिलेकाहीँ मृत्युका चिहृनहरू आइपर्दा पनि म आफ्नो जीवन र सौन्दर्यमय तस्बिर हेरीहेरीकन अमरताबाट सञ्चालित हुन्छु, यसैले म आफ्नो तस्बिर खूब हेर्न मन पराउँछु ।

यसो भन्ने पनि मानिसहरू छन् रे, 'आफ्नो कोठामा आफ्नो तस्बिर राख्नु एक किसिमको त्यो पनि एउटा बडप्पन उत्ताउलोपन मात्र हो, स्वयं आफैँ आफ्नो कोठामा छ, फेरि तस्बिर किन ? कोठामा तस्बिर राख्नु आफ्नो जिउँदोपनको मूल्यलाई केही पनि नसम्झनु मात्र हो । आफ्नो तस्बिरको मूल्य र इज्जत, आफूले आफ्नो कोठामा राखेर बढ्दै-बढ्दैन, अरूले राखे पो । फेरि तस्बिरको मूल्य बढ्ने मृत्युपछि पनि हो ।

म तिनीहरूलाई एउटा साथी भएर सल्लाह दिन चाहन्छु-यो भनाइ ठीक भएन, यो भनाइमा झन् मौनरूपमा बडप्पन छ । कसैले पनि बड्प्पन र उत्ताउलोपनको निम्ति आफ्नो कोठामा तस्बिर राख्तैनन्, सबै आफ्नो कोठामा तस्बिर 'स्वान्तःसुखाय' मात्र राख्तछन् ।

म त झन् आफ्नो कोठामा सबभन्दा आफ्नै तस्बिर राख्न मन पराउँछु । बडप्पन र उत्ताउलोपनको त ममा कल्पना पनि छैन । म त खाली आफ्नो आनन्द र मनोरञ्जनको निम्ति आफ्नो तस्बिर राख्तछु । दुर्भाग्यवश आफ्नो शिशु, किशोर र बालककाल अर्थात् अवस्थान्तरकालको तस्बिर मैले हेर्न पाइनँ । अवस्थान्तरकालका तस्बिरहरू हेर्ने सौभाग्य पाएको भए मैले आफ्नो जीवनका तह-तह दर्शन पाउन सक्तथेँ, मेरो बेहोशियारी कालका जीवन-ग्रन्थिहरू पनि सबै मेरा आँखा अगाडि भएर मनोवैज्ञानिकताको अन्वेषणमा लागे पनि म सफलताको बाटो धेरै अगाडि पुग्न सक्थेँ, जीवनका अणु-अणुको परिचायक र मनोविश्लेषणको ज्ञाता भएर म मानिसको निम्ति केही कामको हुन सक्तथेँ हुँला । अब मेरो इच्छा छ अतीतको पश्चातापबाट तस्बिर खिचेर, खिचिराख्नेहरूको बर्सेनि तस्बिरहरू हेरेर आफ्नो सचेत र अरूको अचेत जीवनगतिको मनोवैज्ञानिक अध्ययन गर्ने ।

अवस्थान्तरका अनेक तस्बिर राख्न चाहेर पनि म विशेष गरेर आफ्नो प्रौढता सन्निहित बल्दो युवावस्थाको तस्बिर नै ज्यादा मन पराउँछु । म यौवन, युवत्व र सौन्दर्यको निकै प्रेमी छु । आफ्नो भरजीवनमा म यौवन, युवत्व र सौन्दर्य दर्शन गरिरहन चाहन्छु । बुढयाइँदेखि म निकै तर्सन्छु, ज्यादै घिनाउँछु । बुढयाइलाई पनि म एउटा मृत्यु सम्झन्छु ।

यसैले म आफ्नो युवावस्थाको तस्बिर हेरीहेरीकन यौवन, युवत्व, सौन्दर्य, तेजस्विता, ओजभावको आकर्षण भरेर सदा युवक बनिरहन खोज्दछु मेरो युवावस्थाको तस्बिरमा भएको मेरो व्यक्तित्व र भावलाई इच्छाशक्तिद्वारा तानी-तानीकन म १०० वर्षको पुरानो भएर पनि नवयुवक भइरहनु चाहन्छु ।

मानिसको जीवनमा विशेष गरेर आफ्नो आयुको सम्बन्धमा मानिसहरूलाई प्रायः गरेर भविष्यभन्दा अतीत सुन्दर लाग्छ ! कुनै वर्तमान जीवनको महत्त्व केही नबुझ्ने, वर्तमान जीवन र हृदयगत लोकको बहुमूल्यता, भव्यता र उसको सत्वको हत्या गरेर केवल परलोकमा निर्भर हुनेलाई त अतीतभन्दा भविष्यै मन पर्ला, उसलाई अतीतको युवत्वभन्दा भविष्यको बुढयाइँ मन पर्ला तर मलाई त यो जीवन, यो लोक ज्यादै पि्रय छ । यसैले यो जीवन र यो लोकका अवधि बुढयाइँलाई फाँसीको घडी सम्झन नसके पनि फाँसीको दिन त अवश्य सम्झन्छु, बुढयाइँ अवश्य जीवनको हत्यारा र मृत्युको दूत हो । बुढयाइँभन्दा त मलाई बरु बाल्यवस्था धेरै राम्रो लाग्छ तर वास्तवमा जीवनको सबभन्दा राम्रो हिस्सा, आयुको सबभन्दा सुन्दर भाग यौवनकाल हो । यसको अगाडि हाम्रो जीवनका दुवै छेउ बाल्य र बार्द्धक्यलाई म त जीवनमय मृत्यु सम्झन्छु । यसैले मलाई जवानी मात्र मन पर्छ, शेष आयुपर्यन्त म जवानीको प्रकाश दिई-दिईकन बुढयाइँको कीटाणुलाई मारेर यो सुनौलो र सुगन्धमय संसारलाई हेरिरहन चाहन्छु । (यो संसारको सुनौलो र सुगन्धमय उपवन डुलिरहन चाहन्छु ।) यसैले म संसारलाई सुनौलो पार्ने प्रसन्नता, सुगन्ध बनाउने सास, उज्यालो पार्ने किरण, वीर बनाउने र जोस र अगाडि बढाउने ओज आदिले भरिपूर्ण भएको आफ्नो जवानीको सुन्दर र कलामय तस्बिर आफ्नो कोठामा एउटा अत्यन्त राम्रो प्रेममा राख्न खूब चाहन्छु, त्यसलाई खूब हेरिरहेर म सदा युवत्वबाट पुट भएर जवानीको साथ भइरहन चाहन्छु र आफ्ना साथीहरूलाई र मानिस मात्रलाई म यही सल्लाह दिन चाहन्छु ।

तस्बिरको मुख्य काम नै म आफ्नै निम्ति ठान्दछु । आफ्नो कोठामा आफ्नो तस्बिरलाई राख्न बडप्पन र उत्ताउलोपन सम्झनु आफूलाई हत्या गर्नु हो, आफूलाई केही पनि मूल्यवान् नसम्झीकन बिनसित्ती कीरा सम्झनु आत्म गौरवको हनन डरेर मानवताको माप दण्डलाई गिराउनु मात्र हो । आफूलाई केही पनि नसम्झने मान्छे वास्तवमा केही पनि हुन सक्तैन । आफूलाई केही पनि नसम्झनुलाई यदि कसैले नम्रता सम्झन्छन् भने म उनलाई मूल बाटोमा हिँडिरहेको सम्झन्छु, नम्रता त म यही सम्झन्छु कि कसैलाई पनि सानो ठान्न हुँदैन ।

कुनै पनि कुरा, कला र योग्यतालाई प्रकाश नगरीकन छोपिराख्नु उनको महत्त्व र उपयोगिताको हत्या गर्नु हो । कुनै कलाकार र कलाप्रेमीले आफ्नो कलाकृति र कलापि्रयताको प्रकाश गर्नु बडप्पन र उत्ताउलोपन कदापि भन्न सकिँदैन । यसलाई बडप्पन र उत्ताउलोपन सम्झनु कला मात्रकै अपहत्या गर्नु हो, यसैले म आफ्नो तस्बिरलाई आफ्नो कोठामा राखेर कलाको कदर गर्न चाहन्छु, सृष्टिको सराहना गर्न चाहन्छु ।

सृष्टिमा म पनि एउटा प्रशंसनीय सौन्दर्य हुँ । विश्वसृष्टिमा म कुनै धूलो कसिङ्गर र फोहोर होइन, एउटा जबरदस्त सौन्दर्य हुँ । मलाई सबभन्दा मै मनपर्छ, मै प्यारो र मै सुन्दर लाग्छ । म बाहिर स्वयं सौन्दर्यपुञ्ज भई सृष्टिमा शोभा बढाएर हिँड्नाका साथसाथै तस्बिर भई बसेर आफ्नो कोठामा पनि सौन्दर्यका छटा छरिरहन चाहन्छु, प्रत्यक्ष म मूर्ति रूपमा नभएको बेला पनि तस्बिर भई बिम्बरूपमा आफूकहाँ आएका सज्जनहरूलाई स्वागत प्यार गरिरहन चाहन्छु, आफ्नी प्रेयसीको प्यार खपिरहन चाहन्छु ।

साभार साझा निबन्ध

'शारदा' वर्ष १४, अङ्क ८-९

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 144
  • 1685 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    2 days 2 hours ago
  • आभार
    2 days 21 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 days 21 hours ago
  • आभार प्रकट गरे
    1 week 20 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 22 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 1 day ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 1 day ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 1 day ago
  • एकदम सान्दर्भिक
    1 week 1 day ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • विद्यार्थी हुँ म
  • मिथिलाक किसान
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • शुभ दिन बिहानीको
  • कोरोना भाइरस
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • देशभक्त हुँ म
  • यसै गरी मिलोस तिम्रो माया
  • महलकी रानी
  • म पानी हुँ
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • पुराना कुरा
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अहिलेको दशै
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • जुनेली रात

Last viewed:

  • छोडी जाँदा जिन्दगीको
  • लाखौ तारा आकाशमा
  • न दोष मेरो थियो
  • जानी नजानी तिमीले के दियौ
  • ‘सम्झनाका झिल्काहरू’लाई अध्ययन गर्दा
  • गल्ती थियो चोखो, माया लाउनु नै
  • निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी
  • आगो पिएर बाँच्ने
  • यस्ता थिए महाकवि
  • भित्र काला हुन्छन मान्छे
  • शीर्षक के हो ? (मुना २०६६ असार)
  • विवशता
  • भो चाहिन्न
  • पाँच मुक्तक (दशैं र आमा)
  • आँशु झार्दिन म
  • स्वार्थी संसार
  • न्याय निसाफ भग-वानले
  • गरुडपूराण प्रेतकल्प र मृत्युसंस्कारमा परिवर्तनको आवश्यकता
  • मेरो आँखालाई राख्ने फुलबारी छैन
  • समय
  • तीन मुक्तक (जीवन साथी बिचमा)
  • जीवन एक संघर्ष हो,
  • कसरी म भुलें केमा म भुलें
  • सुनको बिहान
  • उकाली ओरालीहरुमा
  • म रोए पनि तिमी हाँसिदिनु
  • बहुनायकत्वको लीलाचेतः लीलालेखन
  • चाहिन म तिम्रो झुठो माया जालमा फँस्न
  • कति दिन पो बित्छ र यस मान्छेसँग ?
  • मुक्तक :::: समय सान्दर्भिक
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित