मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

देवकोटासँग एउटा साँझको कायान्तरण

kbs — Wed, 06/30/2010 - 22:04

  • भावनात्मक निबन्ध
  • मोमिला
  • मधुपर्क २०६७ जेठ

अनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट लेखकीय साँझमा कायान्तरण भएको छ । दिनमा हृदयङ्कित चित्रमाधुरीसँगै धमिलिँदो साँझमा आफ्ना अनुभूतिहरूको विश्लेषण र अध्ययन गर्ने श्रद्धेय स्रष्टा देवकोटा पहाडी झरनाको सङ्गीतमा मन्मय छन्, यसैले कि उनी अँध्यारो संसारमा पवित्र हृदयगिरिबाट झरेका हजार सुन्दर झरनाको उज्यालो शक्ति र सङ्गीत कल्पिरहेछन् तर व्यर्थै बगिरहेकोमा दुःखित देवकोटा जिन्दगीको मौसम रहँदै आत्मशुद्धिका लागि आफैँभित्र चेतनजल छरिरहेछन् । सम्भवतः उनी हृदयको तानसँगै जीवनका आँसु र हाँसो बजिरहने लयदार स्मृतिको गाढा रङ्गमा गुन्जिरहेछन् सम्भवतः उनी फुल्दो गुलाफ हेर्दै तत्वज्ञान खोजिरहेछन् ।

साँझ क्रमशः श्वेतरात्रिमा अनूदित हुन्छ ! ....!!

एक अर्थमा अनायास बग्दै गरेको पानीजस्तो मेरो चेतनयात्रा देवकोटासामु छोटो विश्राममा छ, यतिखेर । काला देखिने हरिया पहाडहरू पनि नतमस्तक छन् उनीसामु । घरिघरि आकाशको जून हाम्रा आँखामा छेकिन्छ र कालो विषाद फैलिन्छ धर्तीमा । यसरी मान्छेका विरुद्ध रङ्गीचङ्गी फूलहरूको कालो जुलुस हिँडिरहेकै बेला जब हावाका क्रूर झोक्काहरू पनि आगामी सुगन्धी बिम्बको पदचाप फैलन्छ जीवनमोहको पर्दाभरि आफ्ना सारा बाहिरी रङ बिर्सेर फूलहरू मृत्युमुखी जीवन पीडाको रङमा एकाकार हुँदै इन्द्रेणी सपना टाँगिन्छ आकाशभरि...। सायद, यसरी नै मान्छेले अनेकौँ पीडामुक्तिका लागि स्वर्गको कल्पना गरेको हुनुपर्छ !

हामीबीच केवल मौनता बोलिरहेको तत्क्षण उनको एउटा दिव्य जिज्ञासा वाणीका रूपमा मसम्म आएर टक्क रोकिन्छ- 'यहाँ मेरो परिसरमा तिम्रो उपस्थितिको अर्थ !'

श्रद्धेय सम्बोधन !

यथार्थमा 'म' हुनुको अर्थ नभेटिनु नै यहाँ मेरो उपस्थितिको अर्थ हो तर अब त्यही अर्थ नरहन सक्छ । किनकि मैले तिम्रा लेखकीय पङ्क्तिहरू र पङ्क्तिका बीचबीचमा समेत तिम्रो अनुरोधको मेसो जुराएरै सच्चा श्रद्धाको आँखाले पढे पनि तिम्रो लेखकीय अर्थ मैले बुझेजस्तो मात्र नभएर अरूले बुझेजस्तो पनि हुँदा रहेछन् अर्थात् भनौँ, अरूको सत्य र मेरो सत्यको अनुहार फरक पर्दोरहेछ । यद्यपि तिम्रा वेदनाहरूको रङ र अरूका वेदनाहरूको रङ भने दुरुस्त मेराजस्तै रहेछन् र पनि अर्थहरूको वर्षात्मा निथु्रक्क भिजेरै विल्कुल शुष्क र प्यासी म तिमी सागरसामु उपस्थित छु ।

यतिखेर, रातभर बेचैनी र उदासीले खुम्चिए पनि तिम्रा अनुहारका रेखाहरूमा प्रियतम सूर्यको अँगालोपछि प्रेमविभोर सूर्यमुखी फूलको बिम्ब देखिरहेँछु जहाँ पसिनाले भिजेको जिन्दगीको निख्खुर रङमा खोला, नाला, लहरले शिखरमाथि किरण देख्दा लेख्ने प्रेमगीतको प्रकृतिसङ्गीत सुनिरहेँछु । कतै इन्द्रेणीकै रोमाञ्चक लालित्य फैलिएजस्तो, कहिले हिमालको शिखरमाथि फूलै फूलको वर्षात्जस्तो, कतै स्वर्गबाट आँगनमा जूनै झरेजस्तो र फेरि कहिले पीडाले संवेदित मन ऐना टुक्रेसरि टुक्रिएर प्रत्येक टुक्रामा प्रतिबिम्बित अनेकौँ बाङ्गोटिङ्गो रूपहरूको एकमुष्ट अमूर्त बिम्बजस्तो तिमीलाई पढिरहेँछु ...! ...!!

जसरी आधा रातको आकाशमा उदाउने सूर्यको किरण आधा रातमै धर्तीमा झर्नुपर्छ लाग्छ, आज तिमी आधा रातमा त्यसरी नै झरेका छौ- मेरो मनको अन्धकारमा किरण बनेर । मानौँ, म तातो मरुभूमिमा उभिएरै हिउँको गीत गाइरहेँछु तिमीले जीवनभर नसुनेको गीत ! आधा रातमा उदाउने सूर्यको गीत !! सधैँ तिम्रो अनुपस्थितिमा गाउने गरेको प्रेमगीत !!!

सायद, तिम्रो हृदयको आर्किटेक्ट म शब्दमा चित्राङ्कन गर्न नसकुँला । यद्यपि सधैँसधैँ सपनामा कसोकसो अनुभूतिका लहरहरूले तिमीलाई स्पर्श गर्न खोज्दा तिमी हावाको झोक्काजस्तो मेरो गीतको किनारकिनार भएर फर्किन्छौ र आज विपनामै मभित्रको एउटा ढिट पहाड भत्काएर तिमीसम्म आइपुगेको छु । निरन्तर दोहोरिरहने झर्कोलाग्दो अरोचक वृत्तान्तमा नियासि्रनुभन्दा, औपचारिक जीवनका भत्किसकेका मूलबाटाहरू हिँडिरहनुभन्दा अकासिँएका अफ द बिटका तृष्णाहरू सहलाउँदै, अफ द बिटका बाटाहरू खोज्दै-बनाउँदै तिम्रो परिसरमा आइपुगेछु । किनकि मलाई थाहा थियो तिमीले आफ्नो हृदयको ढोका कहिल्यै बन्द गर्दैनौ ।

हुन त ढोका बन्द नै रहे पनि अर्थात् यात्रामा निषेधहरूको जुलुस नै उर्लिएर पहाड उभिए नि मोडिएरै बग्दोरहेछ जिन्दगी...!....!! यथार्थतः यस संसारमा हरेक मान्छे अपरिचित छन् । यसर्थमा आफ्नो अस्तित्वको प्रथम साक्षी ऊ आफै नै हो । यसैले आफ्नै ठानिएका फूलहरू पनि आफ्नो नठाने हुन्छ । बाटामा कतै उनीहरूको भगवान् भेटे त्यहीँ समर्पित भइदिन्छन्, तर फूलको सुगन्ध र सौन्दर्य केवल फूलैको हो । त्यो कहीँ समर्पित हुन सक्दैन अर्थात् फूलको सौन्दर्य फूलप्रेमी सबैको हो, घृणा गर्नेहरूको होइन । सायद, यसरी तर्क गर्दागर्दै वृद्ध हुन्छन् प्रेमी-प्रेमिकाहरू तर वृद्ध हुँदैनन् प्रेमगीतहरू, तिम्रा कविताका प्रतिध्वनिहरू जो जिन्दगी अनि प्रकृतिसँगको

डेटिङमा नदी, पहाड, हिमाल, रूख, चरा, झरनाको सङ्गीत बनेर बजिरहन्छन् !... बजिरहन्छन् !....!!

प्रिय सम्बोधन !

सत्यमा आफ्नो वर्तमान खोज्दा-नखोज्दै अतीतको हिस्सा बनिसकेको म अब मात्र भविष्यको वर्तमान बन्न चाहन्छु । सन्दर्भमा यतिखेर म स्वयं मेरो वर्तमान, मेरो अस्तित्व मेरो वर्तमान, मेरो प्रेम मेरो वर्तमान, तिमीसामु मेरो उपस्थिति मेरो वर्तमान !!!

यसरी मेरो शताब्दीको वेदनाग्रस्त अन्तिम साँझ गुजारेपछि अन्धकार रातको जोखिम स्वीकार गरेर तिमीसम्म आइपुग्दा फेरि साँझै परे पनि जीवनका सारा विसङ्गत कोलाजहरू क्यानभासमा समेटेर कुनै पुरातात्विक आर्ट ग्यालरीको भित्तामा झुन्ड्याइसकेको छु । यो चढ्दो जवान रात ! हृदयको सङ्गमस्थल !! कति सुन्दर छ पर्यावरण !!! तिम्रा कविताहरू पुतली बनेर कतै दूरप्रदेशको विचरण गर्दै थकानले मेरो छातीमा अडेसा लागेको छ । कति सुन्दर संयोग बनेछ यो भेट ! म तिम्रो हृदयमा बास मागिरहेँछु तिम्रा कविताहरू मेरो हृदयमा बास मागिरहेछन् ।

यथार्थमा आफ्ना लेखनीहरूमा तिमीले आफ्ना अनुभवहरू माथि कति विश्वासघात गर्‍यौ, आफ्नो कति दुश्मन भयौ, आफ्नो आलोचक कति भयौँ वा आफूलाई कति सान्त्वना दियौँ ! त्यो त तिमीलाई नै थाहा होला तर तिमीले आफ्नो कविता संसारमा, निबन्ध संसारमा सधैँसधैँ जीवनको विश्वदृष्टि खोजिरहृयौ । आफैसँगको स्वाभाविक प्रश्नोत्तरमा कतै स्वीकृति, कतै निषेध, कतै समन्वय त हुन्छ नै जसका लागि मूलतः तिम्रै अनुभूतिहरूको उज्यालो र अँध्यारो दर्शन काफी हुनुपर्दछ । यद्यपि तिमी त्यतिखेर कतै तिम्रो आत्म संसारको कोष्ठकबाहिर पो पर्‍यौ कि ! जे होस्, कोष्ठकभित्र या कोष्ठकबाहिर दुवै अर्थमा कलाको जोखिम उठाउन तिमी माहिर रहृयौ । तिम्रो यही कलाको जोखिम उठाउने कलालाई म अभिनन्दन गर्दछु ।

फेरि पनि यो जागतिक द्वन्द्वको हुरीमा अर्थहीन गतिले अनायास बगिरहनु पर्दा कहिलेकाहीँ त यो मस्तिष्कीय भूगोलमा हाम्रो जन्म जीवनकै कति ठूलो विसङ्गतिपूर्ण कमेडीजस्तो लाग्छ ! यसैले कि अहिले म तिमीसँग सुखद संवाद गरिरहेछु तर यी शब्दचित्रहरूमा समाचार व्यसनीहरूले कुनै विशेष घटना-दुर्घटनाका क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय मूर्खतापूर्ण रिपोर्टहरू पाउने छैनन् तर पाउनेछन् भावकहरूले हाम्रा हृदयका प्रेमिल रिपोर्टिङहरू....!!

यो रात यति सुखद लागिरहेछ कि म तिमीसित कसैगरी आत्महत्याको कुरा गर्न चाहन्नँ किनकि हामीलाई यही जगत्मा बाँच्नु छ, यही जीवन र संसारलाई आत्मसात् गर्नु छ । यो संसार, यो जीवन, यो अस्तित्वसित अर्थात् फूलसित आँखा जुधिसक्यो । भूल नै सही अब यही संसारमा माया, प्रेम, प्रीति, स्नेह, सद्भाव बाँड्नु छ । यो जीवनको, यो संसारको सुन्दरतम कवितालाई महसुस गर्नु छ !

... तर, तिमी त आत्मघात गरिरहेछौ नि ! अझै चुरोट पिइरहेछौ...!! नितान्त चेतनशील जिन्दगी बुझेको अनुभव गर्ने तिमी आँधीमा बादल भएर उड्ने तिमी उताको कुन आकर्षणको मोहले डोर्‍याएर हो, मन्दविष पिइरहेछौ...। कतै उता आश्चर्यजनक इन्द्रेणी हुँदो रहेछ

कि ! जिउँदो मन अडेसा लाग्ने पहाडहरू त यहीँ छन् क्यारे ! अद्भूत रङ र उज्यालाहरू यहीँ छन् क्यारे ! जीवनबाट ओर्लने, जीवनमै बस्ने र दुःखले दुख्ने मन अनि अनेकौँ पीडाले संवेदित भएर ऐनाझैँ टुक्रिँदा अनेकौँ दृश्यहरूमा छरिने मनहरू पनि यहीँ छन् क्यारे ! तिमीले भनेजस्तै स्वयंमा जीवनकै मार्मिक इतिहाससरि दुःखपीडालाई नै पाठ्यक्रम र पाठशाला बनाएर, तिनै पीडालाई प्रेम गरेर उत्सवमय बाँच्ने मनहरू पनि यहीँ छन् क्यारे ! खै ! जीवनदेखि टाढाको देश कस्तो नै हुन्छ कुन्नि !!

जिन्दगीलाई आफ्नो इच्छानुसार समाप्त गर्नुपर्ने हो कि भनेर मैले पनि नसोचेको कहाँ हो र ! बाँचेपछि जिन्दगीलाई सहनु त पर्छ नै ! फेरि पनि यसै लागिरहृयो- म समाप्त भएँ भने तिमीलाई बचाउने को ? तर अफसोस ! नपिउनु थियो तिमीले विष त मनलाग्दो पिइसक्यौँ । सायद, अब तिमीलाई बाँच्नु पनि पीडा हुनेछ । अब मैले बचाउनुको पनि कुनै अर्थ रहने छैन । फेरि पनि यदि साँच्चै नै जिन्दगीलाई रगताम्मे पारेर छाड्नु सुख हो भने आऊ, सबै अनुष्ठान गरेर मरौँ साइरन बजाएर, सङ्गीत गाएर मरौँ उत्सवमय मरौँ । तर..., तिमी किन प्रतिक्रियाविहीन छौ ? सायद, पल-पल गीतहरूको तिर्खा बाँकी रहँदै, धुनहरूको प्रियता बाँकी रहँदै वियोगान्त पीडा झेल्नुपर्ने आशङ्काले त्रसित बनायो तिमीलाई ! यतिखेर मेरा प्रिय दार्शनिक भावकका सान्त्वनाका नासो शब्दहरू तिमीलाई हृदयान्तरण गरेर म मुक्त हुन चाहन्छु- "तिमी वियोगान्तमा कहिल्यै नरूनू ! किनकि वियोगान्त सत्य त सारा जागतिक वियोगहरूको गणितीय अन्त्य हो ।"

उः मिर्मिरे आकाशबाट तारा झर्दै छ । म तिनै झर्दै गरेको तारासँग तिम्रो आयु लामो होस् भनेर वरदान माग्दै छु तर तिमी पीडाको पहिरो झर्दै गरेको पहाड मुन्तिरबाट आफ्नै चुरोटको धुवाँ हुँदै अनायास आकाशको शून्यमा शून्यसरि, ओहो ! कस्तरी बिलायौ !!

तिम्रा लागि अब आगामी बिहानको कुनै अर्थ रहेन तर तिमी मेरालागि विशिष्ट अर्थ बन्यौ, कहिल्यै अर्को साँझ नपर्ने बिहान बन्यौ । मैले आजसम्म लेख्न नसकेको सुन्दरत् कविता बन्यौ र कविताको अलौकिक सरगम बन्यौ ।

हो, तिमी मसित बिदा भयौ तर बिदाइको विरहगीत मैले गाउनुपर्‍यो, बिदाइको कविता मैले नै रच्नुपर्‍यो । तिमीले त चाहेर पनि वियोगको पीडा कसैलाई भन्न सक्दैनौ । फेरि, छोड्नेहरूलाई के थाहा छोडिनुको पीडा ! यसैले कल्पनामै सही, रिहर्सल नै सही म तिमीलाई यही जीवनमा, यही धर्तीको एक कुनामा छोड्न चाहन्छु तिनीसँग बिदा हुन चाहन्छु । बिदा भएर कुनै अर्को लोक होइन, यही धर्तीमै फर्किने सम्भावना लिएर विपरीत ध्रुवीय यात्रामा जान चाहन्छु तर तिमीसित बिदा भएर फेदीबाट जब म पहाड उक्लन्छु घुमाउरो बाटोमा हावाको झोक्कासित तिम्रै खबर सोध्नेछु झरनाको सङ्गीतमा तिम्रै प्रीतको सुर थप्नेछु झर्दै गरेका पत्करहरूमा तिम्रै अधूरा आकाङ्क्षाहरूको संवेदना कोर्नेछु र बाटामा तिमीलाई ठेस लागेका ढुङ्गाहरू खोपेर आस्थाले प्राण भर्नेछु ।

सबै बाटाहरूभन्दा माथि जब म पहाडको शिखर टेक्छु सबभन्दा बढी म तिमीलाई नै सम्झनेछु । यद्यपि शिखरमा पनि सतहभन्दा माथि उठेर तिम्रा लागि मसँग कपिराइट नभएको आकाशका जून-ताराहरू टिपेर ल्याउने हठी तृष्णा भने मसँग रहने छैन । किनकि म सतहमै रहनेछु र उक्लनुको अतिरिक्त खुसी अनि झर्नुको अतिरिक्त पीडाबोध गरेर म जीवनको कोष्ठकबाहिर बाँच्न चाहन्नँ ।

फेरि जून-तारा त आकाशलाई नै सुहाउँछ, मलाई काँडामा फुलेको धर्तीकै फूल मन पर्छ ।

जसरी धर्तीलाई कुनै एउटा विशेषणभित्र कैद गरेर बाँकी सारा विशेषणबाट व्ञ्चित गर्न चाहिनँ उसरी नै सतहमा उभिएर म तिमीलाई विनाविशेषण नै सम्झिनेछु ।

आखिर त्यो तिमी नै त हौ जसलाई म मेरो जीवनको अन्तिम दिनमा मेरा बाँकी सारा भोलिहरू, मेरा सारा विगतहरू अर्पण गर्न चाहन्थेँ जसलाई मेरो नभएको वर्तमान दिने मसित कुनै आकाङ्क्षा नै रहेन !

यसरी तिमीलाई छोड्दा पनि दुःख मैसँग छ । गुलाफका ओठहरूबाट निस्केको पीडाको गन्धसमेत मेरै मुखबाट निरन्तर फैलिरहेछ ...। तिम्रा लिपिबद्ध कति पीडाका अनुगुञ्जनहरू पनि आफ्नै उच्छ्वासमा सुनिरहेँछु । तिम्रा आँसुहरू पनि मेरा आँखाबाट झरिरहेँछन् । सायद, मैले तिमीलाई जस्तो कसैलाई सुनेको थिइनँ, पढेको थिइनँ । तिम्रो दर्शन र पीडाको गहिरो तालमा फाल हानेपछि मात्र मैले थाहा पाएँ कि- विस्तारैविस्तारै तिम्रो दर्शन र पीडाको तलाउमा म स्वयं डुब्दै गइरहेछु ...।

यतिखेर म तिमीप्रतिको लयबद्ध लगावले सिर्जना गरेको सङ्गीतबद्ध प्रेम र यातनामा छु । यद्यपि मभित्र उद्घाटित यो रिदमिक संवेदनामा प्राप्तिको कुनै तुच्छ मोह छैन जहाँ गुमाउनुको पनि कुनै अर्थ छैन जहाँ विच्छेदको कुनै दुःखद सम्भावना पनि रहनेछैन । यसर्थमा वैचारिक कायान्तरणको यो बिन्दुमै म सम्पूर्णतः स्थगित हुन चाहन्छु । यहाँभन्दा पर जान चाहन्नँ जहाँबाट अर्को दुःखद सम्भावना प्रारम्भ होस् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    17 min 59 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 44 min ago
  • hlw
    22 hours 25 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • सम्झनामा एक आत्मीय अग्रज
  • परदेशीको सम्झना
  • अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
  • यहाँ यस्तै छ
  • भानु चेत जयन्तीमा बाहुन बनाइँदा
  • कुरा चल्दैछ तिम्रो बारे
  • डर लाग्छ
  • रातो कोट
  • समस्या‏
  • छातीको दुध मेरो
  • लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
  • गजल
  • तिम्रो नजर वाण भयो (दोहोरी गजल)
  • कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
  • तपाइँको पहाड कहाँ हो ?
  • कथामा समाजको चित्र
  • कुरो कुन्थरो
  • असार
  • कसरी म हाँसु ?
  • बनी प्रेमको प्याला
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित