Skip to content

“लाग्छ….असल परी हौ”

“लाग्छ….असल परी हौ”
न त लाउछौ गाजल तिमी
न त ओठमा लाली छ,
सबैलाई लट्ठ पार्ने
मिठो बोलि चाली छ !
न त लाउछौ क्रिम पाउडर
न त लायो बेसना,
आफ्नै भेषमा मख्ख पर्छौ
गर्दैनौ तिमीले फेसन !!
न त कपाल काट्छौ तिमी
न त रंग नै हाले छौ
सबैलाई लोभ्याउनालाई
बरु लामो कपाल पो पालेछौ !
न त अरुको नाकल गर्छौ
न त अरु कै संस्कार समौछौ,
जोगाउन खोज्छौ आफ्नै मौलिकता
आफ्नै संस्कारमा रमौछौ !!
अल्छी कहिल्यै गर्दैनौ तिमी
आकाशमा उड्ने चरी झैं ,
सबै कुराले सम्पन्न तिमी
लाग्छ असल परी झैं ……..
सबै कुराले सम्पन्न तिमी
लाग्छ असल परी झैं ……..!

राजेश रुम्बा लामा ‘अतृप्त”
दोहा,कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *