मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

निशब्द पोखिएको प्रेम

kbs — Sun, 07/04/2010 - 14:54

  • भावनात्मक निबन्ध
  • कुमारी लामा
  • मधुपर्क २०६७ जेठ

एक उच्छ्वास, बहकिँदै सम्हालिँदै गरेको मन
स्वयम्भूका दुई अर्धमूदित नयन,
सोच मग्न, व्यग्र अथवा शान्त !!
बाँदरहरूको आफ्नै प्रेम, सङ्घर्ष, झगडा र भाषा ।

बग्दै गरेको शीतल बतासले फरफहराइरहेका लुङ्दरहरू एकतमास फहराइरहेछन् । त्यो हल्लिदै गरेका स-साना लामा अक्षरमा केही लेखिएका कपडाका टुक्राहरूले केही भनिरहेझैँ, केही सन्देश दिइरहेझैँ । 'तासी देलेक' भन्दै एक हूल अधबैँसे मानिसहरू अलि ठूलोठूलो स्वरमा, जोसमा नेवारी भाषामा आपसमा खल्याङ्मल्याङ गर्दै गुम्बा परिक्रमा गर्दैछन् । केही हतार भएजस्तो उनीहरूको बोली र चालले पनि सङ्केत गर्दै छ ।

सबैलाई कतै न कतै पुग्नु छ र नै यो हतार होला बोलीको, चालको । कहिलेकाहीँ अथवा सधैँजसो नै हामीलाई बाहिरीरूपमा मात्रै हैन मनभित्र पनि एक प्रकारको आतुरता भइरहन्छ । दिमाग छिटो चल्छ । एकैचोटि धेरै स्मृतिका पानाहरू पल्टिन्छन् । दिमागसँगै मन पनि छिटोछिटो केही खोज्छ, केही हराएको पनि महसुस गर्छ । केही न केही भई नै रहन्छ । थाहा छैन यो किन, केका लागि र कस्तो व्यग्रता, हतार र अस्तव्यस्त चाल हो ?

यत्रतत्र छरिएर यो साँझलाई आँखाले, मनले, भावनाले अङ्गालिरहेछन् केही जोडीहरू, केही वृद्धवृद्धा र केही केटाकेटीहरू पनि । सबैको आफ्नै गफ, संसार, सपना, कल्पना, भावना र त्यसैको साटासाट छ । घरिघरि बाँदरहरू उपि|mँदै छेउमा आइपुग्दा झसङ्ग बनाइदिन्छ । झोलाहरू देख्नेबित्तिकै छेउमा आइपुग्छ, झम्टन खोज्छ । उसको पनि पेट छ, बानी हो, कर्म पनि हो । आरामले बसिरहेकाहरूलाई तर्साउँदै यताउता गरिरहन्छ । यो उनीहरूको आफ्नै साम्राज्य जो हो । उनीहरू छिटोछिटो लम्कन्छन् घरि रूखतिर, घरि मन्दिरतिर, घरि मानिसतिर । हतार छ सबैलाई । तुरुन्तै काम फत्ते गर्ने चटारो ।

एउटा वृद्ध भिक्षु, गेरु रङको कपडा, तालुचिन्डे कपाल, हातमा लट्ठी । निकै सुस्त उक्लदै छन् सिँढीहरू । उनका अङ्गरक्षकझैँ चारवटा सानो, अलि ठूलो र ठूलै विभिन्न रङका कुकुरहरू उनका पछिपछि छन् । ती भिक्षु सिँढी उक्लिसकेर एकछिन अडिन्छन् । दायाँबायाँ र पछाडि हिँडिरहेका सेनामेनादेखि दिक्क भएझँै गरी सानोचाहिँलाई त्यही लट्ठीले ट्वाक्क ठोक्छन् । कुइँकुइँ गर्दै अलि पर हट्छ । सबै कुकुरहरू अलि हचकिन्छन् । तर्सिएझँै गर्छन् । वृद्ध अलि हँसिलो अनुहार पार्दै अघि बढ्छन् । अलिकति जितको उल्लास मिश्रति हाँसो । यस्तै खुसी हुन्छ मानिसलाई आफ्नो जितमा । एउटा छुट्टै सन्तुष्टि । अझ पनि ती कुकुरहरू फेरि विस्तारै पहिलाजस्तै गरी जम्मा भएर उनको पछि लाग्न थाल्छन् । कस्तो गजब ! त्यो लट्ठीको दुखाइको असर केही क्षण मात्रै । सेकेण्डमा नै त्यसलाई बिर्सिएर फेरि यथास्थानमा आइसके ती । ती कुकुरहरू त्यस वृद्धसँग निकै परिचितजस्ता छन् । अनौठो माया छ त्यहाँ । अजीवको आत्मीयता । अव्यस्त आफ्नोपन । ती जनावर नबोलीकनै पनि केही भनिरहेछन् । आँखाले केही बोल्छ, चालले धेरै बोल्छ र अरू हाउभाउले पनि । यो माया नै हो । मानिस र त्यो वाक्यविहीन जनावरको आत्मीय सम्बन्ध । लट्ठीले हान्दा पनि पुच्छर हल्लाउँदै पछि लाग्छ ।

ती वृद्धले पार गरेका समयहरू अनुहारभरि मुजाहरू र किरिङमिरिङ रेखाहरूमा परिणत छन् । उनको मुहारमा एकप्रकारको धैर्य र शान्ति छाएको प्रस्ट देखिन्छ । त्यो सानो कुकुरलाई कुट्दा पनि माया गरेर, सम्हालिएर प्रेमपूर्वक छुन्छन् उनी । त्यहाँ रिस कहाँ छ र, प्रेम नै प्रेम छ । उनको सुस्त हिँडाइ र शरीरको मन्द चालले सबै हतारमा रहेको त्यो जमातमा उनलाई कहीँ पुग्नु छैन, केही भेट्नु छैन र केही प्राप्तिको लिप्सा पटक्कै छैन प्रस्ट हुन्छ । ऊ त्यही स्वयम्भूका आँखामुनि मनलाई, मुटुलाई शान्त पारी लीन हुन चाहेको देखिन्छ ।

उनी नजिकैको बेन्चमा हातमा माला जप्दै बस्छन् । त्यो कुटाइ खाने सानो कुकुरचाहिँ उसैको वरिपरि पुच्छर हल्लाउँदै यताउता गरिरहन्छ । मानौँ ऊ पहरेदार हो र त्यस भिक्षुलाई पहरा दिइरहेछ । यो अचम्मको सम्बन्ध, साइनो र आत्मीयता । निकै प्यारो छ । त्यो सानो जनावरका आँखाहरू निकै तीखा र चलाख छन् आफ्नोलाई झट्टै खुट्याइहाल्ने । त्यसैले ती भिक्षुको पछि हिँडिरहेछन् । ती फरफराइरहेका लुङ्दरले दिएको सन्देश यही प्रेमकै होला । प्रेम, निकै चोखो प्रेम, झीना स्वार्थभन्दा माथिको निकै परको अनन्त प्रेम ।

त्यो प्रेमका लागि जाति, भाषा, लिङ्ग केही पनि सरोकार छैन । त्यो प्रेम भाषाविहीन जनावर र मानिसबीच वा मानिस-मानिसबीच हुनसक्छ । त्यो प्रेम सांसारिक मोह र स्वार्थभन्दा परको निकै परको, निर्मल निलिमाजस्तै पवित्र, एक उच्छ्वासजस्तै कोमल ।

स्वयम्भूका यी दुई नयन पनि यही अटल, अमर, निःस्वार्थ प्रेमका साक्षी भई यसरी एकतमासले निहृयालिरहेझैँ लाग्छ ।

स्वयम्भू डाँडाभरि मानिसहरू टहलिनु, त्यो बाँदर यसरी यताउता उफ्रिनु, त्यो वृद्ध भिक्षु, ती कुकुरहरू, ती एक हूल मानिस सबैसबैलाई बाँध्ने एउटै कसी 'प्रेम' । आँखाहरू साँच्चै उघारेर हेर्दा प्रेममय नै देखिँदोरहेछ संसार ।

एउटा बालकको रुवाइ अनि एकै छिनपछिको निर्बन्ध हाँसो, एउटी आमाको असहृय प्रसव पीडा अनि एकै छिनपछिको गहिरो सन्तुष्टि, एउटा कविको रित्तो पाना र केहीबेरमा भरिएपछिको शान्त मन, सबैसबै एउटै धागो 'प्रेम' ले नै बाँधिएका छन् । त्यो सन्तुष्टि, त्यो हाँसो, त्यो शान्त मनलाई जोड्ने हाम्रै मन हो । मनमा प्रेम अङ्कुराएपछि नै सारा सृष्टि सुन्दर लाग्छ ।

एउटा अदृश्य शक्तिले बाँधिएका हामी । सम्पूर्ण प्राणी एउटै यात्राका सहयात्री । बाटो फरक देखिए पनि पुग्ने अन्तिम बिन्दु सायद एउटै ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    26 min ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 52 min ago
  • hlw
    22 hours 33 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • ... आयौ भन केका लागि
  • दुःखी चेली
  • आखिर तिमीले फाल्नु थियो
  • गजल
  • मेरो पाखा बारी
  • "तीजको गीत"
  • यसपालीको दशैं टिको लाउन पाइन
  • जसै बङ्गको रंग छाडेर आयें
  • पीपलबोट
  • नाट्यसाहित्यको गहकिलो समालोचना
  • एउटा अविस्मरणीय यात्रा
  • घान्द्रुकमा रमाउँदाको क्षण
  • हार र जीतको खेल
  • माग्नेकी आमा
  • यस्तै छ खुल्दुली
  • गार्‍है हुदोँ रैछ पाउन बिष समेत माग्दा
  • लुटेराहरू‎
  • नेता
  • म जस्तै अरू
  • मेरो अनि उनको रात...
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित