मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

लयको खोजीमा

kbs — Sun, 07/04/2010 - 21:44

  • भावनात्मक निबन्ध
  • रजनी ढकाल
  • मधुपर्क २०६७ जेठ

अन्धकारको अवशानमा हिँडेको उज्यालो पथको खोजीमा यात्रारत छु । निरन्तर बगिरहने एउटा गतिको अन्वेषणमा छु । सोचिरहेछु, यो गतिमा त्यो उज्यालो पथ कहाँनेर छ ? यो गतिमा त्यो अन्वेषण कुनबेला जोडिन आइपुग्ला ? एउटा यान्त्रिक गतिले मात्र जीवनलाई कस्तो गति देला ? चाहन्छु, यो गति मात्र गतिको लागि नहोस्, एउटा लक्ष्यको निकास बनोस् ।

वरिपरि झलमलाएका बत्तीका मालाहरूसँग, सडकमा कुदिरहेका उज्याला आँखाहरूसँग, सडकको डाइभर्सन पुलमुनि लुकेको अन्धकारसँग पटकपटक साउति मारिरहेछु तर सोच्न सकिरहेको छैन जीवनको उज्यालो कहाँनेर छ ? उज्यालो छैन भनूँ वरिपरि बत्ती मात्रै छ, गति छैन भनूँ सडकको यान्त्रिक गतिलाई जीवन दिन ध्यानस्थ छु ।

मनमा भुलभुलाइरहने यी भावुकताका मूलहरू कविताका स्रोत हुन् या निबन्धका ? या हुन् आफ्नै आकारहीन सोचाइका अमूर्त रूपहरू ? यो चिन्तनमा लय छ या भावनाको झङ्कार भन्न सक्तिनँ । आकारहीन रूपलाई जे मानिदिँदा पनि त हुन्छ । उडिरहेको बादलमा कलाकार के देख्छ ? बगरमा लडिरहेको ढुङ्गोमा मूर्तिकार के खोज्छ ? प्रकृतिमा छरिएका रङहरूको संयोजन चित्रकारले कसरी गर्छ ? ठोक्रोमा बाँधिएका तारहरूबाट कसरी निस्किन्छ सङ्गीत ? बाँसको निर्जीव ढुङ्ग्रोमा कसरी धुन भर्छ बादक ? एउटा बिरुवा आफ्ना रूपका हाँगाबिँगा कसरी थप्दै जान्छ ? कसरी फैलिन्छन् त्यसको आकार र आयाम ? थाहा छैन, तर जे बन्नका लागि पनि एउटा लयचाहिँ पक्कै चाहिने रहेछ ।

लयबद्ध कुदिरहेको जीवनको यो अमूर्त यात्राले भोलि कुन रूप लेला ? अहँ, भन्न सक्दिनँ । ठम्याउन सक्दिनँ आफ्नै भोगाइका रूपहरू पनि । आकारहीन छु म यिनै अनुभूतिहरूजस्तै । सायद लयबद्ध छु आफ्नै पृथक्ताबोध नहुने विचारमा र हिँडिरहेछु ।

नदेखिएको भोलिमा म एउटा आकार खोजिरहेछु । लय दिन खोजिरहेछु यिनै सङ्गतिहीन भोगाइहरूलाई । सायद बाँच्नुको सार्थकता त्यही हो, समयलाई जसरी भेटियो उसैगरी चुपचाप स्वीकार्नु तर तर किन विद्रोही बन्छ मन ? किन सम्हालिँदैन चुपचाप लागेर । चेतनाको विद्रोह कहाँ कहाँबाट भुलभुलाएर आउँछ । केही गर्ने चेतनामा बाँच्नु सङ्घर्षलाई अघि लगाउनु रहेछ । हिँडिरहेका बाटाहरूसँग, कर्तव्यमा उभिइरहेका रूखहरूसँग, बगिरहेको नदीसँग नजिक हुन खोज्नुको अर्थ पत्थरबाट पृथक् हुनु रहेछ ।

नदेखिएको भविष्यमा कुन आकारको कल्पना गरुँ म ? तर फेरि भन्न मन लागिरहेछ जे बन्नका लागि पनि एउटा लय चाहिने रहेछ । गतिमा ध्यानस्थ एउटा लय चाहिने रहेछ । मैले खोजिरहेजस्तै लय । जीवनको लय तर भन्न सकिरहेको छैन, यो जीवन योजनाको निश्चित लयमा हिँडिरहेछ या छैन ।

पर चन्द्रागिरिका पहाडी शृफ्लामाथि कुदिरहेको क्षितिजका अनन्त रेखाहरूमा अडिन्छन् आँखाहरू । देवकोटाको प्रेमले अविदितको यात्रामा डोर्यायो सायद । प्रत्येक मान्छे देवकोटेली अविदितको यात्रामा जीवनानुभूततिका लहरहरूलाई जोड्न खोजिरहेछ र खोजिरहन्छ जीवनको लय ।

लयमा रहनु सबै गतिशील वस्तुहरूको नियम हो । आस्तित्विक चेतना हो । सबैलाई बाँधेको छ समयले । अनि समयलाई पनि बाँधेको छ लयले । समयको आफ्नै लय छ । समुद्रका छालहरूसँग सामुदि्रक अस्तित्व बाँचेको हुन्छ । छाल आएन भने, लहर चलेन भने समुद्रको औचित्य नै के रहृयो र ? फेरि पनि प्रश्निल छु, जीवनको गतिसँग जीवन हिँडिरहेको छ वा छैन ?

कालोपत्रे सडकको छातीमा लिपिक्कै टाँसिएर इन्जिनको प्रवाहमा गुडिरहेछु । दाँयाबाँया वारपार देखिने मान्छेहरूको गतिमा छु म तर मेरो सोचाइले त्यो गति लिन सकिरहेको छैन ।

मनले जे सोच्छ त्यो गर्नुमा जीवनको सङ्गति छ वा समाजले जे भन्छ त्यो गर्नुमा जीवनको अस्तित्व छ । जीवनको कुन मोडमा गएर भेटिन्छन् मनको बाटो र समाजको बाटो । समाज के देख्छ ? के मनले जे देख्छ, त्यही देख्छ समाज ? के भन्छ समाज ? सामाजिक जीवनसँग मेल नखाने व्यक्तिका हर इच्छाहरूले कहाँनेर पोखिन पाउँछन् ? यहाँनेर आख्यानकार कोइरालासँग सोध्न मन लाग्छ, कहाँ छ तिम्रो व्यक्ति स्वतन्त्रता ? तिमीले लेखेका कथाका हरफहरूको के वास्ता छ यो समाजलाई ? फगुनीका सयौँ रहरहरूसँग खेलवाड गर्ने यो समाज अपहरण र बलात्कार मात्र गर्छ, समाज फगुनीहरूलाई भैरवी बन्ने स्वतन्त्रता दिँदैन । विधवाका रङ्गीन सपनाहरू हर रात गहनाको पोकोसँगै चोर्छ । कर्नेल्नीका रहरहरूमा गोली ठोक्छ दिनदहाडै । आज समाज जीवनको लयको विरुद्धमा हिँडिरहेछ ।

नागरिक सर्वोच्चताको नारा घन्काउने जुलुशमा किन मारिन्छ नागरिक ? के रगत र मृत्यविहीन अधिकार माग्न र दिन सक्दैनन् कसैले ? किन समय यति अराजक बनिरहेछ ? मानिस अहंको लयमा किन यति ध्यानस्थ छ ? मानिसका कुन सोचसँग समाजका सोचहरू मेल खाइरहेका छैनन् । मानिसकै चिन्तनमा डोरिएको यो समाज आज किन लयको विरुद्ध हिँडिरहेछ ?

म सोचिरहेछु, समयसँग बगेको सीमाले छेक्छ कि मान्छेलाई आफैँसँग गाँसिएको सीमाले । कोही भन्छन्, हुने कुरा भएरै छाड्छन्, जे हुन्छन् त्यो प्राकृतिक हो । स्वाभाविक हो । मान्छेको बाँच्नुको आफ्नै क्रम स्वाभाविक छैन । सोच्नुको आफ्नै आस्था स्वाभाविक छैन । कहाँनेर छ जीवनसँग स्वाभाविकताको मिलनबिन्दु ?

समयलाई आफू जसरी हिँडाउनु सफलता हो वा समयमा टेकेर आफू हिँड्नु, सोचिरहेछु हिँड्नुहरूलाई । हेरिरहेछु गर्नुहरूलाई । हो आज सोच्नुको क्रमलाई लयबद्ध गर्दैछु, लयबद्ध गर्दैछु जीवनलाई, दिनचर्यालाई, भोगाइलाई अनि आगामी सोचहरूलाई ।

मानिस किन आफैँमा लयबद्ध हुन सकेन गीतका हरफहरूजस्तै । किन मिल्दैन जीवन यी अक्षरमा दिइएका रेखा र डिकोहरूझैँ व्यवस्थित भएर ? किन भएन भोगाइ सङ्गीतको झङ्कार ? अनुभूतिका तरङ्गहरूमा मिसिएर नै, जीवनसँग गाँसिएर नै कला यति सरस छ तर जीवन किन यति गुनासोमय ? किन गर्छ जीवन जुलुस, किन गर्छ जीवन धर्ना र तोडफोड ? किन गर्छ जीवन हत्या र अपहरण ? किन यतिविघ्न व्यथाहरूले पिरिएको छ जीवन ? कहाँनिर टुटेको छ जीवनको सङ्गति ? कहाँ बिरिएको छ लयको खोजी ? कविहरूको सम्बोधनले भनिरहेछ छेउ लाग- ँकिनकि सत्यको बाटोमा हिंसा हिँडेको छ । अत्याचार अडेको छ । कुशासन कड्केको छ ।" किन छेउ लाग्नुपर्छ मान्छेले मान्छेसँग हँ ? सायद देवकोटाले पनि बुझेनन् यो कुरा न दिनेश अधिकारीले बुझे ।

जो मिलेका सुन्दर हरफहरूमा आफ्ना अनुभूतिलाई लयबद्ध बाँध्छ, उसैले किन गर्छ यस्तो विधि जीवनको गुनासो ? जो सङ्गीतका सिम्फोनीहरूमा समयका सुरहरू आबद्ध गर्छ, किन हुन्छ उसैको जीवन पीडापूर्ण ? के कलामा बाँच्नु भनेको पीडाको अनुभूतिको अनुवाद गर्नु मात्र हो ? के सुखानुभूति मात्र कलामा छ ?

भोग्दभोग्दै जीवन किन यति धेरै बिझ्न थाल्छ ? हो यो एउटा मीठो कथा हो, यो एउटा मीठो उपन्यास हो, यो एउटा मीठो गीत हो । एउटा मात्रै होइन थुप्रै महाकथाहरूको गथासो हो । एउटा मान्छेको जीवन थुप्रै कविताहरूको महाकाव्य पनि हो । एउटा स्वतन्त्र जीवन सुन्दर आख्यानमा जेलिएको उपन्यास पनि हो तर यी कलाहरूमा हुने मिठास र कलाले मनमा छुने मिठासले जीवनलाई बिस्तारै छोड्न थालिरहेछ । किन जीवन अक्षरहरूमा मात्रै सरस बाँचिरहेछ ? जीवन आफ्नै अस्तित्वमा कहिले सरस हुन्छ हँ ? कि रूप बदलेपछि मात्रै कुनै पनि वस्तुको मूल्य बढ्ने हो ? साहित्यमा बढेको जीवनको मूल्य वास्तविक जीवनमा किन घटिरहेछ ?

जीवनको औचित्य खोज्नेहरूको भीडमा अक्षरको साकार ज्योति खोज्न प्रत्येक दिन कीर्तिपुरको डाँडाले डाकिरहेछ । ज्ञानको महाज्योति बाल्न देवकोटाको सालिकलाई परिसरमा ध्यानस्थ साक्षी राखेर विश्वविद्यालयका कोठाहरूमा जीवनको खोजी गर्ने हूलहरूसँग छु म अचेल । लय बिर्सिएका शब्दहरूमा जबरजस्ती बसेका अक्षरहरूझैँ कक्षाकोठाको पङ्क्तिलहरमा झुण्डिरहेछु ।

नयाँ नेपालका सन्ततिले बिर्सिन थालेको राष्ट्रिय झण्डाको खुइलिँदै गरेको रङमा जस्तै काठमाडौाको धूलाम्य आकाशबाट चन्द्रमाको प्रकाशले धीमा स्वरमा बोलिरहेको छ- तिमी कहिले भेट्छौँ हँ जीवनको लय ? निरूत्तरित छु । यन्त्रस्थ गतिमा सवार छु । छुटिरहेको सडकको दूरी नाप्ने काम इन्जिनको रहेछ, मन त आगामी दूरी मात्र नापिरहन्छ ! जति पार हुन्छु उत्तिनै बाँकी रहेको देख्छु जीवनको सडक । समयको गति ममा निरन्तर छेडिइरहेछ र छुटिरहेछ मबाट । म निरन्तर छुट्नुलाई होइन आउनुलाई खोजिरहेछु । भविष्यको गतिको खोजीमा, जीवनको लयको खोजीमा !

धापाखेल, ललितपुर

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    26 min 35 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 53 min ago
  • hlw
    22 hours 34 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • गजल
  • पुरुष
  • शुभकामना
  • "नीलम तिमी"
  • अन्धा र हात्ती
  • केही टुक्राहरू
  • मनपर्यो अमेरिका ?
  • निशब्द पोखिएको प्रेम
  • ... आयौ भन केका लागि
  • दुःखी चेली
  • आखिर तिमीले फाल्नु थियो
  • गजल
  • मेरो पाखा बारी
  • "तीजको गीत"
  • यसपालीको दशैं टिको लाउन पाइन
  • जसै बङ्गको रंग छाडेर आयें
  • पीपलबोट
  • नाट्यसाहित्यको गहकिलो समालोचना
  • एउटा अविस्मरणीय यात्रा
  • घान्द्रुकमा रमाउँदाको क्षण
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित