मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

दुःखले छुँदा

kbs — Sun, 07/04/2010 - 21:49

  • भावनात्मक निबन्ध
  • सुस्मिता नेपाल
  • मधुपर्क २०६७ जेठ

कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही गरे पनि मन शान्त नभएपछि घरको बरण्डामा गएर बस्छु । वरिपरिका वातावरणको अनुहार हेर्दा हेर्दै कतिबेला कतिबेला बाहिरी वातावरणले मेरो मन रमाउन थाल्छ । आफ्नो मन देखेर आफै छक्क पर्न थाल्छु ।

अस्तिको दिनमात्र आँधीहुरी र वषर्ाले वातावरण अस्तव्यस्त पारेको थियो । फुलेका फूलहरू भुइँभरि छरिएका थिए । फूलको हाँगाबाट आफू छुटिएर भुइँमा अलपत्र परेकोमा दुःखी भएका थिए । आँधीहुरी र वषर्ाले रूखहरूमाथि दुःख प्रहार गरेको थियो । चट्याङले पनि नमिठो थप्पड हानेको थियो । असिनाले रूखका हाँगाहरूका पातहरूलाई अलग्ग पनि पारिदिएको थियो । रूखका हातहरू भएर फैलिएका हाँगाहरू पनि नमज्जाले भाँचिदिएको थियो । कठै ! कति दुःखको सामना गर्नु परेको थियो यी रूखहरूले । घामको न्यानो स्पर्शले रूखहरू आफ्ना दुःखहरू भुलेर हावामा हल्लिरहेका, नाचिरहेका र हावाकै तालमा लय मिलाएर गाएइरहेका ! कति मिठो दृश्य ! यही दृश्यले मेरो मनमा एक किसिमको रमाइलो अनुभूतिको जन्म गराइदिन्छ - दुःखले थिचिएको बेलामा यी रूखहरू पनि रोएर बसेको भए के यिनीहरूले जीवनको आनन्दको उपभोग गर्ने अवसर पाउँथे र ? रूख हुनुको अस्तित्वको बोध गर्न पाउँथे र ? यी रूखहरूले त समयले दिएको चुनौतिको सामना गरेर दुःखमा विचलित नभई स्वभाविक जीवन बाँचेका छन् भने म किन दुःखमा आत्तिनु ?

आफूमाथि टाँगिएको आकाशमा मेरो मन पनि गएर टाँगिन्छ । आकाशको नीलो पवित्र मनभित्र मेरो मनका दुःखहरू सङ्लिँदै जान थाल्छन् । त्यहीबेला काला बादलहरूले आकाशको मनलाई ड्याम्म छेकिदिन्छ । एकछिन त म फेरि अाित्तन्छु । के फेरि आकाशको नीलो पवित्र मनलाई देख्न पो नपाइने भयो त ? होइन, आकाशका लागि यी दुःखका काला बादलहरू त क्षणिक हुन् । आफूमा स्थीर भएको निलिमालाई मनको क्यानभासमा सुन्दर चित्रहरूमा उतार्न बिर्सेको छैन । त्यस्तै दुःखका काला बादलहरूलाई पन्छाउँदै आफ्नो छातीभित्र खेलिरहेका ताराहरूको अनुहारलाई स्पष्ट देखाउन छाडेको छैन । जूनको उज्यालो प्रकाशलाई धर्तीसम्म ल्याउन छाडेको छैन । हरेक चुनौतिमा आकाशले आफ्नो जीवनको सही अर्थ लिएर बाँचेको छ र त आज आकाशलाई हेरेर मानिसहरूले पनि आफ्नो मनको दुःख भुल्ने गर्छन् । दुःखमा पनि रमाउने गर्छन् भने म मात्र किन दुःखी हुनु त ?

दुःखले मलाई तर्साएको बेलामा मन त त्यसै अाित्तने नै भइहाल्यो । दुःखले विभिन्न अनुहार देखाएको बेलामा के गर्नु पर्ने हो भन्ने कुरा पनि बिर्सिने रहेछ । दुःख पर्दा मानिसलाई असल साथी, हाम्रो दुःख सुन्न सक्ने असल मनहरू चाहिने रहेछ । त्यस्तै एकान्त ठाउँ पनि चाहिने रहेछ, जहाँ आफ्ना सारा पीर बगाउन सकियोस् । मनभित्र परेका अनगिन्ती दुःखका गाँठाहरूलाई फुकाउन सकियोस् ।

प्रकृतिले पनि दुःख पर्दा मानिसलाई सुख दिने रहेछ जसरी मलाई दुःख परेको बेलामा रूख र आकासले सुख दिए । दुःखबाट नअाित्तन मेरो प्रेरणा भएर मलाई नै मार्गदर्शन दिए ।

मलाई सानातिना दुःखले हत्तपत्त सताउन सक्दैनन् । रुवाउन पनि सक्दैनन् । तर आफूले माया र सहयोग गरेकाहरूले आफ्नै पछाडि बसेर दुःख दिएको थाहा पाउँदा त्यतिबेला भने मन साह्रै रुने रहेछ । मन आत्तिने पनि रहेछ ।

जीवनलाई बुझ्न मैले आदरणीय व्यक्तिहरूबाट धेरै कुराहरू सिकेकी छु । थुप्रै पुस्तकहरूको अध्ययन पनि गरेकी छु । जीवनको एउटा समयमा मेरो शिरमाथि दुःखको नमिठो चट्याङ पर्यो । मलाई त्यस चट्याङको सामना गर्न निकै कठिन भयो । त्यहीबेला मलाई मेरा आदरणीय व्यक्तित्वहरूले मायाले उठाउनुभयो । मलाई माया गर्ने मेरा आफन्तहरू, साथीहरू सबै सबैले मेरै दुःखमा मिसिएर मलाई सुख दिने काम गरे । त्यही समयमा मैले आदर गरेको व्यक्तित्वले मलाई यसरी सम्झाउनु भएको थियो, "मानिसको जीवनमा सधैँ एउटै समय रहिरहँदैन । सुखपछि दुःख आउँछ भने दुःखपछि पनि सुख आउँछ , जसरी दिनपछि रात हुन्छ र रातपछि दिन हुन्छ । अँध्यारो भएन भने उज्यालोको के अर्थ त्यस्तै उज्यालो भएन भने अँध्यारो को के अर्थ ? त्यसैले सुख भएन भने दुःखको बोध हामीलाई कसरी थाहा हुन्छ र ? यही कुराहरूको बोध गराउन जीवनले हामीलाई यसरीले शिक्षा दिएको हुन्छ । जीवनलाई राम्ररी विचार गरेर त हरे तिमी आफैले थाहा पाइहाल्छ्यौ ।"

के सुखैसुख भएको भए मैले जीवनका विविध कुराहरूको बोध गर्न पाउँथे र ? मैले गरेका मेरा सिर्जनाहरू दुःखमै हुर्केका हुन् । मैले दुःखको आँसुले लेखेका कुराहरू नै त मानिसहरूले मन पराउनुभएको छ । मलाई कुनै पनि कुराको सिर्जना गर्न दुःखले नै बढी प्रेरणा दिने गर्छ । साँच्चै दुःख हुनु नराम्रो कुरा पनि त होइन रहेछ ।

विद्यार्थीहरूलाई पढाउँछु । उनीहरूलाई पढाउँदा सुख दुःखका विषयहरू पनि पढाउने गर्छु । उनीहरूका अनुहारहरूको आकृति पनि पढ्ने गर्छु । यही अवस्थामा कुनै विद्यार्थी पढ्नमा साह्रै तेज हुन्छन् त कुनै साह्रै कमजोर । विद्यार्थीहरूले नचाहँदा नचाहँदै पनि पढ्न जान्ने र पढ्न नजान्ने विद्यार्थीहरूका बीचमा एक किसिमको खाडल पैदा हुने गर्छ । त्यसैले म यी विद्यार्थीहरूका बीच खाडल नहोस भन्ने कुराको विचार गरेर उनीहरूलाई जीवनको अर्थ बुझाउनतिर पनि लाग्छु । कमजोर विद्यार्थीलाई बढी ध्यान दिन थाल्छु र उनीहरूमा भएको दुःखको हीनताबोधलाई हटाउने कार्य गर्न थाल्छु । कमजोर विद्यार्थीहरूको दुःखको अनुहारले आफू दुःखी त हुन्छु तर त्यही दुःखबाट उनीहरूलाई शिक्षाले झक्िन पाउँदा सुखको अनुभूति पनि गर्ने गर्छु । के यहाँ पनि दुःखले अनुहार नदेखाएको भए मैले कमजोर विद्यार्थीहरूको दुःख हटाउन सक्थे होला ?

बालकहरू पनि सिर्जनाका सुन्दर फूलहरू हुन् । जब पीडाले रून्छन् तब ती बालकहरूलाई उठाउने मायाका हातहरू पनि हुन्छन् । त्यहाँ बालकहरूको रूवाइ मात्र नभएर मायाका हातहरू नभएको भए के यी बालकहरूले जीवनका सुन्दर फूलका रङहरूले सजिन पाउँछन् होला ? बालकहरूले खेलेको, हाँसेको कुदेको कुराहरू मनले रमाइलो अनुभूत गर्न सकियो भने त्यहाँ सुख हुन्छ त्यसो गर्न सकिएन भने दुःख त भइहाल्छ । सुखी हुन र दुःखी हुन पनि त मन कै खेल त रहेछ । मन निरास भएको बेलामा सुखको अनुभूति त्यति सजिलै कहाँ हुने रहेछ र ?

मन दुःखी भएको बेलामा घरमा पाहुना आउनुहुँदा मेरा सबै दुःखहरू कता भाग्छन् कता । त्यसबेला आएका पाहुनाहरू मेरो लागि भगवान् समान नै हुन्छन् । म आफ्नो दुःखमा होइन उनीहरूका कुराहरूमा भुल्ने गर्छु । रमाएर खानाहरू पकाउने गर्छु । त्यसबेलाका सबै कुराहरूले मेरो मनलाई सुखी बनाइरहेको हुन्छ । दुःख मेरो लागि त्यतिबेला भगवान सरह हुन्छ । के मेरो मनमा दुःख नभएको भए मैले यी कुराहरूको महसुस गर्न पाउँथेँ ?

अनाहकमा कसैले मलाई दुःख दिँदा छक्क पर्ने गर्छु । कुनै मानिसलाई मैले सधैँ राम्रो व्यवहार गर्दा पनि त्यही मानिसले मलाई नचाहिने कुरामा दुःख दिँदा भित्रभित्रै रूने पनि गर्छु । मनभित्रको आँसु पखाल्न म सङ्गीत सुन्ने गर्छु । सङ्गीतले मेरो दुःखको आँसु पखालिदिन्छ र मेरो मनलाई शान्त पारिदिन्छ । नाच्न सधैँ लजाउने म दुःख पर्दा सङ्गीतको तालमा खूब नाच्ने गर्छु । आफू सङ्गीतको तालमा भुलेको देख्दा आफै छक्क पनि पर्छु । त्यसपछि मानिसहरूले दिएका अनाहक दुःख चटक्कै बिर्सिन्छु र आफ्नो काममा रमाउन थाल्छु । दुःख मेरो हृदयमा जम्मा नभएको भए म सङ्गितको छेउमा पुग्न सक्ने थिइन होला । सङ्गीतलको हात समातेर नाच्ने पनि थिइन होला । अनाहकमा दिइएको दुःखले मलाई फेरि अर्को किसिमको सुखको अनुभूति गराइदिन्छ ।

हिजोआज दुःख मेरो साथी बनेको छ । दुःखले भिजेर आएकाहरूलाई मैले केही रूपमा भए पनि दुःखको अर्थ बुझाउन सकेकी छु । उनीहरूको मनको दुःख झक्िन पाउँदा मनमा केही रूपमा भए पनि शान्ति मिलेको छ । दुःख त हरेका मानिसको जीवनमा गुरु नै बनेर आएको जस्तो लाग्न थालेको छ । जब मेरो मनमा दुःख हुन्छ तब म कुनै मिठो सङ्गीत सुन्ने गर्छु । रचनाहरू सिर्जना गर्ने गर्छु । दुःखका अनुहारहरूले मनिसलाई कहिले रूवाउँछ त कहिले हँसाउँछ । दुःख पर्दा प्राय मानिसहरू अाित्तने गर्छन् । त्यही अाित्तने अवस्थाले नै मानिसहरूलाई नआत्तिने अवस्थाको सिर्जना पनि गर्ने रहेछ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    19 min 58 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 46 min ago
  • hlw
    22 hours 27 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • पूनरावृत्ति
  • अजम्बरी बुटी
  • सीमाना कटाउने बेला हो यो
  • दोषी चस्माको विपक्षमा
  • सप्रिनुको आनन्द
  • सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
  • भुर्र–भुर्र उड्छे वनकी चरी
  • दिदी माइत आऊ है
  • परदेशी छोरीछोरालाई चिठ्ठि
  • तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
  • कहाँ छ ?
  • बैशालु यो हावा आयो
  • ओठै नचलाई बोल्थिन उनी
  • ‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’
  • दुखेको दिल
  • सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
  • नालापानी
  • एउटा बूढो पहाड
  • प्रभु, मलाई बचाउनु होस्!
  • देवकोटासँग एउटा साँझको कायान्तरण
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित