मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

अलबिदा कृष्णचन्द्र !

kbs — Tue, 07/06/2010 - 19:48

  • संस्मरण
  • रमण घिमिरे
  • नेपाल साप्ताहिक

१५ दिनअघिको कुरा हो । उनको गेट खुलै थियो । तर पनि मूलगेटको घन्टीको स्विच थिचेँ । मलाई भित्र पस्न गाह्रो लाग्यो । किनभने, घरको मूलढोकामा एउटा ठूलो कुकुर मैतिर लक्षित टाउको ठड्याएर ढल्केको थियो । अर्कोपटक घन्टीको स्विच थिचेँ । यसपालि चाहिँ मूलगेट खोल्न उनी आफैँ आए । ढाड अलि कुप्रो पारेर झन्डै ४५ डिग्रीको कोणमा ढल्केर उनी हिँड्दै आए र ढोका खोले । "यो ढाडले मलाई असाध्यै पिरोल्यो," उनले भने, "डाक्टरले पनि अब यसको उपाय छैन भनेका छन् ।" त्यस दिन उनीसँग त्यति लामो कुराकानी भएन । म हतारमा थिएँ । अहिले लागिरहेछ, मभन्दा हतारमा त उनी पो रहेछन् ।

नेपाली साहित्यको निबन्ध र समालोचना विधामा मात्र होइन, समग्र नेपाली साहित्यमै कृष्णचन्द्रसिंह प्रधान साह्रै आदरका साथ सम्बोधन गरिने नाम हो । विसं १९८२ साउन ११ गते नागपञ्चमीका दिन काठमाडौँको तुन्छेँगल्ली, सुन्तागाउँमा सूर्यप्रसादसिंह र सूर्यमायाका माहिला सन्तानका रूपमा जन्मेका प्रधानको पहिलो सिर्जना विसं १९९५ मा रचित 'हाय तमाखु' शीर्षकको कविता थियो । तर, प्रकाशित रूपमा चाहिँ ००२ सालमा बनासरबाट प्रकाशित उदय मासिकमा छापिएको 'अश्रुधारा' पहिलो रचना हो ।

आजीवन साहित्यकै लागि समर्पित उनी त्यसबेलाको पत्रपत्रिका बिक्री गर्ने प्रसिद्ध सन्देश गृहका संस्थापक थिए । यसबाहेक उनी संस्थापक रहेका प्रसिद्ध संस्थाहरूमा प्रगतिशील लेखक संघ, विद्यामन्दिर पुस्तकालय, अखिल नेपाल शान्ति समिति, महेन्द्ररत्न पब्लिक कलेज, नेपाली साहित्य संस्थान, काठमाडौँ कलेज, साहित्यकार संसद्, अस्वीकृत विचार साहित्य पुरस्कार गुठी आदि हुन् ।

००८ सालमा भञ्ज्याङनिरै कवितासंग्रहबाट कृतिकारका रूपमा देखापरेका प्रधानका समालोचनातर्फ कवि व्यथित र काव्यसाधना, नेपाली उपन्यास र उपन्यासकार, सिर्जनाको सेरोफेरो र कृति अवलोकन मुख्य हुन् । उनका प्रसिद्ध निबन्धमा सालिक, अनाम सत्य, पाइला, आगतमा टेकेर र समय-सुनामी हुन् ।

कवि व्यथित र काव्यसाधनामाथि उनले ०१५ सालको मदन पुरस्कार पाएका थिए । साझा पुरस्कार (दुईपटक), उत्तम पुरस्कार, त्रिभुवन प्रज्ञापुरस्कार, झपट पुरस्कार, शंकर लामिछाने निबन्ध पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार आदि प्रतिष्ठित पुरस्कार र दुई दर्जनभन्दा बढी सम्मान र अभिनन्दनद्वारा सम्मानित प्रधान विसं ००५ र ०१० मा सुरक्षा कानुन अन्तर्गत दुईपल्ट छ/छ महिना जेल परेका थिए ।

विद्यालय नै नगई स्वाध्ययनबाट नै आफ्नो शिक्षा र ज्ञान आर्जन गरेका प्रधानका कृतिहरू स्नातकोत्तरसम्म अध्ययन र अध्यापन हुन्छन् भने उनका साहित्यका विविध विधामा धेरैले विद्यावारििध गरसिकेका छन् ।

सरल स्वभाव र आफ्नो विचारमा सधैँ अडिग प्रधानले निबन्ध, समालोचना, आत्मवृत्तान्त, सम्पादन गरी करिब दुई दर्जन कालजयी कृतिहरू छाडेर गएका छन् । उनी अन्तिम दिनहरूमा पनि लेखन कार्यमै व्यस्त थिए ।

उनका आरम्भका केही वर्षहरू अध्यापन पेसामा बिते । यस क्रममा शान्ति निकुञ्ज, कन्या मन्दिर, महेन्द्ररत्न पब्लिक कलेज र गान्धीवादी तुलसी मेहरको आग्रहमा भारतको मध्यप्रदेशस्थित महिला आश्रम, बर्धामा एक वर्ष अध्यापन गरेका थिए । पेसाकै रूपमा उनले साझा प्रकाशनमा महाप्रबन्धक पदमा १४ वर्ष निरन्तर सेवा गरे । उनी ०२६-०३० सम्म सहसदस्य र ०४७-०५० सम्म सदस्यका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानमा सेवारत रहे ।

एकताका सामाजिक काममा पनि उनी त्यत्तिकै सक्रिय रहे । शिवरात्रिका बेला पशुपतिनाथको दर्शनार्थ आउने भक्तजनहरूका लागि स्वयंसेवक भई सामाजिक कार्यमा पदार्पण गरेका प्रधान पछि साहित्यिक संघसंस्था, विद्यालय, कलेज र अन्य विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय रहे ।

साझा प्रकाशनमा हुँदा नेपाली साहित्यको प्रकाशन र यसको व्यापारका लागि उनले फैलाएको सञ्जालको आज पनि मुक्तकण्ठले प्रशंसा गरिन्छ । साहित्यकै लागि जन्मेका र त्यसैमा आजीवन सेवा पुर्‍याएका प्रधानले देवकोटाको संस्मरणमा नेपालमा पछिल्लोपटक उल्लेख गरेको एउटा प्रसंग रोचक छ ।

उनी र उनका दाजु हृदयचन्द्रसिंह प्रधानलाई कम्युनिस्ट भएको आरोप लगाइन्थ्यो । यसबारे पंक्तिकारसँग पछिल्लो भेटमा उनले त्यस कुरालाई अस्वीकार गरेका थिए । र, यसै प्रसंगमा महाकवि देवकोटासँग जोडिएको एउटा घटना सुनाएका थिए ।

कुरा ०१६ सालको हो । देवकोटा क्यान्सर रोगबाट असाध्य अवस्थामा पुगेपछि उनलाई पशुपतिको वनकालीमा राखिएको थियो । त्यहाँ देवकोटाको पीडा भुल्याउन विभिन्न भजनकीर्तनको व्यवस्था गरएिको थियो ।

"म देवकोटाको स्वास्थ्य स्थिति बुझ्न चारपटक त्यहाँ गएँ," उनले पाँच दशकअघिको स्मृतिलाई कोट्याउँदै भने, "अन्तिमपटकको कुरा हो । देवकोटा टुक्रुक्क बसिरहेका थिए । मैले कस्तो छ भनेर औपचारकि सोधपुछ गरेपछि उनले बस्नूस् भने । म उनकै छेउमा बसेँ । उसरी नै भजनकीर्तन चलिरहेको थियो । महाकविले भने, अब दुई-चार दिनको कुरा मात्र हो, बाँच्ने आशा छैन । देवकोटाले पीडाले मर्माहत हुँदा भजनकीर्तन सुन्दा र भगवान्को नाम लिँदा अलि सञ्चो भएको अनुभूति हुने बताए । अनि, मैले भनेँ, त्यसो भए भजनकीर्तन नै सुन्नूस् । मैले यसो भनेपछि पीडामै पनि देवकोटा मतिर फर्केर मुसुक्क हाँसे र भने, तपाईं कम्युनिस्टले पनि यसो भन्ने ? तर, मैले आफूलाई कम्युनिस्ट भनेर कहिल्यै घोषणा गरिनँ । बरु देवकोटालाई नै रुस र चीन गएको भनेर कम्युनिस्टको आरोप लगाइएको थियो ।"

कृष्णचन्द्रसिंह प्रधान अब हामीमाझ छैनन् । तर, महाकविले ठट्टा गरेर 'कम्युनिस्ट'को विशेषण लगाएका उनी साहित्यमा भने साँच्ची नै प्रगतिशील साधक थिए । उनीद्वारा रचित हरेक सिर्जनाले नेपाली साहित्यलाई प्रगतिको शिखरमा आरोहित गराएको छ । त्यसैका आधारमा उनलाई वर्तमान र भावी पुस्ताले स्मरण गर्‍यो भने यही नै उनीप्रतिको साँचो मूल्यांकन र श्रद्धाञ्जलि हुनेछ ।

नेपाल साप्ताहिक ४०३

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    5 min 35 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 32 min ago
  • hlw
    22 hours 13 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
  • एक दिन हामी नभेट्दा
  • गजल
  • लिलामी छ
  • बगर पो हो कि जीन्दगी
  • असहमति
  • स्मृतिको क्यानभासमा
  • ऊ बेश्या होइन
  • पत्र कथा :– प्रेमिकालाई पत्र
  • मोवाइल-गाथा (बाल-एकाङ्की)
  • फूल सम्झी टिप्न खोजें
  • धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
  • नियति
  • अँझै ऊ फर्केन
  • कालो टोपी (कथा)
  • आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)
  • जहाँ पुरानो युग अन्त्य भएर नयाँ युगको थालनी हुनेछ
  • जिन्दगीमा सुकर्म गरी जाउँ
  • नदीवारि नदीपारि
  • नसोध मेरो हाल
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित