Skip to content


उहिले, उहिले
एकादेशको कथामा जस्तै
अहिले फेरि देशमा
कैयौँ छोटे राजाहरू जन्मने क्रम बढिरहेछ
गाउँ, सहर
छोटे राजाहरूको बिगबिगीमा
अरिङ्गाल आतंकबाट आक्रान्त छ
समय पनि लाग्छ
कहिलेकाहीँ त चल्न छोडेर, प्रकृतिको नियम तोडेर
प्रकृतिलाई नै धावा बोलिरहेछ
त्यसैले यस्तो लाग्दैछ
कि त उनीहरूकै कित्तामा
सामेल भएर चाहे अनुसार चल्न सक्नु पर्‍यो
हैन भने प्रतिवाद गर्न सक्नुपर्‍यो
हैन भने प्रतिवाद गर्न सक्नुपर्‍यो
प्रतिवाद
प्रतिवाद, अन्धा भएको बहाना गर्ने अरिङ्गालको गोलामा
आक्रमण गर्नु सावित पनि हुनसक्छ
तर, अचेल त
अरिङ्गालहरू बस्ती-बस्तीमा फैलिइरहेछन्
कृत्रिम अन्धा अरिङ्गालहरू ठीक या बेठीक केही जान्दैनन्
त्यसैले उनीहरू जसलाई मन लाग्यो
जतिखेर पनि आक्रमण/आक्रमण गर्न थालेका छन् ।

यतिखेर देश
अरिङ्गाल आतंकबाट पीडित छ
छोटे राजाका सेनामेना अरिङ्गालहरू
जसलाई मन लाग्यो डसिरहेछन्
त्यसैले
स्वाभिमानको अस्तित्व रक्षार्थ
परििस्थतिलाई अरिङ्गाल आतंकबाट
निकास दिने या आत्मसमर्पण गर्ने
अन्योलमा

नेपाल साप्ताहिक ४०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *