• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

हाङ्छा

kbs — Sat, 08/23/2008 - 07:54

  • लोक कथा
  • निराजन बतास

सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता माङले महसशुस गरे । त्यसको लागि माङले सबैभन्दा पहिले ३ वटा पिपलको पातको उत्पत्ति गरे । माङले एउटा पातले जलाम्य धर्ती छोपे । एउटा पातले शिरमाथि पारे र आकाश बनाए एउटा पात घोप्टो पारेर धर्तीमा राखे । त्यै घोप्टिएको पातमाथि बोम्बोयोम्मा-धमिरा) ले पातले छोपिएर विस्तारै जमिन बन्दै गएको भगबाट माटो ओसार्दै थुपानै थाल्यो । माटो थुप्रिदै गएपछि धर्ती माटो र पानी -जलथल) बराबर भयो । माटो र पानी भएपछि विभिन्न जीवहरु बाँच्ने भए र मान्छेको उत्पति माङले गराउने परे र नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्मा मानव सृष्टि मानव सृष्टि गरे र उनीहरुको कोखबाट सुम्निमा-चेली) र पारुहाङ-माइती)को जन्म भयो । सृष्टिले निरन्तरता पाउन स्त्री र पुरुषको समागम हुनुपर्ने भयो । यस अर्थमा सुम्निमाले पारुहाङसँग विवाह गर्न खोजिन् । पारुहाङलाई आफ्नो चेलीसँग विवाह गर्नु अप्ठ्यारो मात्र होइन अपराध नै थियो । सुम्निमाले आफुसँग विवाह गर्न लागेको र पारुहाङ चेलीसँग विहे गर्न मञ्जुर नरहेकोले पारुहाङ सुम्निमाले नदेख्ने नभेट्ने ठाउँ साल्पा पोखरी लागे अलप भए । सुम्निमाले जसरी पनि पारुहाङलाईं पाउनु नै थियो । त्यासको लागि अब सुम्निमाले पारुहाङलाई खोज्नुपर्ने भयो । खोज्न्को लागि सुम्निमाले उडेर धेरै ठाउँ घुम्न सक्ने चराहरुको कल्पना गरिन् र सबैभन्दा पहिले ताङटुम्मी-चाँदे नामक चरा वान्तवा भाषामा एक प्रकारको चरा उत्पत्ति गराइन् र पारुहाङलाई खोज्न पठाइन् । टाङटुम्मीले संसार चहार्यो तर अन्तमा उसले पारुहाङ साल्पा साल्पा पोखरीमा लुकेर रहेको ठहर गर्यो । टाङटुम्मीले सिली नाच्दै यारी-अदुवालाई काटेर जोखाना गर्दै साल्पा पोखरीलाई फन्को लायो तर पारुहाङ्ग निस्केनन् । टाङटुम्मीले त्यतिबेला यारी गर्दा एकपाटो आफ्नो टाउको छिनायो- त्यै बखत एक पाटो आफ्नो टाउको छिनाएकोले नै टाङटुम्मी चराको टाउकोमा एक पाटो अस्वाभाविक सेतो पाटा रहेको हो भनिन्छ । टाङटुम्मीले पारुहाङ्गलाई पत्ता त लगायो तर सुम्निमा समक्ष ल्याउन भने सकेन । यो कुरा टाङटुम्मीले सुम्निमालाई सुनायो । त्यसपछि झेत्वा-धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङटुम्मीले सुम्निमालाई सुनायो । त्यसपछि झेत्वा-धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङ्गलाई खोज्न पठाइन् । सिली नाच्दै , यारी गर्दै र सोलोन्वा-चिन्डो) बोकेर मन्त्र उच्चारण गर्दै झेत्वा पारुहाङ्गको खोजीमा लाग्यो । पारुहाङ्गको खोजीमा झेत्वा संसार डुल्यो तर उसले पनि साल्पा पोखरी भित्रै पारुहाङ्गलाई त्यहाँभित्रबाट निकाल्न सकेन र ऊ फक्र्यो । सुम्निमाले अब पारुहाङ्गको खोजीका लागि तुइरा-र्सुइ .....र्सुइ....कराउने एक प्रकारको चरा) को उत्पत्ति गराइन् । तुइराले पनि चारै दिशा घुम्यो र साल्पापोखरीमा पारुहाङ्गलाई लिएर आउन सकेन । त्यसपछि माक्वा -कल्चुडो कालो रङ्गको चरा) ,चेन्चेक्वा-पदुवाचरी) र तायामा खियामालाई सुम्निमाले क्रमशः उत्पत्ति गराइन् र पारुहाङ्गलाई खोजेर ल्याउन पालै पालो पठाइन् । उनीहरुले पालो-पालो सिली गाउँदै नाच्दै यारी गर्दै पारुहाङ्गको खाजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्गको खोजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्ग लुकेको ठाउँ ग्यारेन्टी गर्दै फर्के । उनीहरुले सुम्निमालाई विन्ति गरे-\"हामीले पारुहाङ्ग साल्पापोखरीमा लुकेको थाहा पायौं तर ल्याउन सकेनौं ।कसैले पनि पारुहाङ्गलाई ल्याउन नसकेपछि सुम्निमाले निकै सोचविचार गरिन्-\'अब कसले पारुहाङ्गलाई ल्याउन सक्छ त -\' त्यसपछि उनले पानीभित्र पस्न सक्ने बाजीकुहाङ्ग-गंगटा)को उत्पत्ति गराइन् र चराहरुलाई अह्राइन् -\'अब गंगटासहित साल्पापोखरी जाऊ,सिली गाऊ,नाच र चिण्डो सहित यारी गर त्यसपछि पनि पारुहाङ्ग पोखरीदेअि ननिस्किए बाजीकुहाङ्ग आफैले पोखरीभित्र पसेर पारुहाङ्गलाई निकाल्छ ।\' त्यसपछि चराहरु र बाजीकुहाङ्ग भएर साल्पा परिपरि सिली नाच्दै गाउँदै चिण्डो सहित यारी गरे तर पारुहाङ्ग निस्किएनन् , बाजीकुहाङ्गले पनि पारुहाङ्ग यै पोखरीभित्र छन् भन्ने किटान गरेपछि बाजीकुहाङ्ग आफै पोखरीमा पसेर पारुहाङ्गको जीऊमा कुतकुती लगायो र पारुहाङ्ग बिउँझिए र पोखरीबाट बाहिर निस्के । आफु कसैले नदेख्ने गरी गुप्तवास बसेको पारुहाङ्गले बताएपछि आफुलाई यसरी व्यूँझाउनुको कारण समेत चरा र बाजीकुहाङ्गलाई सोधे । बाजीकुहाङ्गको समूहले एकै स्वरमा भन्यो-\'सुम्निमाले हजुरको अत्यन्तै चाहना गर्नुभएकोले हजुरलाई लिन आएका हौं ।\' सुम्निमाले आफुलाई विहे गर्नको लागि सुम्निमाले चाहेको कुरा पारुहाङ्ग थाहा पाइहाले । चेली र माइती प्रत्यक्ष विहे गर्न नहुने ठानी पारुहाङ्गले आफ्नो वीय कर्कलाको पातमा पोको पारेर सुम्निमालाई बाजीकुहाङ्ग समूहको हातमा पठाइदिए र सुम्निमालाई अहिले भेट्न नसक्ने सन्देश पठाए । आफुले पारुहाङ्गलाई लिन पठाएको टोली पारुहाङ्ग विना आइपुगेको देखेर सुम्निमाले सोधिन्-\'पारुहाङ्गलाई ल्याएनौ त -\' उनीहरुले पारुहाङ्ग अचेल आउन नसक्ने र सुम्निमाको नाममा ओखती पठाइदिएको जानकारी सुम्निमालाई दिए । पारुहाङ्गले पठाएको वीय ओखती ठानेर सुम्निमाले खाइन् । खाएपछि सुम्निमाको पेटमा गर्भ रहृयो । यसरी माइती-पारुहाङ्ग)को गर्भ चेली-सुम्निमा)को पेटमा बढ्दै गयो । त्यसबाट जेठा चाप्चा (बाघ),माइला तुमुन(भालु) र कान्छा हाङ्छा-मान्छे)को जन्म भयो ।आमा सुम्निमाको रेखदेखमा ती तीनभाइ चाप्चा,तुमुन र हाङ्छा बढ्दै गए र तीनै भाइ शिकार खेल्न सक्ने उमेरका भए । अब सुम्निमाले तीने भाइ छोराहरुलाई शिकार खेल्न पठाउन थालिन् । चाप्चाले मृग,बँदेल जस्ता ठूला शिकार ल्याउन थाल्यो । तुमुन-भालु)ले तरुल,तुलफुल,गिठा,भ्याकुर ल्याउन थाल्यो । हाङ्छा धनुषबाण चलाउने हुनाले खरायो,जरायो इत्यादि ल्याउन थाल्यो । सुम्निमाले तीनै भाइ छोराको शिकारहरुलाई एउटै वादिनखोप-अण्डाको बाहिरी खोल)को भाँडोमा पकाइन् र छोराहरुलाई नै बाँडेर दिइन् । एउटै भाँडोमा धेरै थरी शिकारको स्वाद बेग्ला-बेग्लै भयो । यसरी तिनै भाइ शिकार खेल्न जानेर शिकार ल्याउने अनि बाँडेर खाने गर्न थाले शिकार खेल्न जाने बेला सुम्निमाले तीनै भाइलाई भनेर एकै ठाउँमा खाजा पठाउँथिन् । \'शिकार खेल्दा थाकिन्छ । थाकेको बेला तीनैजना एकै ठाउँ भेला हुनु र खाजा बाँडेर खानु,त्यसपछि फेरि शिकार खेल्नु ।\' आमाले भने बमोजिम नै तीन भाइ शिकारीहरुले गर्न थाले । तर पछि-पछि चाप्चाले आफ्ना भाइहरुलाई पाप चिताउन थाल्यो र यताउति शिकार गरेजस्तो गरेर राखिएको साझा खाजा आफैले आफैले मात्र खाएर सिध्याउन थाल्यो । तुमुन-भालु) हाङ्छा-मान्छे) खाजा खान आउँदा खाजा सिद्धिएको मात्र भेट्टाउँथे । \'खाजा के ले खाइदिदैछ - काम गर्नेलाई चैं खाजा छैन ।\' हाङ्छा रिसले मुर्मुरियो र खाजा राख्ने ठाउँमा हाङ्छा जस्तो देखिने केराको थम्बा बनाएर आफु रुखमा चढ्यो र जे ले खाजा खान्छ त्यसैलाई हानि मार्ने निधो गर्‍यो । एक छिनपछि चाप्चा आएर खाजा खान थाल्यो । हाङ्छाले पनि केही पनि विचार नगरी आफ्नो खाजा खाइदिने जन्तुलाई धनुवाणले हानेर ढाल्यो । चाप्चा मर्‍यो अब तुमुन डरायो -\'हाङ्छाले त मार्ने पो रहेछ ।\' तुमुनले हाङ्छालाई भन्यो-\'चाप्चा त मर्‍यो अब आमालाई अब के भन्ने -\'\'कता गयो कता - थाहा पाइएन भन्ने नि-हाङ्छाले भन्यो । सँधै तीनभाइ छोराहरु सँगै शिकार लिएर र्फकने आज दुइ भाक्ष् मात्र फर्केको देखेर सुम्निमाको मन अमिलो भएर आयो । सुम्निमाले चुमुन र हाङ्छालाई चाप्चाको बारेमा सोधिन् । दुवैले कता गयो भनेर थाहा नपाएको कुरा बताए । सुम्निमाले भाइहरुले दाजुभाइको कुरा बुझिन् र उनीहरुको शिकार खेल्ने ठाउँतिर खोज्न हिडिन् । छोराहरुको खाजा खाने ठाउँमा चाप्चा ढलिराखेको भेटिन् । सुम्निमाले अदुवा,चिण्डो लगेर धुप धुवारो गर्दै सिली गाउँदै र नाच्दै यारी गर्दै चाप्चाको शिर उठाइन् । पेरुङ्गोमा आगो हालेर मरेको चाप्चाको शिर उठाइन उसको जीऊभरि आगो डुलाइन् । त्यै पेरुङ्गोको आगो झरेर चाप्चाको जीऊ डढेर खालको खालको टाटा बस्यो । -चाप्चाको शरीरमा धर्का-धर्का भएको टाटा पांग्राहरु हुन्छन् । सुम्निमाले उसको जीऊमा आगो डुलाउँदा डढेर बाघको जीऊमा टाटापांग्राहरु भएको हो भनिन्छ । ) त्यसपछि चाप्चा जिउँदो भयो । अब सुम्निमा पनि खुबै डराइन् । खाजुभाइलाई मिलाप गराए फेरि मारामार हुन्छ भन्ने सुम्निमालाई डर थियो । उनले पाप चिताउने कुवुद्धि र फेरि पनि जन्माउनु-मृत्युबाट ब्यूझाउँनु) परेकालेले जेठो चाप्चालाई कान्छो बनाइदिइन् र चतुरबुद्धिले गर्दा हाङ्छालाई जेठो बनाइदिइन् र शिकार खेल्न अब उनले तीन जनालाई तीनै पट्ट िपठाइन् र भेट्दा मारामार नगर्नु भन्दै सम्झाइन् । \'हाङ्छालाई बाटोमा भेट्दा चाप्चाले बाटोमुनि लुक्नु,भाउजु-हाङ्छाको श्रीमती) भेट्दा बाटो माथि लुक्नु ।\' यति भनेर सुम्निमाले अब देखि आफुले गर्ने शिकार आफैले खाने र नबाँड्न अह्राइन् ।-अझै पनि चाप्चा-बाघले पुरुष भेट्दा बाटोमुनि र महिला भेट्दा बाटोमाथि लाग्ने लुक्ने विश्वास गरिन्छ । समय बित्दै जाँदा सुम्निमाको पनि मृत्यू भयो । आमाको मृत शरीरलाई जंगल पुर्‍याएर आउन हाङ्छाले तुमुन-भालु)लाई अह्रायो । तुमुनले आमाको शरीर गाडेर आउनुको सट्टा उल्टै आमाको मासु खाएर फिर्‍यो । घरमा हाङ्छाले तुमुनलाई \'आमालाई खाइस् कि क्या हो -\' भनेर शंका गर्‍यो तर तुमुनलाई \'होइन\' भनेर ङच्च हाँस्यो । त्यसैबेला हाङ्छाले तुमुनको दाँतमा आमाको केश अल्भिmएको देखेर तुमुनले आमालाई खाएको पक्का ठहर्‍यायो । त्यसपछि \'आमाको मासु खाने तँ --भनेर हाङ्छाले तुमुनलाई साफी गोद्यो । हाङ्छाको गतिलो गोदाइ भेटाएको तुमुन-भालु)ले हाङ्छा-मान्छेले मलाई गोद्यो अबदेखि हाङ्छा-मान्छेको अनुहार हेन नपरोस् भने जंगलतिर लाग्यो । त्यतिबेला मान्छेको गोदाइ भेटाएको भालुले अबदेखि मान्छेको अनुहार हेन नपरोस् भन्ने भालुले अझै पनि मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहारलाई प्रमुख निशाना बनाउने बताइन्छ । भालुले मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहार चिथोरेर धुजाधुजा बनाइ दिने गर्दछ । उत्पत्तिताका मान्छेको अनुहार प्रतिको रिसले गर्दा त्यसो गरेको हो भन्ने भनाइ छ । पछि हाङ्छाको धेरै सन्तानहरु भए । तिनै सन्तानहरुको नामबाट पाछाको नाम छुट्टएिको कथन छ । एक दिन हाङ्छाको सन्तानहरु पनि शिकार खेल्न गए रे । दिनभरि शिकारमा डुल्दा पनि एउटै शिकार हात नलागे पछि घरमा आएर उनीहरुले घरमा नै रहेको बाख्रा काटे । बाख्राको मासु उनीहरुले सबै भाइलाई भाग लगाए तर आन्द्रा सफा गर्न पँधेरा गएको पुमा नामका एक भाइलाई भने भाग लाउनेहरुले बिर्सिएर भाग लगाएनन् । एकछिन पछि आन्द्रा बनाएर पुमा आइपुग्यो । पुमाको भाग नराखिदिएकोमा अरु भाइले गल्ती महशुस गरे र पुमालाई त्यही आन्द्रा आफ्नो भागको रुपमा खान भने । पुमा रिसले \'मासु त खान पाइएन,यो आन्द्रा -\'भनेर आन्द्रा फालिदियो र अब देखि म बाख्राको मासु नै खान्न भनेर कसम खायो । त्यै पुमा अचेलका पुमा र्राईहरुको पितृ हुन् भनिन्छ । पुमा र्राई जातिको एक पाछा हो । उहिले बाख्राको मासु नखाने कसम खाएकोले नै अचेल पुमाहरु बाख्रा छुदैनन् र मासु खादैनन् भन्छन् बुढापाकाहरु । अनि अर्को कुरा उहिले त्यसरी पारुहाङ्ग-माइतीको वीयबाट चेली-सुम्निमामा गर्भ रहेकोले सारी (अशुभ) भयो । अचेल पनि माइती चेली हाडनाता बिहेवारी गर्न चलन छैन । त्यसलाई अशुभ मानिन्छ । अशुभ मेटाउन सारी ताङ्लान गर्नुपर्छ । यसो गर्दा एउटै माउका दुइ चल्ला ः एक भाले र अर्को पोथी चल्ला चाहिन्छ । एउटै माउका चल्ला किन त - उहिले माइती चेलीको अशुभ सम्बन्ध भएकोले गर्दा यो चलन बसेर आएको हो भन्छन् बुढापाकाहरु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 254
  • 2609 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • थाप्छु दश करोड नि
    15 hours 30 min ago
  • सुझावको लागि धन्यवाद सर !
    1 day 21 hours ago
  • गजब रहेछ मित्र ।
    2 days 13 hours ago
  • ल धेरै असल समीक्षा अायाे ।
    4 days 11 hours ago
  • यसको अरिजिनल याहा सम्लग्न
    4 days 12 hours ago
  • असल लाग्यो मित्र ।
    1 week 3 hours ago
  • Naman hajur
    1 week 8 hours ago
  • Marmik
    1 week 2 days ago
  • धेरै धेरै धन्यवाद ।
    1 week 2 days ago
  • bujna kathin
    2 weeks 5 hours ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • नयाँ बर्षको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • डुबेको मधेशका गढेका दर्दहरू
  • आज मन उडेर भाग्छ
  • जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • आँसु हाँसो मिलन बिछोड
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • सगरमाथा छोएको क्षण
  • छोरीको जन्मदिनको शुभकामना
  • मेरी आमा, प्यारी आमा
  • पछिल्ला रचनाहरू
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • यसै गरी बिताईदिन्छु
  • तिमीलाई जन्मदिनको शुभकामना
  • म हुरीमा दियो जलेको देख्छु
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मलाई नसोध कहाँ दुख्छ घाउ
  • मीरा (प्रेम कथा)
  • मेरो छोरो भेटिएको छ
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • ए झरी नझरी देउ यसरी
  • धोका दियौ तिमीले
  • मोहनी लाग्ला है
  • घुर ताप्ने बस्तीहरूमा
  • छेक्यो छेक्यो देउराली डाँडा

Last viewed:

  • "मेरो प्यारो स्वर्ग" लिएर आए गायक भरत थापा असफल
  • गजल
  • सिमसारे कमलको फूल तिमी
  • गौथली र भँगेरा
  • पाए हुन्थ्यो मुटु मै बास हजुरको
  • गजल (भन्यौ, सुनें, बुझेँ)
  • तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )
  • छापामार युवतीको डायरी
  • साच्चै हो?
  • आज तिम्रो धेरै याद आयो !!!!!!
  • दुई कविता
  • इतिहासको कठघरामा चन्द्रशमशेर
  • मेरो गाउँ
  • एउटा कथा यस्तो पनि
  • कैलालीकाे अातङ्क
  • सम्झना : दैवज्ञराज न्यौपाने
  • "जिन्दगी को यात्रा"
  • सन्देश
  • सुन्नेलाई सुनको माला - लघु कथा
  • यता पनि दुखेको छ उता पनि दुखेको छ
  • नेपाली ढुकढुकीः लोकगीतको महत्व दर्शाउने कृति
  • देश कसरी उभो लाग्छ ?
  • सेन्छेङ्ला लाओ चादुमेल्ले (पालाम)
  • गजल "मेरो गाउँ"
  • त्रिभुवनसँगका रोचक प्रसंग
  • मन भरीका रहर ओठ भरी डुलुन्
  • सुनपानीले छर्क मायालु
  • सुख्खा रोटी खबुस बोकी,
  • कनचनपुर (भाग - २)
  • म त मर्छु सुन सानु, तिमी टाढा भयौ भने
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित